×

NMB BANK
NIC ASIA

स्वास्थ्य सेवाको दुर्दशा

अस्पतालमा डाक्टर छन्, औषधि छैन !

फागुन १५, २०७५

NTC
Premier Steels

बुटवल – अस्पतालमा बिरामी उपचार गर्न आउँछन् । चिकित्सकले चेकजाँच गरेपछि औषधि लैजान्छन् ।

Muktinath Bank

तर बुटवलमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय विगत २ महिनादेखि औषधिविहीन भएको छ । औषधि नहुँदा स्थानीय तहदेखि प्रदेश सरकारको ध्यान पुग्न सकेको छैन । जसले गर्दा उपचारमा आउने बिरामी औषधि विना नै फर्किनुपर्ने बाध्यता छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराना लुम्बिनी औषधालयमा दैनिका ६० देखि ६५ जना बिरामीहरू उपचारमा आउँछन् । औषधालयका प्रमुख डा. नलिननाथ तिवारीले अहिले औषधालयमा अस्पतालले आफैं उत्पादन गरेको अमृता चूर्णबाहेक कुनै पनि औषधि नभएको बताए । 


Advertisment
Nabil box
Kumari

‘हामीले औषधालयबाट २३ प्रकारका औषधिहरू बिरामीलाई दिँदै आएपनि अहिले सबै औषधि सकिएका छन्,’ तिवारीले भने, ‘हामीलाई जम्मा ३ लाख रूपैयाँ मात्र औषधि किन्नका लागि पैसा छ । त्यो रकमले ५० दिनलाई मात्र औषधि किन्न पुग्छ । अनि हामीले कसरी वर्षभरलाई बिरामीको लागि औषधि पुर्याउन सक्छौं ।’

Vianet communication

अस्पतालमा आउने हरेक बिरामीले निःशुल्क औषधि पाउने व्यवस्था छ । विगतका वर्षहरूमा स्वास्थ्य मन्त्रालयबाट औषधी आउने भएपनि यस वर्ष स्थानीय तहबाट आउने भनिएपनि निकै कम बजेट आएको बताए । २०४८ सालमा औषधालय स्थापना भएको हो ।

औषधालयले आफैं जडिबुटी ल्याई आयुर्वेद औषधि समेत बनाउँदै आएको छ । औषधालयले बासा चूर्ण, निम चूर्ण, अर्जुन छाल चूर्ण, अदुम्बर चूर्ण, गुडुची चुर्ण, भुम्याक्लकी चूर्ण लगायतका औषधि जडीबुटी खरिद गरी बनाउने तथा अमियतिकर चूर्ण, सितोपलाकी चुर्ण, त्रिफला चूर्ण, आयलकी चूर्ण, त्रिकदु चूर्ण लगायतका चूर्ण औषधालयले बनाउँदै आएको छ ।

प्रदेश सामाजिक विकास महाशाखा प्रमुख डा. उमाशकरप्रसाद चौधरी प्रदेशमा रहेका २ औषधालय लुम्बिनी आयुर्वेद चिकित्सालय, राप्ती आयुर्वेद चिकित्सालय र ८ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई प्रदेश सामाजिक विकास मन्त्रालयले ४ लाख रूपैयाँ विनियोजन गरेको बताए ।

‘हामीले औषधिको लागि खरिद ऐन अन्तर्गत टेन्डर गरेर औषधि पठाउँछौं,’ उनले भने । औषधालयमा निको नभएका ग्यास्टिक, पिनास, हेपाटाइटिस, बाथ, पायल्स, महिलाका प्रजनन् समस्यालगायत बिरामी बढी मात्रामा आउने गर्छन् ।

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढेपनि समयानुकूल सेवा विस्तार र औषधि उपलब्ध नहुँदा आयुर्वेद औषधालय प्रभावहीन बन्दै गएको बुटवलका रमेश केसीले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ वटै जिल्लाका आयुर्वेद औषधालयका लागि औषधि खरिद गर्न ४९ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

अब टेण्डरमार्फत खरिद गरी औषधालयलाई दिने तयारी भइरहेको जनाइएको छ । औषधालयमा ६ जनाको दरबन्दी छ । बुटवल उपमहानगरपालिकाले पनि अस्पतालका लागि १ जना प्राविधिक खटाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x