फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं -‘यहाँ धेरै ठाउँबाट जोगी भेषमा साधुहरू आउँछन् । म नेपाली हो भन्ने चिनुन् भनेर नै भोलेनाथको त्रिशूलमा नेपाली झण्डा लिएर हिँड्ने गर्छु,’ पशुपति मन्दिर परिसरमा भेटिएका एक साधुले भने ।
अरूभन्दा भिन्न देखेर नै कुराकानीका लागि उनको अगाडि गएको थिएँ, म । त्रिशूलमा नेपाली झण्डा बाँधिएको थियो । अन्य साधुहरू बोरा वा कपडा थापेर माग्न बसेका बेला उनी बिलकुल फरक थिए ।
उनको नाम रहेछ, सन्यासी विन्देश्वर दास । कुराकानीका क्रममा थाहा भयो, उनी पशुपतिनाथलाई सहारा बनाएर बस्न थालेको १४ वर्ष जति भयो ।
शिवरात्रिका कारण पशुपति क्षेत्रमा साधुहरूको भीड लागेको छ । उनीहरूको नानाथरी शैली देख्न पाइन्छ । अधिकांशले पैसा मागेरै हैरान बनाउँछन् ।
विन्देश्वर भिक्षा देऊ भनेर कसैसँग माग्दैनन्, दिएको मात्रै लिन्छन् ।
अलिक भिन्न प्रकृतिको देखिएर शायद उनीसँग पर्यटकहरूले फोटो खिचाउने चाहना व्यक्त गर्ने रहेछन् । उनी भन्छन्, ‘फोटो खिच्दा कतिपय पर्यटकले पैसा दिन्छन्, दिएको लिन्छु ।’
सुकुम्वासी परिवारबाट शुरू भएको जीवन
वि.सं. २०३० सालमा राजविराजको एउटा सुकुम्वासी परिवारमा जन्मिएका थिए, उनी ।
विन्देश्वर चार दाजुभाइका साइँला भाइ हुन् । गरीबीका कारण उनी र दाइहरूले साधारण लेखपढ गर्ने अवसर समेत पाएनन् । कान्छा भाइले भने थोरै पढ्न पाए ।
पैतृक सम्पत्ति नभएका कारण आमाबुवाले निकै कष्टसाथ उनीहरूलाई हुर्काए । ‘दैनिक छाक टार्न आमाबुवाले निकै दुखः गर्नुहुन्थ्यो,’ विन्देश्वरले सम्झिए ।
विद्यालय नगएका कारण गाईभैँसी चराउने र फुर्सदका बेला साथीभाइसँग खेल्ने उनको दैनिकी हुन्थ्यो । आमाबुवा भने ज्याला मजदूरीमा जान्थे । ‘मेरी आमालाई साह्रै दुःख थियो,’ विन्देश्वरले भावुक हुँदै स्मरण गरे ।
साधुसँगको भेटले फेरियो बाटो
उनी १६ वर्षका थिए । नजिकैको मन्दिरमा एक साधु आइरहन्थे ।
उनको नाम थियो, श्रीश्रीश्री ८ शुकदेव महाराज । विन्देश्वर उनीबाट प्रभावित भए । १६ वर्षकै उमेरमा शुरू भयो उनको सन्यासी जीवन ।
त्यसपछि आफूलाई ज्ञान प्राप्त भएको उनले सुनाए- ‘मान्छेहरू सम्पत्ति र आफ्नाहरूको मायामा फसेका रहेछन् । लामो समय शुकदेव स्वामीसँग बस्दा सांसारिक ज्ञान प्राप्त गरेँ ।'
सन्यासी मार्गमा हिँडेको कारण उनले विवाह गरेनन् । सम्पत्ति पनि जोडेका छैनन् । दिनको एक छाक खाना र अर्को छाक अन्य सामान्य खानेकुरा खाएर जिविका चलाउँछन् ।
‘बेटा, अरू कतिपय जोगीले दिनभरि भिक्षा मागेर रक्सी तथा मासु खाने गर्छन्, उनीहरूलाई भोलेनाथले एकदिन अवश्य कारवाही गर्नेछन्,’ उनले आशा व्यक्त गरे ।
आरोहअवरोहले जेलिएको सन्यासी जीवन
सन्यासी जीवनमा पनि आरोहअवरोह अनि सुख, दु:ख हुने रहेछ ।
‘सन्यासीको मार्ग धेरै जटिल छ बेटा, यहाँ सधैँ उस्तै हुँदैन । कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ । धेरै दुःख भोगेँ मैले । तर भोलेनाथको कृपाले सबै कुरा ठीक भइरहेको छ ।’
विन्देश्वरका जेठा दाइ पनि सन्यासी छन् । माइला दाइ र कान्छो भाइ गृहस्थ जीवनमा भुलेका छन् ।
घर पनि जानुहुन्छ कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरो यो संसार नै घर भएको छ । तर मायाको कुरा छ । कहिलेकाहीँ दाजुभाइलाई भेट्न जान्छु ।’
पहिले पशुपतिको निःशुल्क आश्रममा बस्थे । त्यहाँबाट भाँडाकुँडा र सरसामान चोरी भएपछि अचेल गौशालामा कोठा भाडामा लिएर बस्छन्, उनी ।
भाडा मासिक ३ हजार छ । भिक्षा मागेरै जसोतसो तिर्छन् ।
उनले नेपाली नागरिकता पनि लिएका छन् । उनी भारतको विभिन्न शहरबाट आएका साधुहरूलाई आफू नेपाली भएको गर्वसाथ सुनाउँछन् ।
उनीसँग नेपाली हुनुको प्रमाण पनि छ । ‘४५ वर्षको उमेरमा नागरिकता बनाएँ, नेपाली भएकोमा गर्व महसूस हुन्छ,’ उनले भने ।
शिवजीको प्रिय वस्तु भनेर गाँजा र भाङ भने खान्छन्, उनी ।
‘रक्सी र मासु खान्नँ, तर गाँजाभाङ भने खान्छु,’ उनले भने, ‘अहिलेसम्म मलाई केही रोग लागेको छैन बेटा ।'
उनलाई बुढेशकालको चिन्ता पनि छैन ।
बुढेशकालको प्रसंग कोट्याउँदा भनिहाले, ‘बेटा जे पर्ला पर्ला । जय शिव शंकर, भोलेबाबा !’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...