×

NMB BANK
NIC ASIA

कान्ति अस्पतालको बेहाल : प्याथोलोजिस्ट नहुँदा ५ महिने शिशुलाई हचुवामा क्यान्सरको उपचार

मंसिर १२, २०७५

NTC
Premier Steels

काठमाडौं – रूपन्देहीकी कौशिल्यादेवी यादवको ५ महिनाका छोरा अभिशेज्ञ यादवको पेट अस्वभाविक रूपमा फुल्यो । बुवा अनुरोध यादव र आमा कौशिल्या भएर छोरालाई रूपन्देहीको अस्पतालमा लगे । अस्पतालले काठमाडौं रिफर गर्‍यो । यादव दम्पत्तिले छोरालाई तुरुन्त काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ल्याए ।

Muktinath Bank

अभिशेज्ञलाई कान्ति बाल अस्पतालमा भर्ना गरेको एक साता पुगिसकेको छ । चिकित्सकहरूले अभिशेज्ञलाई क्यान्सर भएको आशंकामा आकस्मिक किमो मात्रै चलाइरहेका छन् । कान्ति बाल अस्पतालमा प्याथोलोजिस्ट चिकित्सक नहुँदा अस्पतालले अभिशेज्ञको रोग पत्ता लगाउन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कान्ति अस्पतालमा प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नभएकाले अभिशेज्ञको बोनम्यारो र बायोप्सी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल र भारतको अस्पतालमा रिपोर्ट पठाइएको उपचारमा संलग्न पेडियाट्रिक अंकोलोजिस्ट डा. विष्णुरथ गिरीले बताए ।


Advertisment
Nabil box
Kumari

‘अस्पतालमा प्याथोलोजिस्ट चिकित्सक नहुँदा हामीलाई रोग पत्ता लगाउन गाह्रो भएको छ,’, डा. गिरीले लोकान्तरसँग भने, ‘लक्षणको आधारमा न्यरो ब्लास्टोमा वा विल्म्स ट्युमर हो कि भनेर आकस्मिक किमो मात्रै चढाएका छौं ।’

Vianet communication

गिरीले थपे- 'ल्याब टेक्निसियनहरूले रगतको सामान्य जाँच गर्छन् । रगतमै जटिल समस्या देखिएमा प्याथोलोजिस्टले हेर्नुपर्ने हुन्छ । ल्याब टेक्निसियनहरूले ट्युमरको जाँच गर्न सक्दैनन्, प्याथोलोजिस्ट नै चाहिन्छ ।'

उनका अनुसार न्यरो ब्लास्टोमा भनेको मिर्गौलाको माथिल्लो भागमा हुने क्यान्सर हो भने विल्म्स ट्युमर मिर्गौलामा हुने क्यान्सर हो । दुवै क्यान्सरको उपचार विधि फरक भएको र कुन क्यान्सर हो भन्ने पत्ता नलागेकोले आकस्मिक किमो दिएर राखिएको गिरीको भनाइ छ ।

पाँच महिनाका अभिशेज्ञ एकसातादेखि कान्ति बाल अस्पतालको शय्यामा छट्पटाइरहेका छन् । उनको रिपोर्ट आउन दशदेखि बाह्र दिनसम्म लाग्ने भएकाले चिकित्सकले रोग अनुसारको उपचार शुरू गर्न सकेका छैनन् । 

कान्ति बाल अस्पतालमै प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको भए अभिशेज्ञको रोग पत्ता लगाउन १२ दिनको समय कुर्नुपर्ने थिएन । तर प्याथोलोजिस्  नहुँदा अभिशेज्ञको रोग अझै पत्ता लागेको छैन ।

प्याथोलोजिस्टको दरबन्दी ५ वर्षदेखि खाली

कान्ति बाल अस्पतालमा प्याथोलोजिस्ट चिकित्सकमा ३ जनाको दरबन्दी रहेको छ । तर उक्त दरबन्दी ५ वर्ष अघिदेखि रिक्त छ ।

प्याथोलोजिष्ट विशेषज्ञ चिकित्सक नहुँदा कान्ति बाल अस्पतालको ल्याब ल्याव टेक्निसियनको भरमा सञ्चालित छ ।  ल्याब टेक्निसियनहरूको काम रगत, ट्युमर परीक्षण गरी रिपोर्ट प्रिन्टको काम गर्छन् ।

टेक्निसियनहरूले रिपोटअनुसार जटिल रोगहरू पत्ता लगाउन सक्दैनन् । प्याथोलोजिस्ट चिकित्सकले रिपोर्ट हेरेर रोग पत्ता लगाउँनछन् र सम्बन्धित रोगका चिकित्सकले रोग अनुसारको उपचार गर्छ । अस्पतालमा प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले सामान्य रोगको परीक्षणदेखि क्यान्सर ट्युमरजस्ता जटिल रोगको परीक्षणका लागि टिचिङ, टेकु तथा अन्य निजी अस्पतालमा पठाउने गरेको छ । 

बालबालिकाको मात्रै उपचार हुने केन्द्रीय अस्पतालमा नै प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहुँदा समयमै अस्पताल पुगेका बिरामीले समयमै उपचार सेवा पाउन सकेका छैनन् । 

कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले प्याथोलोजिस्ट विशेषज्ञ चिकित्सक नहुँदा समस्या भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक–पटक ताकेता गर्दा पनि पदपूर्ति नभएको गुनासो गरे । बारम्बार आश्वासन मात्र पाएको उनको भनाइ छ ।

‘प्याथोलोजिस्ट चिकित्सक नहुँदा हामीलाई धेरै समस्या परेको छ, त्यसैले मैले स्वास्थ्य मन्त्रालयसँग पटक–पटक चिकित्सक माग गर्दै आएको छु, मन्त्रालयले छिट्टै प्याथोलोजिस्ट चिकित्सकको पदपूर्ति गरिदिने आश्वासवन दिएको छ,’ निर्देशक डा. राईले लोकान्तरसँग भने, ‘मन्त्रालयबाट प्याथोलोजिस्ट चिकित्सक आउनेबित्तिकै हामीले ल्याबबाट हुने सेवा सहजरूपमा दिन सक्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x