चैत ३०, २०८०
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
कनकमान ले पटक पटक धत् साला काठमाण्डु भनी रहेको हुन्छ र यो आबाजले सायद उसको कोठाको बाताबरणलाईनै खलबल्याई दिएको हुन्छ । तैपनि उसले भन्न छोडेको हुंदैन । उसको दिमागमानै यिनै शब्दहरु भरीएको जस्तो लाग्दछ । उसलाई यो काठमाण्डु सहर देखि यति बितृष्णा जागेको छकि छोड्न सक्ने भए उहिले नै छोडि सक्थ्यो होला । तर उ बिवस छ जति मन नपरे पनि उसलाई बस्नु पर्ने बाध्यता छ । उसको सानो तिनो जागिर पनि यही काठमाण्डुले दिएको छ । महंगिले आकास छुन लागे पनि जसरी भएपनि ३ छोरा छोरीलाई राम्रो शिक्षा दिनको लागि पनि यहि ठाउं कुर्नु परेको छ । आशको खेती गर्न पनि यहि ठाउंमा बस्नु परेको छ । उसका दुई चार जना शुभ चिन्तक पनि यहि खाल्डोमा छन् । साना तिना राम्रा केही कुराले पनि उसलाई तानेको छ यहि काठमाण्डुले ।
कहिले कहिले यो काठ।माण्डुलाई धत् भन्न पनि उसलाई मन लागेको हुंदैन । उसको सानै जागिर भएपनि यो काठमाण्डुले केही दिन सकेकोछ उसलाई । दौरा सुरुवाल, कालो कोट, कालो टोपी र कालै जुत्ता लाउने बानी परेको छ कनकमानलाइ, यो पनि यहि सहरले दिएको हो उसलाई । यो काठमाण्डुले दाम दिन नसके पनि सान दिन सकेको जस्तो लागेको छ उसलाई । फेरी उसले मनमा कुरा खेलाउंदै गएको हुन्छ । जे जसो भएपनि साला काठमाण्डुले मलाई केही दिए जस्तो लाग्दैन भन्छ मनमनै । एक पेट खानत मान्छेले जहां गएर पनि त खान सक्दछ । खान नपाएर को भोकै मरेको छ र । जसरी भएपनि मानिस आफु बांचेर परिवार धानेकै छन् । छोराछोरीलाई पढाएकै छन् । येन केन एउटा सानो बासस्थानको ब्यबस्था पनि गरेकै छन् ।
यो काठमाण्डुमा आशको खेती गरेर कति बस्नु । एउटा सानो कोठामा ५ जनाको परिवार कोचिएर कति बस्नु । कुन ठाउंमा बासी सस्ता चिज बिज पाईन्छन् भनी कतिन्जेल खोजी गर्नु । बिद्यालयका प्रिन्सीपललाई फि को लागि छुट दिन दश औला कति जोर्नु, बस चड्दा कन्डक्टरले पैसा नमागे हुन्थ्योनी भनी कति आश गर्नु, ढिलो गरी अफिस पुग्दा हाकिमले गाली गर्नि होकी भनी कति डराउनुु, पुरानो कोट लगाएको देख्दा कसैले हेप्ने हुन्की भनी मनमा ग्लानी कति लिनु जस्ता नरमाईला कुरा कनकमान को मनमा निरन्तर उब्जिने बिषय हुन् ।
यो काठमाण्डुले सांच्चैनै कनकमानलाई एउटा दार्शनिक जस्तै बनाई सकेको छ । उसले आफ्नो मात्र कुरा सोचेको हुंदैन । यहा बस्ने धेरै प्रतिनिधि पात्रहरुको बिषयमा सोचेको हुन्छ । धेरै मानिसहरु धनि भएको देख्दछ । आफु जस्तो कमै पात्र भएको लाग्छ उसलाई । यो सहरका मानिस कसरी धनी भए होलान् भन्ने कल्पना गरेको हुन्छ कनकमानले । मूल सहरमा कुनै पनि साना घर देख्दैन उसले । सबैका छोरा छोरी राम्रा राम्रा बिद्यालयमा पढेका कुरा राम्रो संग थाहा छ उसलाई । उसलाई बिद्यालयको स्तर र शुल्कको बिषयमा पनि राम्रै थाहा छ । चिल्ला टल्कीएका गाडिमा सवार गरेका देख्छ उसले । एक टुक्रा जमिनको करोडौंको मूल्य तिर्नु पर्ने यो सहरको माया त्यति लाग्दैन उसलाई । उसलाई माया नलागे पनि बाध्यता छ , यहां बस्नलाई । कुनै पनि चाड पर्ब राम्रो संग मनाउन सकेको छैन उसले । बाल बच्चालाई आश र त्रास देखाएर जीन्दगी बिताई रहेकोछ कनकमानले । बालबच्चालाई एकदिन पनि बाहिर घुमाउन लान सकेको छैन उसले । सहर घुमाउन लैंजांदा उनीहरुको माग आउंछ भन्ने थाहाछ उसलाई । त्यसैले गर्दा उ कहिले पनि घुमाउन लैजान सक्दैन ।
