×

NMB BANK
NIC ASIA

द्वन्द्वकालमा बन्द भएका विमानस्थल : गाईभैसी चर्ने चौरदेखि बाख्रा पाल्ने खोरसम्म

बैशाख ६, २०७६

NTC
२५ वर्षदेखि बन्द रहेको दार्चुलाको एक मात्र गोकुलेश्वर विमान स्थल । तश्वीर सौजन्य सुदूरसमाचार
Premier Steels

काठमाडौं – तत्कालीन सत्तापक्ष र माओवादीबीच द्वन्द्व हुँदा असुरक्षाको कारण देखाउँदै प्रयोगविहीन विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् ।

Muktinath Bank

प्रयोगविहीन भएर मर्मतसम्भार र संरक्षण नहुँदा जीर्ण बनेका विभिन्न आन्तरिक विमानस्थल अझै सञ्चालनमा आउन नसक्दा सेवाग्राहीले समस्या भोग्नुपरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द्वन्द्वमा तत्कालीन माओवादीले गरेको तोडफोडका कारण बन्द रहेका करीब डेढ दर्जन विमानस्थल बेहाल अवस्थामा रहेका छन् । ती विमानस्थलको पुनर्निर्माणको काम समेत अघि बढ्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

पुनर्निर्माणको काम प्रभावित भएर सञ्चालनमा आउन नसकेका दार्चुला विमानस्थल, बैतडीको पाटन विमानस्थल, बझाङ विमानस्थल, कञ्चन्पुरको महेन्द्रनगर विमानस्थल र कैलालीको टिकापुर विमानस्थलसहित १६ वटा विमानस्थल रहेका छन् ।

Vianet communication

नागरिक उड्ड्यन प्राधिकरणका अनुसार डोटी विमानस्थल, दोलखाको जिरी विमानस्थल, रोल्पा विमानस्थल, डोल्पा विमानस्थल, ढोरपाटन विमानस्थल, खगेलडाँडा विमानस्थल पनि पुनर्निर्माणको काम पनि ठप्प रहेको छ । ती विमानस्थल पूर्णरुपले बन्द अवस्थामा रहेका नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, गोरखाको पालुङटार विमानस्थल, स्याङ्बोचे विमानस्थल र मेघौली विमानस्थल पनि द्वन्द्वकालदेखि नै पूर्णरुपमा बन्द अवस्थामा रहेका छन् । नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले ती विमानस्थल पूर्णरुपमा बन्द रहेका जानकारी दिए ।

यसअघि बैतडीको पाटन विमानस्थल, दोलखाको जिरी विमानस्थल लगायतका विमानस्थल पुनर्निर्माणका लागि सरकारले बजेट छुट्याएपनि ती विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले जिरी विमानस्थल र पाटन विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपनि विमानस्थलको स्तरोन्नति हुन सकेको छैन ।

जिरी विमानस्थलमा बाख्रा फार्म

नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी पौडेलले जिरी विमानस्थलमा सरकारले बाख्रा फार्म सञ्चालन गरेको बताए । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाख्रा फार्म सञ्चालनका लागि विमानस्थलको जग्गा माग गरेको थियो,’ पौडेलले लोकान्तरसँग भने, ‘विमानस्थलको जग्गा सरकारी पनि भो । त्यो जग्गा कृषि विकास मन्त्रालयलाई उपलब्ध गराइएको छ ।’

विमानस्थलको जग्गामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाख्रा फार्म सञ्चालनको प्रयोजनका लागि माग गरेकाले फार्म सञ्चालन गरेको हुन सक्ने पौडेलले बताए ।

७ वटा पुनर्निर्माणको क्रममा

नागरिक उडड्यन प्राधिकरणले हाल ७ वटा विमानस्थल पुनर्निर्माणको काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अर्घाखाँची विमानस्थल, गुल्मी विमानस्थल, इलाम विमानस्थल, अछामको कमलबजार विमानस्थल, कालिकोट विमानस्थल, खिज्जी चण्डेश्वरी विमानस्थल र लमजुङ विमानस्थल पुनर्निर्माणको क्रममा रहेका छन् ।

३१ वटा कालोपत्रे हुँदै

नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल ३१ वटा विमानस्थल कालोपत्रे गर्ने काम भइरहेको छ । प्राधिकरणका अनुसार बाजुराको कोल्टी विमानस्थल, चितवनको भरतपुर विमानस्थल, भोजपुर विमानस्थल, विराटनगर विमानस्थल चन्द्रगढी विमानस्थल लगायतका ३१ वटा विमानस्थल कालोपत्रे गरी स्तरोन्नति गर्ने काम भइरहेको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।

आगामी वर्ष सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने सरकारी योजना रहेका कारण पर्यटकीय पूर्वाधारका रुपमा विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने जानकारहरू बताउँछन् । पर्यटकीय सम्भावना रहेका विमानस्थल सञ्चालनमा ल्याएमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने जानकारहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x