×

NMB BANK
NIC ASIA

काठमाडौं –पेट्रोलियम पदार्थको खपत बढ्दा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६८ प्रतिशतले आयात बढेको छ ।

Muktinath Bank

व्यापार निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार साउनदेखि कात्तिकसम्म पेट्रोलियम पदार्थको आयात ६८ प्रतिशतले वृद्धि भएको हो । चालू आर्थिक वर्षको सो अवधिमा कुल ६९ अर्ब ७ करोड ५८ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोलियम पदार्थको यो आयात गत वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव २ प्रतशतले बढी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत आर्थिक वर्षको सोही अवधिमा  ४१ अर्ब ७ करोड १५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । पेट्रोलिय पदार्थको माग बढ्दै गएपछि आयात बढेको नेपाल आयल निगमका अधिकारीहरूले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको माग ह्वात्तै बढेको बताए । मागको दर निरन्तर बढ्दो क्रममा रहेको र भण्डारण क्षमता न्यून रहेको भन्दै उनले अबका दिनमा पेट्रोलियम पदार्थ सहज आपूर्तिमा समस्या आउन सक्ने बताए ।

Vianet communication

व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले पेट्रोलियम पदार्थको उच्च आयातले नेपालको वैदेशिक व्यापार घाटा बढाउनमा मदत पुर्‍याएको बताए । नेपालको वैदेशिक व्यापार घाटा वृद्धि हुनुमा सबैभन्दा बढी भूमिका पेट्रोलियम पदार्थको रहेको उनको भनाइ थियो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा साढे खर्ब नाघेको छ ।  

नेपालमा आयातित वस्तुमध्ये सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको हुने गरेको छ । कुल आयातको करीब १५ प्रतिशत आयात पेट्रोलियम पदार्थको रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको कुल आयात १ खर्ब ७२ अर्ब ८८ करोड ४९ लाख २४ हजार रुपैयाँ बराबरको भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालको आयात व्यापार मुख्यरूपमा भारत र चीनसँग हुँदै आएको छ । त्यसबाहेक फ्रान्स, युएई, थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया लगायतका देशसँग हुँदै आएको छ ।

त्यस्तै क्यानडा, भितनाम, अर्जेन्टिना दक्षिण कोरिया लगायतका मुलुकसँग पनि आयात व्यापार हुँदै आएको व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रले जानकारी दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x