उसका बच्चाहरुले बावुको अभाबको अबस्था बुझ्न नसके पनि बाहिर घुम्न जांदा पिरल्न हुंदैन भन्ने कुरा थाहा छ । एक पटक उसको जेठो छोराले बुबा आज बाहिर घुम्न जाउं भन्यो र कनकमानले बाहिर लग्यो । बच्चाको मन त हो, कहां नियन्त्रण गर्न सक्थ्यो उसले । घुम्दै जांदा सडकमा अनेक किसिमका सामान देख्दा बच्चाले मनै थाम्न सक्दैन र एक्कासी भनी हाल्छ ” बुवा उ त्यो सामान किनम् भने तपाई संग पैसा छैन है” भन्दा कनक मान को मन भित्र भित्रै निकै रोएको थियो । छोराको यो बाक्य सुन्ने बिक्तिकै बौलाहको जस्तो गरी धत् साला काठमाण्डु भन्ने बाक्यांश अनायास उसको मुख बाट निस्कियो । यस अघि को उसको आफ्नै अबस्थाले उसलाई त्यति मन छोएको थिएन । तर आज कनकमानले आफुलाई जिउंदो मुर्दा जस्तो भएको देख्दछ ।
कनकमानको कथा बेथा यति मात्र छैन । उसका यस्ता कथा अनगिन्ती छन् । श्रीमति, छोरा छोरीहरुका आफ्नै कथा छन् । उ जस्तै कति कनकमानका कति कथा होलान् । कनकमानलाई यो सहरका सबैका कथा बेथा राम्रो संग थाहा छ । सडेको दाल, ओईलागेको सब्जी, सड्न लागेको पाउरोटी र खाली सिलीण्डर बोकेको ईीतहास त कति हो कति । उसको बिषयमा लेख्ने हो भने राम्रो उपन्यास हुन्छ होला । कुनै सिनेमा निर्माताले सिनेमा बनायो भने राम्रो सिनेमा पक्कै बन्नेछ ।
कनकमानले सरकारी जागिर खाएको २० बर्ष भन्दा बढि भई सकेको भएपनि उसले दुई पटक मात्र दौरा सुरुवाल फेर्न सकेको छ , त्यो पनि निर्बाचनको समयमा जिल्ला बाहिर काजमा जांदा पाएको भत्ताको रकम बाट । उसले लाएका कपडा सबै पुराना भएर मक्कि सकेका छन् । तैपनि उसले नया कपडा फेर्न सकेको छैन । साथि भाईहरुले खास खुस कुरा गरेको पनि उसले नसुनेको होईन । सुनेको छ । तर के गरोस् बिचरा कनकमानले उ बिवस छ ।
मानिसमा असंख्य अभाब र पिडा भई दियो भने उसले आफूलाई नियन्त्रण गर्न सकेको हुंदैन । नचाहंदै नचाहंदै पनि उसका मुख बाट भित्री मनका पिडा ओकलिन्छन् भन्ने कुरा कनकमानले प्रष्ट पारिदिएको हुन्छ । उसको मुख बाट अन्तरमनको कुरा निस्की हाली दिन्छ र भनि हाल्छ, धत् साला काठमाण्डु । अब उसले मनमा खेलेका कुराहरुलाई आफ्नो बसमा ल्याउन नसक्ने भई सकेको छ ।
ढल्कीएको उमेरको कारणले गर्दा पनि यो जागिर छोडेर अन्य बिकल्प उसको लागि संभब छैन । बाल बच्चाहरुको पढाई, हातमुख जोर्ने जागिर, २।४ जना सहयोगी हातहरु को कारण बाट उसले एक किसिमको स्थायित्व प्राप्त गरी सकेको छ, भलै पर्याप्त नहोला । यिनै बाध्यताले बांधिएको उसको जीवन निरासै निरासाले भरिपूर्ण भएको छ ।
