×

NMB BANK
NIC ASIA

संगीत

'निष्ठुरीलाई माया गरी' गीत राजेशपायलको होइन, मेरो हो : मुरलीधर [भिडियो अन्तर्वार्ता]

बैशाख ७, २०७६

NTC
Premier Steels

काठमाडौं- एउटा राम्रो अभिनेता मात्र होइनन्, राम्रा गायक पनि हुन्- मुरलीधर । 'उडायो सपना सबै हुरीले...' यो गीत नसुन्ने र नगुनगुनाउने सायदै कोही नेपाली होलान् । बलिउडमा समेत स्थापित यो गीत गायक, कलाकार मुरलीधर मिजारले गाएका हुन् । 

Muktinath Bank

सिराहाको सामान्य परिवारमा जन्मिएका मुरलीधरले आफ्ना पिताबाट संगीतको कखरा सिके र मुम्बईबाट संगीतमा बी. म्युजिक गरे । लगभग उदित नारायण र डेनी डेङजोङपा सँगैका मुरलीधर बलिउडको दौडमा उनीहरूजति कुद्न नसकेपनि आफ्नो छुट्टै परिचय भएका कलाकार हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थुप्रै नेपाली र हिन्दी चलचित्रमा अभिनय गरेर तथा आफ्नो स्वरबाट पनि परिचित गायक मुरलीधरको 'उडायो सपना सबै हुरीले', 'निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाएँ', 'चिसो चिसो सिरेटोमा', 'तिम्रो आँखाको भाका' जस्ता थुप्रै चर्चित गीतहरू छन् । उनले लगभग डेढ सय जति नेपाली गीत गाएका छन् भने हिन्दी, मैथिली र भोजपुरी गीतहरू पनि थुप्रै गाएका छन् ।


Advertisment
Nabil box
Kumari

उनको पनि अभिनय रहेको 'हम आजाद है', र 'मिस्टर इन्डिया' चर्चित फिल्म हो । यस्तै नेपाली चलचित्रमा साइनो, कन्यादान, पिरती, सम्झनालगायत पछिल्लो समय निखिल उप्रेतीको भैरवमा पनि अभिनय गरेका छन् । भोजपुरी र मैथिली फिल्म बनाएका पनि छन् उनले ।

Vianet communication

लोकान्तर संवादको लागि दिल निशानी मगरसँग भएको कुराकानीमा गायक मुरलीधरले 'निष्ठुरीलाई माया गरी' भन्ने गीत राजेशपायल राईको नभई आफ्नो गीत भएको बताएका छन् । तर आफ्नो नामको त्यो गीत रेडियो नेपालले लुकाएको आरोप पनि लगाएका छन् ।

राजेशपायल राईले 'दाई गल्ती भयो' भन्दै माफी मागेको पनि उनले बताए । मञ्चमा गाउँछु भनेर मागेको गीत राईले रेकर्ड गरेको मुरलीधरको आरोप छ । 

नेपाली शास्त्रीय संगीतमा बेग्लै योगदान दिएका मुरलीधरसँगको संवाद :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x