×

NMB BANK
NIC ASIA

हेर्दा चिल्लो तर जोखिमयुक्त कलंकी-कोटेश्वर सडक, हस्तान्तरण नहुँदै लियो १७ जनाको ज्यान

चीनले सोमवार नेपाल सरकारलाई हस्तान्तरण गर्ने

माघ १३, २०७५

NTC
Premier Steels

काठमाडौं – चीन सरकारले अनुदानमा बनाइदिएको कोटेश्वर–कंलकी सडक खण्ड सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । यसअघि २०७३ सालमा हस्तान्तरण हुनुपर्ने उक्त सडक खण्ड भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइका कारण सोमवार हस्तान्तरण हुने भएको हो ।

Muktinath Bank

सडक विभागका प्रवक्ता मुक्ति गौतमले सोमवार बिहान ९ बजे गोदावरीमा विशेष कार्यक्रमका बीच चीनले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडक विभागका अनुसार करीब १० किलोमिटर लम्बाई रहेको उक्त सडक खण्ड निर्माणका लागि २०६९ साल पुसमा सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७३ माघमा चीनले उक्त सडक खण्ड निर्माणको काम सम्पन्न गरेर नेपाललाई हस्तारन्तरण गर्नुपर्ने थियो ।


Advertisment
Nabil box
Kumari

सडक विभागले चिनियाँ कम्पनीले सम्झौता अनुसार नै सडक निर्माणको काम गत डिसेम्बरमा नै सकेको जानकारी दिएको छ । सम्झौता अनुसार सो सडक खण्डमा तीनवटा आकाशेपुल समेत चिनियाँ कम्पनीले नै निर्माण गरिदिएको सडक विभागको दाबी छ ।

Vianet communication

हाइवेका नाममा गुणस्तरहीन

हेर्दै चिल्लो देखिने उक्त सडक खण्डलाई हाइवे भनिएको छ, तर हाइवेमा हुनुपर्ने गुण कुनै पनि नभएको सरोकारवालाहरूले गुनासो गर्ने गरेका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गत शुक्रवार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उक्त सडकखण्ड गुणस्तरहीन भएको जिकिर गरे । कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्डलाई हाइवे भनिएपनि त्यसमा हाइवेमा हुनुपर्ने गुण कुनै पनि नभएको महर्जनको जिकिर थियो ।

‘भन्नलाई हाइवे भनिएको छ,’ महर्जनले भने, ‘त्यहाँ न साइकल लेन छ, न त जेब्रा क्रस छ ।’

जाम समेत नहटेका कारण उक्त सडकलाई हाइवे भनिरहनु पर्ने नदेखिएको मेयर महर्जनको भनाइ थियो । ‘हाइवे भन्या छ, एक घण्टासम्म जाम हुन्छ,’ उनले भने, ‘यस विषयमा मैले चिनियाँ राजदूतसँग कुरा गर्दा उनले तपाईंको सरकारसँग भएको सहमति अनुसार नै बनाएको भन्ने जवाफ दिए ।’ 

नेपाल सरकारसँग भएको सम्झौताबाहेक अन्य कुनै पनि पूर्वाधार आफूहरूले राख्न नसक्ने चिनियाँ राजदूतले जवाफ दिएको मेयर महर्जनको दाबी थियो ।

हेर्दा चिल्लो, तर ज्यानमारा !

कोटेश्वरदेखि कलंकीसम्मको उक्त सडक खण्ड हेर्दा चिल्लो देखिन्छ । निकै चिल्ला देखिने उक्त खण्ड नेपाल सरकारलाई हस्तान्तरण नहुँदै १७ जनाको ज्यान गइसकेको छ ।

जेब्रा क्रसिङ, पुल लगायतका पूर्वाधार नभएका कारण उक्त क्षेत्रमा दुर्घटना बढी हुने गरेको हो । गत शुक्रवार संसदीय समितिमा बोल्दै महर्जनले समेत हस्तान्तरण नहुँदै १७ जनाको ज्यान गइसकेको तथ्याङ्क पेश गरेका थिए ।

‘बाँकी पूर्वाधार नेपाल आफैंले थप्छ’

सरकारले कोटेश्वर– कलंकी सडक खण्डमा हाइवेमा हुनुपर्ने सबै पूर्वाधार नभएकाले बाँकी पूर्वाधार नेपालले आफैं थप्ने जानकारी दिएको छ । सडक विभागका प्रवक्ता गौतमले उक्त सडक खण्डमा रहेका छेउका ट्र्याक समेत यसअघि नेपाल सरकारले आफैंले बनाएको भन्दै बाँकी रहेको पूर्वाधार समेत नेपाल आफैंले नै बनाउने बताए । 

‘चीन सरकारले सम्झौता अनुसार नै सडक बनाएको छ,’ उनले भने, ‘केही पूर्वाधार नभएको साँचो कुरो हो । ती पूर्वाधार बनाउने काम तत्काल अघि बढाउछौं ।’

त्यहाँ जेब्रा क्रसिङ, ओभर हेड ब्रीज लगायतका पूर्वाधार थप्नु पर्ने आवश्यकता देखिएकाले ती पूर्वाधार नेपाल आफैँले थप्ने उनको भनाई थियो । ‘अरू छवटा ओभर हेड बनिराखेको छ,’ उनले भने, ‘हामी अध्ययन गर्दै पूर्वाधार थप्दै गर्छौं ।’

त्यस्तै चीन सरकारले हस्तान्तरण नगरीक नै सो सडक खण्डमा दुर्घटनामा परेर १७ जनाको ज्यान गएको कुरा साँचो भएको भन्दै त्यसका बारेमा समेत अध्ययन गरी सुरक्षा सतर्कता अपनाइने गौतमले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x