×

NIC ASIA

नेकपाको चियापान : कार्यकर्ताको कुटपिटदेखि चिया खोज्नेहरुको ‘गस्ती’सम्म

कात्तिक १०, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– दशैं, तिहार, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा शुक्रवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍याे । 

Muktinath Bank

कार्यक्रममा विपक्षी पार्टी नेपाली कांग्रेसका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संवैधानिक आयोगका पदाधिकारी, विभिन्न कर्मचारी र सबै राजनीतिक दलका नेतालाई निम्तो दिइएको थियो । नेकपाको चियापानमा पार्टीका कार्यकर्ता र सर्वसाधारणको उपस्थिति पनि बाक्लो थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेकजसो शनिवारका दिन व्यस्त रहने काठमाडौंको भृकुटीमण्डपमा यो शनिवार भने नेकपाको चियापानले खुट्टा हाल्ने ठाउँ पाउन पनि मुश्किल थियो । मध्याह्न १२ बजेदेखि शुरु भएको चियापानमा सहभागी हुनेको लाइन भृकुटीमण्डपदेखि पद्मोदय मोडसम्म पनि पुग्यो । नेकपाले चियापानमा ३५ हजारको उपस्थिति हुने अपेक्षा गरेपनि शीर्ष नेता, कार्यकर्ता, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी कर्मचारी, संवैधानिक आयोगका पदाधिकारी, सर्वसाधारण र सञ्चारकर्मी समेत गरी करिब ८–१० हजार निम्तालु भृकुटीमण्डप पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

गेटदेखि नै नेताको नमस्कार

Vianet communication

प्राय सबै पार्टीका कार्यकर्ताले नेताहरुलाई देख्नेवित्तिकै नमस्कार तथा अभिवादन टकर्याउँछन् । तर, शनिवार नेकपाको चियापानमा भने नेकपाका उच्च तहका नेताहरु नै कार्यकर्तालाई नमस्कर गरिरहेका थिए ।

भृकुटीमण्डपस्थित पार्कमा आयोजित कार्यक्रमको प्रवेश द्वारमै नेताहरु चियापानका आगुन्तकलाई स्वागत गर्न उपस्थित भएका थिए । नेकपा नेता दिनानाथ शर्मा, राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का मन्त्री केशव स्थापित, काठमाडौंका मेयर विद्यासुन्दर शाक्य लगायत नेताहरु आगन्तुकलाई स्वागत गर्न प्रवेश द्वारमा लाइन लागेर उपस्थित थिए । 

कार्यकर्ताको कुटाकुट

प्रवेश द्वारमा नेताहरुले हार्दिकताका साथ आगन्तुकको स्वागत गरिरहँदा चियापान शुरु भएको केही क्षणमै झडपको स्थिति सिर्जना हुन पुग्यो । आफूलाई नेकपाकै कार्यकर्ता बताउने खैरो रंगको जाकेट र टोपी लगाएका एक युवाले चियापान बहिस्कार गरौं भन्ने पर्चा वितरण गरेपछि तनाव भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूहको अपील भन्दै पर्चा बाँडिएपछि नेकपाका कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । 

चिया खोज्दै हैरानी 

एमाले र माओवादी केन्द्रबीच एकता भएपछि एकीकृत पार्टीको यो पहिलो चियापान थियाे । एकीकृत पार्टी भएपछिको पहिलो चियापान भएका कारण कार्यकर्ताका उपस्थिती बाक्लै देखिन्थ्याे ।  चियापानमा सहभागीहरु चिया खोज्दै यता उता घुमिरहेकाे दृश्यले कार्यक्रमकाे व्यवस्पनामा देखिएकाे कमजाेरी अाैंल्याइरहेकाे थियाे । चियापानमा खाजाको स्टल देखिए पनि धेरैले चिया राखिएको स्टल फेलै पार्न सकेनन् । कार्यक्रम स्थल साँघुरो भएका कारण व्यवस्थापन फितलो भएको र चियापानमा चिया नै पिउन नपाइएको भन्दै नेकपाका नेताले खासखुस गरिरहेका थिए । केही कार्यकर्ताले चिया पिउन नपाएकाे भन्दै 'चियापान भनेर अाएकाे मिठाइँपान पाे रहेछ' भनेर व्यङ्ग्य गरेकाे पनि सुनियाे ।

