×

NMB BANK
NIC ASIA

राजपामा राजेन्द्र महतोको नेतृत्व : रेशमको शपथमा सफल, संविधान संशोधनमा असफल !

माघ ७, २०७५

NTC
Premier Steels

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा महेन्द्रराय यादवले गत आइतवारदेखि कार्यकाल सम्हालेका छन् ।

Muktinath Bank

चक्रीय प्रणाली अनुसार राजेन्द्र महतोको २ महिने कार्यकाल सकिएपछि यादवले राजपाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि लामो समयदेखि महन्थ ठाकुरले नेतृत्व सम्हालिरहेको अवस्थामा अध्यक्ष मण्डलको बहुमत सदस्यले नेतृत्व आलोपालो परिवर्तन गर्ने निर्णय गरेपछि महतोले नेतृत्व पाएका थिए । २ महिने कार्यकालमा महतोले गरेको नेतृत्वलाई लिएर राजपाका नेताहरूले अत्यन्तै सकारात्मक रुपमा मात्र लिएका छन् । चक्रीय प्रणाली अनुसार निर्धारित समयमै नेतृत्व हस्तान्तरण गरेपछि राजपाभित्र महतोको प्रशंसा हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

महतो निकट मानिने राजपाका महासचिब मनिष कुमार सुमनले महतोको कार्यकाल सफल रहेको बताए । चक्रीय प्रणाली अनुसार पार्टीको नेतृत्व हस्तान्तरण गरेर महतोले पार्टीमा अन्य अध्यक्षमण्डलका सदस्यले पनि स्वभाविक रूपमा नेतृत्व पाउन सक्ने बाटो खोलिदिएको सुमनले बताए ।

Vianet communication

‘पार्टीमा महाधिवेशनलाई लिएर साधारण सदस्यता वितरणदेखि क्रियाशील सदस्यता वितरणमा समेत महतोको कार्यकालमा जे सक्रियता देखियो, त्यसले पार्टीमा पनि थप जिवन्तता ल्याएको छ,’ २ नम्बर प्रदेशका सांसद समेत रहेका सुमनले लोकान्तरसँग भने, ‘राष्ट्रिय राजनीतिमा पनि राजपाको हैसियत र भूमिका महतोको कार्यकालमा बढ्नु अर्को सफलता हो ।’

राजपाका सांसद रेशम चौधरीको शपथ ग्रहण गराउन सक्नु महत्त्वपूर्ण सफलता भएपनि संविधान संशोधनको दिशामा कुनै पनि उपलब्धी हुन नसक्दा संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नु विफलता रहेको सुमनले बताए । ‘केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग पूर्ण रुपले सम्बन्ध तोड्नुपर्नेमा त्यसो हुन नसक्नु महतोको कार्यकालको अशोभनीय घटना हो,’ उनले भने ।

राजपा अध्यक्षमण्डलका संयोजक रहेकै बेला महतोको निर्वाचन क्षेत्रमा राजपाकै नेता तथा कार्यकर्ताले पुत्ला दहन गर्दै विरोध हुनु अत्यन्तै अशोभनीय घटना भएको बताउँदै सुमनले थपे, ‘प्रतिनिधि सभाको १५ र प्रदेश सभाको ११ गरी २६ वटा निर्वाचन क्षेत्रमा कुनै पनि सांसदको हालसम्म विरोध नहुनु र महतोकै पुत्ला दहन हुनु अत्यन्त अशोभनीय घटना हुन गयो ।’

पार्टी एकढिक्का भएर जानुपर्ने ठाउँमा महतोकै कार्यकालमा पूर्वतमलोपाको समूहमा नयाँ ध्रुवीकरण हुन खोज्नु, फेरि पुरानै पार्टीको अस्तित्व कायम गर्न जुर्मुराउनु पनि अशोभनीय घटनाको रुपमा हुन गएको सुमनको टिप्पणी छ ।

संयोजक यादव पूर्व कम्युनिस्ट पार्टीमा रहेका कारण उनीप्रति कुनै पनि किसिमले शंका गर्न नहुने सुमन बताउँछन् । ‘उहाँ अब पूर्णरुपले राजपा हो । उहाँकै कार्यकालमा संविधान संशोधन हुन सकोस् भन्ने हामीले अपेक्षा राखेका छौं,’ सुमनले भने ।

‘भन्नका लागि महतोले ६० दिनको कार्यकाल व्यतित गरे तर पूर्वसंयोजक महन्थ ठाकुर बैठकमा नआइदिँदा करीब ४० दिनजति त बैठक नै बस्न नसकेको अवस्थामा २० दिन जतिमा कार्य भएको छ, त्यो ऐतिहासिक नै रहेको छ,’ राजपा नेपालकै अर्को महासचिव राजीव झाले भने ।

‘ठाकुरजी बिरामी भएपछि लामो समयसम्म पार्टीको बैठक नै बस्न सकेन । तर बाँकी २० दिनमा जसरी उनले पार्टी चलाए त्यो ऐतिहासिक नै हो,’ महासचिव झाले भने, ‘रेशम चौधरीको सपथ ग्रहण, पार्टीलाई महाधिवेशनतर्फ लैजानु र पार्टीको नेतृत्व निर्धारित समयमै हस्तान्तरण गर्नाले पार्टी अब विधान बमोजिम ट्रयाकमा हिँड्न सफल भएको छ ।’

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव पार्टीमा नेतृत्वभन्दा पनि, व्यक्तिभन्दा पनि, पार्टी सामुहिक नेतृत्वमै चलेकाले यो व्यक्ति वा त्यो व्यक्तिको कार्यकाल सफल भयो, विफल भयो भनेर विश्लेषण गर्नु उपयुक्त नहुने बताउँछन् ।

पार्टीमा संयोजक जो कोही भएपनि निर्णय सामुहिक रुपमै लिने गरिएकाले सबै अध्यक्षमण्डलका सदस्यको समान भूमिका रहेको उनले बताए । ‘महतोजीले नेतृत्व गरेको कार्यकालमा स्वभाविक रूपले रेशम चौधरीको सपथ ग्रहण हुनु सफलता हो,’ उनले भने । महेन्द्र यादवको कार्यकालमा पार्टीको महाधिवेशनको कामले निरन्तरता पाउनेमा उनी आशावादी देखिन्छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने कुरा पार्टीको बैठक बसेर निर्णय गर्ने कुरा भएको भन्दै यादवले भने, ‘संसदीय दलको बैठक बसेर त्यस्तो निर्णय भएर सभामुख र राष्ट्रपतिलाई पत्र पठायो भने हुन्छ । तर त्यस्तो कुनै पनि निर्णय अध्यक्षमण्डलको संयोजकले मात्र गर्ने कुरा हुँदैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x