×

NMB BANK
NIC ASIA

कर्मचारी अभावले कास्की मालपोतको काम 'कछुवा गति'मा, सेवाग्राहीलाई सास्ती

बैशाख २९, २०७६

NTC
Premier Steels

पोखरा- जिल्ला मालपोत कार्यालय कास्कीको ढिलासुस्तीका कारण सेवाग्राही मर्कामा परेका छन् । कार्यलयको ढिलासुस्ती र अस्तव्यस्तता कारण जग्गा सम्बन्धी काम लिएर कार्यालय पुग्ने सेवाग्राहीहरू हप्तौंसम्म धाउन बाध्य भएका छन् । 

Muktinath Bank

कर्मचारी अभावमा दैनिक कार्य सञ्चालनमा समस्या भएको बताउँदै आएको कार्यालयले लामो समय बितिसक्दा समेत ढिलासुस्ती हटाउने तर्फ ध्यान पुर्‍याएको छैन । जग्गा लिखतपास, अंशबण्डा लगायतका काम लिएर कार्यालय पुग्ने सेवाग्राहीले लामो समयदेखि विभिन्न दुःखकष्ट भोग्दा समेत कार्यालयले सेवा प्रवाहमा सुधार ल्याउने तर्फ ध्यान नदिएको सेवाग्राहीले गुनासो गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यालयमा हालसाविक गर्न पुगेका पोखरा १७ का बिनोद थापाले हालसाविक गर्ने प्रक्रियाको लागि मात्र एक हप्तादेखि धाइरहेको बताए । ‘हामीले जनताको घरमा सरकार आयो भनेका छौं । तर कार्यालयमा आउँदा यस्तो बिजोग छ,’ उनले भने, ‘कर्मचारीको प्रबन्ध र उचित व्यवस्थापन नहुँदा सेवाग्राहीले कष्ट भोग्न बाध्य छन् ।’ 


Advertisment
Nabil box
Kumari

सेवाग्राही थापाले कार्यलयको मानोमानी र ढलासुस्तीले काम लिएर आउने सर्वसाधारणले दुःख पाएको बताए । ‘कार्यालयको कुनै फाँट व्यवस्थित छैन । जुन फाँटमा पुग्दा पनि घण्टौं कुर्नुपर्छ,’ उनले भने, ‘सेवाग्राही धेरै र कर्मचारी थोरै भएकोले काम ढिलो भएको भन्दै कर्मचारी बहाना बनाउँछन् ।’

Vianet communication

'फारम भरेर राखेका छौं, तीन दिनपछि मात्र काम हुने भनिएको छ,’ मालपोत कार्यालय छेउमा भेटिएका लेखन्दास पुरुषोत्तम अधिकारीले फारम देखाउँदै भने,'विगतमा यस्तो थिएन तर अहिले त कार्यालयको हालत बिजोग छ ।’

उनले थपे, 'जग्गा लिखत पास, अंशबण्डा, जग्गा फुकुवालगायतका कामको लागि कार्यालयमा पुग्ने सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् ।’

अंशबण्डाको एकहप्ता देखि नियमित धाउँदा समेत काम नसकिएको पोखरा १७ बिरौंटाका सुरेश अधिकारीले बताए । ‘जग्गाको अंशबण्डाको लागि कार्यालय धाएको हप्ता दिन भयो । अहिलेसम्म आधा काम पनि सकिएको छैन,’ उनले भने, ‘कार्यालयका फाँटफाँटमा घण्टौं सम्म लाइन बस्नुपर्छ । दुई, तीन जना कर्मचारी राखेर सेवा दिनु पर्ने ठाउँमा एक जना मात्र कर्मचारी छन् । अनि कसरी समयमै काम होस् ।’

कार्यालयले सेवाग्राहीको सुविधालाई मध्यजनर गरी जिल्लाका विभिन्न स्थानलाई तीन वटा क्षेत्रमा विभाजन गरी टोकन प्रणाली शुरू गरेको छ । जसमध्ये ‘क’ मा साविक पोखरा छिनेडाँडा, ‘ख’मा पोखरा क्षेत्र र ‘ग’मा माछापुच्छ्रे गाउँपालिका रहने व्यवस्था गरिएको छ । टोटन प्राणली तोकिएका तीन क्षेत्रमध्ये ‘क’मा पर्ने पोखरा क्षेत्रमा दैनिक २५ वटामात्र लिखत पास हुन्छन् भने ‘ख’ र ‘ग’मा पर्ने छिनेडाँडा र माछापुच्छ्रेमा २०-२० वटा गरी कुल ६५ मात्र लिखत पास हुने गरेको छ ।

कार्यालयले कर्मचारी अभाव रहेको जनाउँदै दैनिक तीन वटा काउन्टरबाट जम्मा ६५ मात्र टोकन वितरण गर्ने गरेको जनाएको छ । दैनिक रूपमा सयौं सेवाग्राही आउने कार्यालयमा ६५ वटा मात्र लिखत पास गर्न थालेपछि एउटै कामलाई हप्तौंसम्म धाउन बाध्य भएको सेवाग्राहीको गुनासो छ ।

कार्यालयले प्रदान गर्ने टोकन साढे १० नबज्दै सकिने र त्यसपछि कार्यालय पुगेका सेवाग्राही रित्तै फर्कनुपर्ने अवस्था छ ।

कार्यालय १० बजे खुल्ने भएपनि साढे १० बजे नै टिकट बूकिङ भइसक्ने सेवाग्राहीहरू बताउँछन् । कार्यालयले दिने टोकन आधा घण्टामा नै बुकिङ भएपछि सेवाग्राही कार्यालयमा पुगेर फर्कन बाध्य भएका छन् । कर्मचारी अभाव र टोकन प्रणालीमा भद्रगोल हुँदा समस्या भोग्न बाध्य भएको सेवाग्राहीको भनाइ छ । 

जिल्ला मालपोत कार्यालय कास्कीका कार्यालय प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डेले कर्मचारीको अभावका कारण सेवा प्रवाहमा समस्या आएको बताए । ‘कर्मचारीको अभावले सेवाग्राहीलाई नियमित सेवा दिन समस्या भएको छ,’ उनले भने, ‘पटकपटक सरकारलाई दरबन्दी अनुसार कर्मचारीको व्यवस्था गर्न आग्रह गर्दै आएका छौं ।’ 

संघीय सरकारलाई कर्मचारी पठाउन पत्राचार गरेपनि बेवास्ता गरेको प्रमुख अधिकृत पाण्डेले बताए । उनका अनुसार कार्यालयमा ४८ जना कर्मचारीको दरबन्दी छ । तर हाल जम्मा २८ जना कर्मचारी मात्र कार्यरत छन् । कार्यालयमा २० जना कर्मचारीको दरबन्दी खाली छ । 

२८ कर्मचारी मध्ये कार्यालयमा ६ जना अफिसर कार्यरत रहेका छन् । १७ जना सुब्बाको दरबन्दी भएपनि ४ जना मात्र कार्यरत रहेका छन् । १३ जना सुब्बाको दरबन्दी नै खाली छ । १८ जना खरिदारको दरबन्दी रहेको कर्यालयमा जम्मा ५ जना मात्र खरिदार कार्यरत छन् । १३ जनाको दरबन्दी खाली छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x