भीआईपी र कार्यकताका लागि छुट्टा–छुट्टै मेन्यु

चियापानका लागि सर्वसाधारणलाई मध्याह्न १२ बजेदेखि ३ बजेसम्म र भीआइपीका लागि ३ बजेदेखि ५ बजेसम्मको समय छुट्याइएको थियो । तर नेकपाका कार्यकता ५ बजेसम्म आइरहेका थिए । कार्यक्रममा सहभागीमध्ये सर्वसाधारणलाई केरा, लड्डु, निम्कीसहितको खाजा सेट राखिएको थियो भने भीआइपीको लागि छुट्टै व्यवस्था थियो । भीआइपीको खाजा सेटमा स्वान्डविचसहितको खाजा सेटको व्यवस्था गरिएको थियो । 

अव्यवस्थित कार्यक्रम

५० हजार नेता कार्यकर्तासहितका अतिथिलाई निमन्त्रणा गरिएको चियापान आयोजना स्थल अव्यवस्थित देखिएको थियो । कार्यक्रम स्थल भृकुटीमण्डप साँघुरो भएका कारण चियापानमा गएकाहरुमा ठेलमठेल देखियो । खाजाका लागि लाइनमा बसेकाहरु खाजाको दुनो त समात्थे तर ठेमलठेलले सजिले खान पाउँदैन थिए । उभिएर खाँदै गर्दा अरुले ठेलेर पर पुर्‍याइदिन्थे । कार्यक्रममा फोटो र सेल्फी खिच्नेको भीड थियो । चियापानमा गएका कतिपयले शीर्ष नेता बसेको स्थान त देखे तर शीर्ष नेताको अनुहार देख्न सकेनन् । 


ओलीको ‘सरप्राइज अनुपस्थिति’

चियापानमा उपस्थित भएकाहरु नेकपाको शीर्ष नेता को को आए भन्दै खोजिरहेका थिए । कतिपयले पछिल्लो समय असन्तुष्ट देखिएका नेता माधवकुमार नेपाल आए की आएनन् भन्दै खोजी रहेका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बसेको फोटो खिच्न खोज्नेहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नदेख्दा कानेखुसी गरिरहेका थिए । पार्टी अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या उत्पन्न भएका कारण उनी चियापानमा उपस्थित हुन नसक्ने जानकारी महासचिव विष्णु पौडेलले पत्रकारलाई गराइरहँदा नेकपाका नेता कार्यकर्ता ओलीको प्रतिक्षामै थिए । 

देउवा आए, बाबुरामले गरे बहिस्कार 

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ढिला गरि चिया पानमा उपस्थित भएका थिए । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने आफूले चियापान बहिष्कार गरेको शनिवार विहानै समाजिक सञ्जालबाट घोषणा गरेका थिए । अनावश्यक खर्च गरेको भन्दै उनले नेकपाको आलोचना गरेका थिए ।

पूर्व माओवादी र पूर्व एमालेको छुट्टा छुट्टै झुण्ड !

चियापानमा गएका नेकपाका कार्यकर्ताहरु आफ्नो पूर्व पार्टी नेता कार्यकर्ताहरुसँग झुण्ड बनाएर गफ गरिरहेका थिए । पूर्व एमालेहरु आफ्ना पूर्व एमालेका नेता कार्यकर्तासँग गफगरिरहेका थिए भने पूर्व माओवादीका नेताकार्यकर्ताहरु पनि आफ्नो पुरानै समूहसँग गफिइरहेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x