कनकमानको बर्तमान पिडा र अभाबै अभाबले घेरिएको भएपनि अझै भोली उझ्यालो आउला भनी आश गरेको हुन्छ । छोरा छोरीहरुले आफ्नो भबिष्य बनाउनेछन् भन्ने उसलाई लागिनै रहेको छ । भबिष्य बारे कसलाई के थाहा । करौडपति पनि सडकपति भएका छन् । सडकपति पनि करोड पति भएका छन् । एउटा अनपढ बावुको छोरा पनि धुरन्धर बिब्दान् हुन पुगेको छ । बिब्दान बावुको छोरा पनि लफुंगो भएको उसले देखेको छ । त्यसकारण उसको भबिष्य प्रति पनि उ निश्चिन्त हुन सकेको छैन । हरेक कुरा उसका लागि अस्थायी छन् । उसका मनमा संधैनै यस्तै कुराले पिरोली रहेका हुन्छन् ।
रातको पहर छिप्पिदै गएको हुन्छ । जे गरे पनि उ निदाउन सकेको हुंदैन । अनायास मनमा अनेक कुरा खेली रहेका हुन्छन् । धत् यो काठमाण्डुको बारे अब म सोच्दै सोच्दीन भन्छ मनमनै । तैपनि उ सोच्न पुगेको हुन्छ । काठमाण्डुमा बसेर काठमाण्डु नसोचेर के गरोस् उसले । दाल, चामल, नुन, तेल, स्कुल, कलेज, कोठा भाडा, अफिस, अस्पताल आदि सबै झल झली आई दिन्छन् । यी चिज बिज उसका दैनिकी भई सकेका छन् । यी बस्तु र कनकमान बिच घनिष्ट सम्बन्ध छ । यिनीहरुलाई नत कनकमानले छोड्न सक्दछ, नत यी बस्तुहरुलेनै । यी दुईको सम्बन्ध नङ् र मासुको जस्तो भएको छ ।
प्रत्येक महिनाको १ गते कहिले पनि नआए हुन्थ्यो जस्तो लाग्छ कनकमानलाई । १ गते नगिज आउन लागेपछि उसको शरीर सिरीङ्ग हुने गर्दछ । घरबेटीले ढोका चियाउनासाथ उसको दिमाग तातेर आउंछ । कता जाउं के गरुं जस्तो हुन्छ उसलाई । अर्को तीर मैन्हा काट्न नपाउंदै रासन पानीको साहुको किच् किच् शुरु भएको हुन्छ । महंगी, अभाब, धुलो, धुवां, हिलो , सवारी साधनको अस्त ब्यस्तता सम्झेर यो काठमाण्डुलाई गाली गरेकै हुन्छ उसले । तर गाली गरेर के गर्नु । उसले काठमाण्डुलाई छोड्नै सकेको हुंदैन । मानिसको भिडभाड, हरेक मानिसमा प्रतिष्पर्धा को धङ् धङी, छलकपटको बाहुल्यता, धनीहुने प्रबृत्ति आदि कुराहरुले कनकमानलाई सताएकै छन् । यी छरपष्ट बेथिति बाट उम्कन नसक्ने कुरा उसलाई राम्ररी थाहा भएकै छ ।
अघिल्लो दिनको रातभरको अनिद्रा, बिभिन्न कुराहरुले भरीएको मथिंगलले गर्दा आजको रातमा पनि कनकमानलाई निद्रा परेको हुंदैन । यसरी उसले धेरै रात बिताएको छ । उसको दिमागले त्यति राम्रो काम गरेको जस्तो लाग्दैन कनकमानलाई । यो काठमाण्डुले दिएका पीडालाई उसले हल गर्न नसके पछि उ आफ्नो अतीतलाई सम्झन मन गर्छ ।
बर्तमानमानको पिडा र अभाब भन्दा कम थिएन कनकमान को अतीत । गाउंले परबेश, बावु मरेको टुहुरो, आफन्त भन्ने अरु कुनै नभए पछि उसको लागि सहजता भन्ने कुनै कुरा थिएन । आमाको ममताले मात्र यो संसारमा केही हुंदो रहेनछ । बावुले जति दीशा निर्देश गर्छन्, आमाले त्यति गर्न सक्दीनन् । हाम्रो समाजमा आमाको केवल अर्थ हुन्छ जन्म दिनु, माया गर्नुु, हुर्काउनु, लालन पालन गर्नु यस्तै यस्तै , जुन जीवन रक्षार्थ एकदमै आबश्यक हुन्छन् । तर आमाको मायाले मात्र कनकमान को भबिष्य बन्दो रहेनछ । भबिष्यको बाटो देखाउने कार्य भने बावुकै जिम्मेवारी भएको उसको आफ्नै अनुभबले देखाएको छ ।
