×

NMB BANK
NIC ASIA

युवा स्वरोजगार कोषमा ‘अनियमितता’, ‘नक्कली अनुभव पत्र’ बनाएर आफन्तलाई जागिर !

भदौ २५, २०७५

NTC
Premier Steels

काठमाडौं –बेरोजगार युवालाई लक्षित गरी २०६५ सालमा सञ्चालनमा ल्याइएको ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष’का कर्मचारी भर्नामा अनियमितता भएको भेटिएको छ ।

Muktinath Bank

सीप र जाँगर भएका युवालाई विना धितो २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराई उद्यमी बनाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी नेतृत्वको सरकारले २०६५ सालमा युवा स्वरोजगार कोष सञ्चालनमा ल्याएको थियो । 
पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराईले ‘सफल’ भन्ने गरेको कार्यक्रमका लागि कर्मचारी भर्नामा नै अनियमितता भएको भेटिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोष सञ्चालनमा आउँदाको चरणमा कोषका पदाधिकारीले नक्कली प्रमाणपत्र र अनुभव पत्रका आधारमा आफ्ना नातेदार र नजिकका व्यक्तिलाई जागिर खुवाएको भेटिएको हो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट नक्कली प्रमाणपत्र र कार्यअनुभवको प्रमाणपत्र बनाएर करीब २५ जनालाई जागिर खुवाइएको भेटिएको हो । 

Vianet communication

‘नाम नै नसुनिएको सहकारीमा काम गरेको प्रमाणपत्र बनाएर वित्त विश्लेषकमा नियुक्त गरिएको भेटिएको छ,’ युवा स्वरोजगार कोषमा भएको अनियमितताबारे अध्ययन गरेको सतर्कता केन्द्रका एक अधिकारीले लोकान्तरसँग भने, ‘यसरी नक्कली अनुभवको प्रमाणपत्र बनाएर जागिर खानेको संख्या १० देखि १२ जना छ ।’

सतर्कता केन्द्र स्रोतका अनुसार कोषका तत्कालीन पदाधिकारीहरूले नक्कली प्रमाणपत्रका आधारमा आफ्ना नातेदार र नजिकका व्यक्तिलाई जागिर खुवाएको पनि भेटिएको छ । नक्कली प्रमाणपत्रका आधारमा जागिर खानेको संख्या ११ देखि १३ जना रहेको सतर्कता केन्द्र स्रोतको भनाइ छ । 

कर्जा प्रवाहमा मनपरी

कोषले हाल सहकारी र बैंकमार्फत ‘बेरोजगार युवालक्षित’ कर्जा प्रवाह गर्दै आएको बताइन्छ । तर कोषले कर्जा प्रवाह गरेका कतिपय बैंक र सहकारीले भने बेरोजगार युवाभन्दा पनि सहकारीका सञ्चालक र प्रोप्राइटरका लागि ऋण लगानी गरेको भेटिएको छ । 

सतर्कता केन्द्रले गरेको छानबिन अनुसार कोषलाई जानकारी हुँदाहुँदै पनि ‘गलत उद्देश्य’ भएका सहकारी र बैंकहरूलाई कर्जा प्रवाह गरिएको भेटिएको छ । 

‘सहकारी र बैंकमार्फत् हुने गरेको ऋण लगानीमा पनि धेरै ठाउँमा कोषको नियमावली र मापदण्ड मिचिएको पाइएको छ,’ कोषमा भएको अनियमितताको अनुसन्धानमा संलग्न सतर्कता केन्द्रका अधिकारी भन्छन्, ‘कोषमा भएको सबै अनियमितताबारे हामीले अध्ययन गरेर विस्तृत प्रतिवेदन नै तयार पारेका छौं । केही दिनपछि प्रतिवेदन सार्वजनिक हुन्छ ।’

हामीले केही भन्न मिल्दैन : कार्यकारी निर्देशक गौतम

कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतम कर्मचारी नियुक्तिमा कुनै अनियमितता भएको हुन नसक्ने बताउँछन् । 

कोष अर्थ मन्त्रालय मातहत रहेका बेला लोकसेवा आयोगका प्रतिनिधिसमेत संलग्न समितिको छनौटबाट कर्मचारीको नियुक्ति गरिएकाले अनियमितताको कुनै सम्भावना नरहेको उनको भनाइ छ । 

‘सतर्कता केन्द्रले केही तथ्य फेला पारेर नै अध्ययन गरेको हुनुपर्छ । तर हामीले त्यसबारे धेरै भन्न मिल्ने अवस्था छैन,’ लोकान्तरसँगको कुराकानीमा कार्यकारी निर्देशक गौतमले भने, ‘सतर्कता केन्द्रले अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै केही भन्न सकिएला ।’

कर्जा प्रवाहबारे भने विगतमा केही कमजोरी देखिए पनि अहिले सुधार हुँदै गएको कार्यकारी निर्देशक गौतमको भनाइ छ । ‘सहकारीलाई कर्जा प्रवाह गर्दा कतिपय अवस्थामा केही कमजोरी भएका छन् । उद्देश्यअनुसार काम गर्न नसकिएको हो,’ गौतम भन्छन्, ‘तर पछिल्लो समय हामीले कर्जा प्रवाहको मापदण्डलाई कडाइका साथ लागू गरेका छौं । अहिले कुनै पनि सहकारीले कोषबाट ऋण लिएर त्यसको गलत प्रयोग गर्न पाउने अवस्था छैन ।’

कोषले हाल ३० को हाराहारीमा बैंक र ६५० को हाराहारीमा सहकारीमार्फत साढे ३ अर्ब रुपैयाँ बराबर ऋण लगानी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x