×

NMB BANK
NIC ASIA

कानून भन्छ– उपभोक्ता ठग्नेलाई ‘ठाउँको ठाउँ’ कारवाही, सरकारी अधिकारी भन्छन्– 'अप्ठ्यारो छ'

मंसिर ३, २०७५

NTC
Premier Steels

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत कार्तिक ७ गते कागेश्वरी मनोहरा नगरपालिकामा रहेको भद्रकाली आयल स्टोर पेट्रोल पम्पमा अनुगमन गर्यो । उक्त पेट्रोल पम्पले उपभोक्तालाई ठगी गरेको भेटियो । विभागका अनुसार उक्त पेट्रोल पम्पले मापदण्ड भन्दा कम परिमाणमा पेट्रोल विक्री वितरण गर्ने गरेको भेटिएको थियो । विभागको अनुमगन टोलीले कारवाही स्वरुप पेट्रोल पम्पको नोजल मात्रै बन्द गर्यो ।

Muktinath Bank

नून अनुसार उक्त पेट्रोल पम्पलाई तत्काल दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनुपथ्र्यो । उपभोक्ता हित संरक्षणका लागि कार्यान्वयनममा ल्याइएको उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कुनै पनि व्यवसायीले तोकिएको परिमाण भन्दा कम मात्रामा वस्तुको विक्री वितरण गरेमा तत्काल दुईदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै विभागको अनुगमन टोलीले गत कार्तिक २७ गते भक्तपुरको झिगु पासा खाद्य स्टोरमा अनुमगन गर्यो । अनुगमनको क्रममा उक्त स्टोरले सामान खरिद विक्रीको विलविजक नराखेको पाइयो । अनुमगन टोलीले उक्त स्टोरलाई २४ घण्टा भित्र विलविजकसहित विभागमा उपस्थित हुन निर्देशन दियो । कानून अनुसार उक्त स्टोरलाई तत्काल ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुनु पथ्र्यो । नयाँ बनेको उपभोक्ता संरक्षण ऐन २०७५मा सामान खरिद विक्री गरेको बिल विजक नराख्ने व्यापारीलाई ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल जरिवाना गरिने व्यवस्था गरिएको छ । तर उक्त खाद्य स्टोरलाई कुनै कारवाही भएन । 


Advertisment
Nabil box
Kumari

ऐनको उपहास 

Vianet communication

यी दुई त साना उदाहरण मात्रै हुन् । उपभोक्ता संरक्षण ऐन २०७५ प्रमाणिकरण भइसकेपछि गरिएका अधिकांश अनुगमनमा यस्तै किसिमका कैफियतहरु भेटिएका छन् । नयाँ ऐन प्रमणिकरण भएपछि सरकारले कुल ३ सय १७ वटा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबैजसो व्यवसायिक फर्ममा बिलविजक नराखेको, म्याद नाघेको सामान विक्री गरेको, तोकिएको परिमाण भन्दा कम मात्रामा सामान विक्री गरेर झुक्याउने गरेको लगायतका कैफियतहरु भेटिएका छन् ।

तर, कारवाही भने ऐन अनुसार हुन सकेको छैन । सरकारले अनुमगनका क्रममा दुई वटा व्यवसायिक फर्मलाई मात्रै जरिवाना गरेको छ । गत कार्तिक २७ गते काठमाडौं ताहाचलको उपभोक्ता पसलले म्याद नाघेको वस्तुको विक्री वितरण गरेको पाइएपछि उक्त पसलबाट म्याद नाघेको वस्तु नष्ट गर्नुका साथै ५ हजार रुपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ । त्यस्तै सोही दिन ताहाचलकै सुनिधि खाद्य स्टोरले म्याद नाघेका सामान विक्री वितरण गरेको पाइएपछि म्याद नाघेको वस्तु नष्ट गर्नुका साथै ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यी एक दुई वटा फर्म र अन्य व्यवसायिक फर्ममा पनि सोही किसिमको कैफियत भेटिएको थियो तर, सामान्य निर्देशन बाहेक कारवाही गर्न नसकिएको विभागका अधिकारीहरु स्वीकार्छन् ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले ऐन अनुसार कारवाही हुन नसकेको बताए । उनले ऐनले पुर्णता नपाएका कारण तत्काल कारवाही गर्न अप्ठ्यारो भएको भन्दै ऐनलाई पूर्णता दिनका लागि मापदण्ड बनाउन लागिएको समेत बताए ।   