गाउंको बाताबरणमा शिक्षा प्राप्त गर्नु भनेको आकाशको फल आंखातरी मर जस्तै हो । अभाब र अशिक्षाले भरीएको समाजमा बिभिन्न प्रकारका बाधा अड्चन तेर्सिएकै हुन्छन् । कनकमान पनि यस्तै यस्तै समस्याले घेरिएको थियो । तर उसका साथिहरुले शिक्षा प्राप्त गर्दै गरेका हुंदा उसको मनमा पनि एक किसिमको तरंग उत्पन्न हुन गयो शिक्षा प्राप्त गर्नको लागि ।ख्याल ख्यालमै जानी नजानी कनकमानले बिद्यालय शिक्षा प्राप्त गर्यो । उसले पढ्नु पर्छ भनेर पढेको पनि थिएन । साथी भाईको सिको गर्दा गर्दै उसलाई पत्तै भएन बिद्यालय स्तरको शिक्षा प्राप्त गरेकोे । कसैले उसलाई सहयोग नगरे पनि कनकमानमा दृढ संकल्प भएको हुनाले नै केही गर्न सकिन्छ भन्ने कुरामा आत्म बिश्वास बढ्न गएको हो । जहा ईच्छा त्यहां उपाय भन्ने उखान उसको लागि चरितार्थ भएको छ ।
हो, आजभोली कनकमान आफ्नो संघर्षलाई सम्झेर धेरै खुशी भएको छ । उसका छोरा छोरी उच्च शिक्षाको लागि बिदेश गएका छन् । कनकमान जस्ताका छोरा छोरी बिदेशमा अध्ययन गर्न जानु भनेको ठूलो कुरो हो । बावुको संघर्षलाई उनीहरुले मनन गरेका हुनालेनै उनीहरुले पनि राम्रो शिक्षा आर्जन गर्न सकेका हुन् । कनकमानको बावु नभएको हुदा बावु बाट पाउनु पर्ने माया ममता बाट उ बन्चित हुनु परेको ब्यथा एकातिर छंदै छ भने अर्कोतिर पैतृत सम्पत्ति बाट पनि उ ठगिएको छंदैछ । अलि अलि उसको नाममा भएको जग्गा जमिन पनि अरुहरुले हडपे पनि उसले कत्ति पनि चीन्ता लिएको छैन ।
सम्पत्ति भन्ने कुरा आफैले आर्जन गर्ने हो र छलछामको सम्पत्तिले आत्म सन्तुष्टि दिंदैन भन्ने पनि कनकमानले बुझेको छ । बिना परिश्रमको सम्पत्तिको उसलाई पटक्कै लालचा छैन । जति सम्पत्ति ठग ठाग गरेर आर्जन गरे पनि आखिर आफु संग लान सकिदैन भने किन नराम्रो काम गर्ने भन्ने जस्ता बिचार कनकमानको दिमागमा संधैनै रुमल्लिएकै हुन्छन् । मृत्यु हुंदा कात्रो सिबाय साथमा अरु केही नहुने र त्यसमा पनि गोजी नहुने हुंदा साथमा केही चीज लान नसकिने यथार्थता उसले राम्रो संग बुझेको छ । अर्को कुरा यमराजले पनि घुस नखाने हुंदा केको लागि अनैतिक काम गर्ने जस्ता सोचाईले कनकमान निकै दार्शनिक हुन पुगेको छ ।
कनकमानको उच्च शिक्षा पटक्कै सहज थिएन । बिद्यालय स्तरको शिक्षा प्राप्त गर्नको लागि त उसलाई मुस्कील परेको थियो भने काठमाण्डुमा गएर अध्ययन गर्नुत धेरै टाढाको कुरो हुने भै हाल्यो । तैपनि आत्म बिश्वास लिएर कनकमान काठमाण्डु आएको थियो । बिरानो काठमाण्डमाु उसको लागि सबै कुरा बिरानो नै थिए ।
गरीबीले सताउंदा पनि उ कसैको अगाडि झुक्न गएन । काठमाण्डुमा सानो तिनो जागिर खाएर आफ्नो अध्ययनलाई पूरा गर्न सकेकोमा उ आफूलाई धन्य पनि सम्झने गर्दछ । कनकमानको बिगत र बर्तमानमा त्यति भिन्नता देखिदैन । बिगतमा पनि शिक्षाको लागि उसले संघर्ष गर्नु परेको थियो । अहिले पनि जिउनको लागि संघर्षनै गर्नु परी रहेकैे छ । बरु बिगतको भोगाईले उसलाई बाटो देखाएको छ, परिश्रम गर्नु पर्छ भन्ने पाठ सिकाएको छ कनकमानलाई । आफू जस्तै धेरै कनकमान बनाउने उसको चाहना निरन्तर चलि रहेछ , चलि रहेछ ।
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...