मंसिर ९, २०८०
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
काठमाडौं– तपाईंले कुनै पनि कलाकार तथा गीतसँग सम्बन्धित कसैलाई ‘गीतमा के हुनुपर्छ ?’ भनेर प्रश्न सोध्नुभयो भने उनीहरूको रेडिमेड जवाफ हुन्छ – समाज, देश, परिस्थिति र भूगोलको स्पष्ट प्रतिनिधित्व हुनुपर्छ ।
तर पछिल्लो समय गीतले समाज बोलेको कमै पाइएको छ । गीतमा छाडापन हावी हुँदै गइरहेको सन्दर्भमा लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट’ गीत प्रकरणले सामाजिक सञ्जालमा गर्मी ल्यायो । यसले देशको परिस्थिति बोलेको थियो ।
स्रोता र दर्शकले गीतमा समाजको विकृति र विसंगतिलाई देखे । थियो पनि त्यही । गीतमा नेपालमा भ्रष्टाचार मौलाएको र त्यसमा सम्बन्धित निकाय चुप बसेको, सरकारी कर्मचारीको हर्कतलाई पनि राम्रैसँग देखाइएको छ ।
पुशपतिले सार्वजनिक गरेको गीतले १–२ ठाउँबाहेक अन्य शब्द चयन र विकृतिप्रतिको तिखो व्यंग्यलाई सलाम गर्नैपर्छ । गीतमा देशको उच्च ओहोदामा आसिन राष्ट्रपतिको गाडी खरिद प्रकरण र देशमा ‘यमराजको शासन’ भनेर प्रयोग गरिएका बिम्बलाई पशुपति स्वयंले परिमार्जन गर्ने भन्दै शनिवार साँझ गीत यूट्युबबाट हटाएका छन् ।
शनिवार गीतबारे बालुवाटारमा पनि हलचल मच्चिएका खबर सार्वजनिक भए । त्यसलगत्तै युवा संघ नेपालले फेसबूकमार्फत् पशुपतिको गीतले कम्युनिस्टलाई खुइल्याउने र कांग्रेसलाई पक्षपोषण गरेको लेखेको थियो । त्यससँगै युवा संघले गीतलाई सच्याउन आग्रह गरेको थियो ।
पशुपतिले आफूले राजनीतिलाई राम्रोसँग नबुझेको र कुनै पनि राजनीतिक दलप्रति पूर्वाग्रह साँधेर गीत नबनाएको सामाजिक सञ्जालमा लेखे । उनले भनेका थिए, ‘मेरो गीतले विसंगतिलाई व्यंग्य गरोस् भन्ने एक मात्र ध्येय थियो ।’ उनले देशमा विद्यमान भ्रष्टाचार, विसंगति र अन्यायविरुद्ध लगातार लागिरहने बताएका छन् ।
एउटा कलाकार देशको नागरिक हो र अन्याय र कुरीतिविरुद्ध लाग्नु उनको कर्तव्य हो । त्यो कर्तव्यबोध पशुपतिमा देखियो । ‘लुट्न सके लुट’ले राजनीतिमा कति रेक्टरको भूकम्प ल्यायो, त्यो छुट्टै पाटो रह्यो ।
वास्तविकता पचाउने कहिले ?
‘लुट्न सके लुट’ गीतको हकमा माथि उल्लेख गरिएका २ बिम्ब बहाना मात्रै हो, जसले बन्दका लागि दबाब दियो । वास्तविकता गीतको शीर्षकसँग जोडिएका लुटेराहरूकै आपत्ति थियो र छ पनि !
गीतमा भनिएजस्तै सरकारी शिक्षकले आफ्ना छोराछोरीलाई बोर्डिङ पठाउनेहरूले नै वास्तविकता पचाएनन् । सरकारी चिकित्सकले क्लिनिकमार्फत् लुटेको कुरा उनीहरूलाई नै पचेन । २ वर्षमै नायव सुब्बाले घर बनाएको छ गीतमा, तिनै सुब्बाहरूले गीत पचाएनन् । ए बाबा ! तिमीहरू नसच्चिएपनि सत्य त पचाऊ । किन विरोध गर्छौ ?
देशको ठेक्का छाड ‘पशुपति’
देशका युवा ऋण गरेर चुहिने छानो टाल्न र केही थान सपनालाई मलजल गर्न बाहिर हानिँदै थिए । त्यो उनीहरूको गल्ती थिएन, बाध्यता थियो । तिमीले गीति लयमा सबैले टिप्न सक्ने गरी ‘मलाई अमेरिका यहीँ, जापान पनि यहीँ’ भन्यौं । नेपालमै बस, उद्यम गर भन्यौं । यसले समाज र देश बोलेको थियो । युवा बेचेर मोटाएकाहरूले एकछिन गीत सुने र मनमनै गाली गरे – पेशा संकटमा पारिस् ।
उनले पछिल्लो समय सामाजिक कुरीति र अन्यायविरुद्ध ‘ब्याक टू ब्याक’ आवाज उठाइरहेका छन् । काम नगर्ने नेतालाई ‘कुरी–कुरी’ भनेका छन् । ‘छुवाछुत स्वीकार्य छैन, हामी बद्लिनुपर्छ’ भनेका छन् । के उनले गलत गरिरहेका छन् ? सरकारले जनमतको ‘स्मूथ्ली’ कदर गर्नुपर्छ भनेका छन् । यसमा उनले गल्ती गरे ?
पशुपति ! तिम्रो कुरा पच्दैन भने किन लगातार ‘सुधार’को ठेक्का लिन्छौं ? छाडिदेऊ पशुपति, राम्रो कुरा पच्दैन भने किन दोहोर्याउँछौं उस्तै कुरा । पशुपति, अब भ्रष्ट नेताको गुणगाण गर, पुण्य कमाऊ । वाहवाही कमाऊ !
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...