×

NMB BANK
NIC ASIA

पुनर्वासको व्यवस्थाविनै मुआब्जा वितरण, बिल्लीबाठको बाटोमा बूढीगण्डकी प्रभावित !

चैत २४, २०७५

NTC
Premier Steels

काठमाडौं – सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित ५ हजार भन्दा बढी घरधुरीलाई मुआब्जा वितरण गरेको छ । आयोजनाबाट प्रभावितलाई पुनर्वासको व्यवस्था नगरिकनै सरकारले मुआब्जाको प्रक्रिया अघि बढाएको हो ।

Muktinath Bank

उक्त आयोजनाको प्रगति प्रतिवेदन अनुसार सरकारले १७ हजार २ सय ३१ रोपनी जग्गा अधिग्रहण गरेबापत ५ हजार १ सय २ व्यक्तिलाई १० अर्ब ८५ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजना आयोगका अनुसार धादिङतर्फ साविकका गाविसहरू सलाङ, मैदी लगायतका क्षेत्रमा मुआब्जा वितरण सम्पन्न भएको छ । त्यस्तै गोरखाको फुजेल, नाम्जुङ, बुङकोट, बोर्लाङ र आश्रङका जग्गाको मुआब्जा वितरण भएको छ ।


Advertisment
Nabil box
Kumari

धादिङतर्फ साविकका गाविसहरू चैनपुर, ज्यामरुङ, सल्यानकोट र आगिञ्चोकका जग्गाको मुआब्जा वितरण पनि करीब सम्पन्न भएको छ । आयोगका अनुसार गोरखाको आरुघाट र आरुखेत बजार क्षेत्रबाहेक सम्पूर्ण गाविस र धादिङतर्फ आरुघाट बाहेक सम्पूर्ण गाविसको निवेदन संकलन गर्ने काम सम्पन्न भएको राष्ट्रिय योजना आयेगले जानकारी दिएको छ ।

Vianet communication

आरुघाट, आरुखेत बजार तथा धादिङको विशालनगर (आरुघाट) र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नै बाँकी रहेको छ । सरकारले बूढीगण्डकी प्रभावितका लागि पुनर्वासको व्यवस्था गर्ने भनेपनि हालसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।

पुनर्वासको व्यवस्था विना मुआब्जा वितरणले मात्रै भविष्यमा बिल्लीबाठको सम्भावना हुने जानकारहरूले औंल्याउने गरेका छन् ।

पुनर्वासको व्यवस्था नगरिकनै मुआब्जा वितरण गरिँदा भविष्यमा आइपर्ने समस्या स्मरण गराउँदै पत्रकार मोहन मैनालीले गत जेठमा सार्वजनिक गरेको ‘देखेको देश’ किताबमामा लेखेका छन्, ‘कुलखोनीबाट धपाइएकामध्ये धेरै मानिस हेटौंडा आसपासको रुखो ठाउँहरूमा सर्न पुगे । तिनीहरूले आफ्नो विगतको सामाजिक अवस्था गुमाए । आफ्ना नातेदार र सामुदायबाट टाढिए । त्यहाँ तिनीहरूको परम्परागत सीप केही पनि काम लागेन । उत्साहहीन र आफ्ना पुरानै डाँडापाखाको सम्झनामा पिरिइरहेका छन् ।’

जगदिशचन्द्र पोखरेललाई उदृत गर्दै मैनाली लेख्छन्, ‘आयोजनाबाट विस्थापित भएकामध्ये धेरैजसो कुलेखानीमा बसोेबास गर्दा भन्दा खराब हालतमा छन् । 

हेटौंडाको दक्षिणपूर्वमा पर्ने चिसपानीमा बसाईं सर्नेहरूको हालत झन् नराम्रो छ । अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि आयोजनाका लागि मानिसलाई धपाउनु पर्दा उनीहरूको अवस्था सकेसम्म पहिलेको भन्दा राम्रो बनाउनुपर्छ । नसके पहिलेको भन्दा खस्कन नदिने वातावरण तयार गर्नुपर्छ ।’

कुलेखानी जलविद्युत् आयोजनाका लागि साढे ४ सय घरपरिवारबाट ४ हजार रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर उनीहरूका लागि पुनर्वासको व्यवस्था गरिएको थिएन ।

प्रभावितको पुनर्वासका लागि ऊर्जा मन्त्रालयले पुनर्स्थापना नीति तयार पार्न सकेको छैन । प्रभावितहरूका लागि पुनर्वास स्थानहरू समेत हालसम्म यकिन नहुनु आयोजनाको समस्याको रूपमा रहेको राष्ट्रिय योजना आयोगले औंल्याएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रमुख कृष्णबहादुर कार्कीले पुनर्स्थापना नीति निर्माणको काम मन्त्रालयबाट भइरहेको बताए । आफूहरूले आवश्यक प्रक्रिया पुर्‍याएर मन्त्रालयमा कागजात पठाएको र मन्त्रालयले त्यसको बारेमा प्रक्रिया अघि बढाइरहेको कार्कीको भनाइ थियो । ‘हामीले डकुमेन्ट बनाएर मन्त्रालयमा पठाइसकेका छौं,’ उनले भने, ‘मन्त्रालयले आवश्यक काम गरिराखेको होला ।’

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुनेहरूको पुनर्वासका लागि पुनर्स्थापना नीति बनाउने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव दिलिप सडौलाले केही नीतिगत समस्या रहेकाले आयोजना प्रभावितलाई पुनर्वासको व्यवस्था गर्न नसकिएको भन्दै त्यसका लागि नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘कुनै पनि आयोजनाले प्रभावित गर्नेलाई सरकारले उपयुक्त स्थानमा लगेर व्यवस्था गर्नुपर्छ । यो एकदमै महत्त्वपूर्ण हो,’ सडौलाले लोकान्तरसँग भने, ‘तर सरकारले गर्न सकेको छैन भनेर पनि अहिले नै भनिहाल्न मिल्दैन । केही व्यवस्थापकीय कमजोरी र नीतिगत अस्पष्टता हटाउँदैछौं । मन्त्रालयले आवश्यक छलफल गरिरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x