यसअघि कार्यान्वयनमा रहेको उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कैफियत भेटिने व्यवसायिक फर्मलाई कारवाही गर्न अप्ठ्यारो भएको भन्दै सरकारले उक्त ऐनको संशोधनसहित नयाँ ऐन जारी गरेको थियो । तर, नयाँ ऐन अनुसार समेत म्याद नाघेका वस्तुको विक्री वितरण तथा ठगी गर्ने व्यवसायीलाई कारवाही गर्न नसक्दा उपभोक्ता अधिकारकर्मीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले म्याद नाघेका सामान विक्री वितरण गर्नेलाई कारवाही गर्नबाट सरकार पन्छिएको बताए । सरकारले नयाँ ऐन मात्रै ल्याएको तर, कार्यान्वयन गर्ने मनसायमा नरहेको बताए । सरकारले ऐन ल्याइसकेपछि नियमावली समेत बनाउनु पर्ने बताउँदै उनले नियमावलीको बाहानामा सरकारले व्यवसायीलाई ठगी गर्ने बाटो खुला राखेको दाबी गरे ।

यसअघि पुरानो ऐनको आधारमा कारवाही गर्न अप्ठ्यारो भएको भन्दै बाहाना गर्ने सरकारलाई नयाँ ऐन आइसकेपछि ठगी गर्ने व्यवसायीलाई कारवाही गर्न के ले रोकेको भन्दै उनले प्रश्न समेत गरे । विभिन्न बाहानामा ठगी गर्ने व्यवसायीलाई सरकारले कारवाही गर्न नसक्दा व्यवसायीले मनपरी गरेको र त्यसका कारण उपभोक्ता मारमा परेको उनको भनाइ थियो ।

नयाँ बनेको उपभोक्ता ऐन कार्यान्वयनमा ल्याउन सरकार गम्भीर नहुँदा नयाँ बनेको उपभोक्ता संरक्षण ऐन २०७५ समेत उपभोक्ता संरक्षण ऐन २०५४ जस्तै कागजमै सिमित हुने अवस्था आएको अध्यक्ष तिमिल्सिनाले बताए ।

यसो भन्छ ऐन

गत असोज २ गते प्रमाणिकरण भएको र २६ असोज मा नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको उपभोक्ता संरक्षण ऐन २०७५ले व्यवसायिक फर्ममा देखिएका कैफियत अनुसार ५ हजार रुपैयाँ देखि ६ लाख रुपैयाँसम्म तत्काल जरिवाना गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै ऐनमा कैफियत अनुसार व्यापारीलाई तीन महिना देखि पाँच वर्षसम्म कैद गरिने व्यवस्था समेत गरिएको छ ।

कुनै वस्तुको कृत्रिम अभाव सिर्जना गरेर विक्री गर्नेलाई दुई वर्ष देखि पाँच वर्षसम्म कैद वा दुई देखि ६ लाख रुपैयाँसम्म तत्काल जरिवाना वा दुवै सजाय गरिने व्यवस्था ऐनमा गरिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ८ मा कसुर र सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसमा कस्तो काम कारवाही गरे वा गराएमा यो ऐन अन्तर्गत कसुर मानिने र सजाय सम्बन्धी व्यवस्था गरेको छ । 

ऐन दफा ३९ मा तत्काल जरिबाना गर्न सकिने सम्बन्धी व्यवस्था गरिएको छ । दफा ३९ को उपदफा १ को क मा भनिएको छ‘दफा ३८ को खण्ड घ बमोजिमको कसुर गरे वा गराएमा पाँच हजारदेखि बीस हजार रुपैयाँ सम्म’ त्यस्तै उपदफा १ को ख मा भनिएको छ,‘दफा ३८ को खण्ड ङ बमोजिमको कसुर गरे वा गराएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म’ जरिवानाको व्यवस्था गरिएको भएपनि अनुगमनका क्रममा कारवाही गर्ने गरिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x