×

NMB BANK
NIC ASIA

स्थानीय विकास कोषमा अनियमितता, करोडौं रुपैयाँको छैन हिसाबकिताब

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, २६ फागुन – मुलुकमा गरीबी न्यूनीकरणका लागि सरकारले आयोजना गरेको स्थानीय विकास कोषको करोडौं रुपैयाँ रकम लथालिंग भएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को वित्तीय सहयोगमा झण्डै दुई दशकदेखि शुरु भएको कार्यक्रम समेत परिणामहीन समेत देखिएको छ ।

सरकारी कमजोरीका कारण वार्षिक झण्डै नौ करोड रुपैयाँको हाराहारीमा रकम खर्च हुने यो कोषको रकम ‘बालुवामा पानी’ साबित भएको हो ।

उक्त कोषका लागि चालू आर्थिक वर्षमा समेत गरेर करीब ६० करोड रुपैयाँ विनियोजन भइसकेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बताएको छ । तर त्यत्ति ठूलो परिमाणको रकमको कुनै पनि हिसाबकिताब छैन ।

जनताको आयस्तर बढाई ग्रामीण सशक्तीकरण गर्ने योजनाका साथ युनडीपीमार्फत शुरु भएको उक्त कार्यक्रम विगत सात वर्षदेखि सरकारकै आर्थिक सहयोगमा चलिरहेको छ ।

कोषमार्फत रकम परिचालन गर्न चालू आवमै सरकारले जिल्ला विकास समितिमार्फत खर्च गर्नेगरी ९ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तर विनियोजित रकमको अधिकांश हिस्सा भने चालू खर्च अर्थात् कर्मचारीको तलबभत्ताकै लागि खर्च हुँदै आएको छ भने पूँजीगततर्फको ठूलो हिस्साको रकम कहाँ कसरी खर्च भयो भन्ने विवरण नै छैन ।

मन्त्रालयका अनुसार चालू आवमा विनियोजित करीब साढे ९ करोड रुपैयाँमध्ये ५ करोड ६४ लाख रुपैयाँ चालू खर्चका लागि हो ।

ग्रामीण गरीबी न्यूनीकरण र सामाजिक सशक्तीकरणका लागि सरकारले विनियोजन गरेको करोडौं रुपैयाँको बजेटको हिसाबकिताब पारदर्शी नभएको मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

मुलुकभरका विभिन्न ४८ जिल्लामा कोषका लागि भनेर सरकारले बजेट पठाउँछ । जिविस अनुदानबाट उक्त शीर्षकमा बजेट विनियोजन हुँदै आएको छ ।

जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खर्च गर्नेगरी उक्त शीर्षकको रकम विनियोजन गरिँदै आएको छ ।

ग्रामीण क्षेत्रमा स्थानीय आवश्यकता हेरेर सम्बन्धित क्षेत्रका जनताको आयस्तर र सशक्तीकरणका लागि विनाधितोमा सामूहिक जमानीमा रकम लगानी गर्ने भनिएपनि ‘टाठाबाठा’ले यसको प्रयोग गरिरहेको मन्त्रालय बताउँछ ।

झण्डै एक दशकसम्म संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को वित्तीय सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसमेतको समन्वयमा सञ्चालित कार्यक्रम आर्थिक वर्ष २०६६÷६७ देखि सरकारले नै चलाउँदै आएको छ ।

२०६२ सालमा युएनडीपी बाहिरिएपछि बेवारिसे जस्तै बनेको उक्त कार्यक्रम सरकारले चलाउँदै आएको छ ।
मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि बर्सेनि नियमित रूपमा बजेट विनियोजन हुँदै आएपनि यसको प्रभावकारिता र खर्चको स्थितिको कुनै मूल्याङ्कन र अनुगमन भने भएको छैन ।

उक्त कार्यक्रम हाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काठमाडौंबाहेकका मुलुकका ७४ जिल्लामा विस्तार भएपनि बजेट भने ४८ जिल्लामा मात्र जान्छ ।

गैससको खर्च पारदर्शी भएन

ग्रामीण गरीबी न्यूनीकरणका लागि आर्थिक वर्ष २०५३÷५४ देखि युएनडिपीले ३० जिल्लामा स्थानीय स्वायत्त शासन कार्यक्रम (एलजीपी) र सहभागितामूलक जिल्ला विकास कार्यक्रम (पीडीडीपी) मार्फत कार्यक्रम अघि बढाएको थियो । त्यसको केही वर्षपछि अन्य ६ जिल्लामा समेत गरेर ६६ जिल्लामा यस्तो कार्यक्रम अघि बढायो । युएनडीपीले विभिन्न मोडलमा यस्ता कार्यक्रम अघि बढाएको थियो ।

कोषका लागि भनेर युएनडीपीले अर्बौंको लगानी गरेको मन्त्रालयका अधिकारी बताउँछन् । तर युएनडीपीले कुल कति लगानी ग–यो भन्नेमा मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ ।

शुरुमा शतप्रतिशत लगानीलाई क्रमशः घटाउँदै लगेर युएनडीपीले २०६२ सालमा यो कार्यक्रमबाट हात झिकेको थियो ।

‘युएनडीपीले हात झिक्दा कार्यक्रमका लागि आफूले गरेको लगानीको स्पष्ट तथ्याङ्क दिएन,’ मन्त्रालयका एक अधिकारीले भने ।

पछि मन्त्रालयले सम्बन्धित जिल्लाबाटै विवरण माग गर्दा करीब ३७ करोड रुपैयाँको अक्षयकोष फेला परेको मन्त्रालय बताउँछ । त्यसमध्ये करीब सबा ३१ करोड रुपैयाँ लगानीमा रहेको छ ।

करीब आठ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत कोष सञ्चालनका लागि लगानी भएको रकमका सम्बन्धमा सोधखोज गरेपछि मन्त्रालयले कार्यक्रम सञ्चालन भएका जिल्लाबाट माग गरेर उक्त विवरण संकलन गरेको थियो ।

तर उक्त कार्यक्रमका लागि युएनडिपीले अर्बौंको लगानी गरेको मन्त्रालयका अधिकारी बताउँछन् । हाल करीब आधा दर्जन जिल्लामा मात्र यो कार्यक्रम प्रभावकारी रूपमा चलिरहेको मन्त्रालय बताउँछ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x