×

NMB BANK
NIC ASIA

व्यवसायीक खेती गरेर छोराछोरीको पढाइ गर्दै कन्चनपुरका किसान

जेठ १, २०७६

NTC
Premier Steels

कन्चनपुर -कृष्णपुर नगरपालिका बालुवाफाँटाकी फूलमति चौधरीले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेको १२ वर्ष भयो ।
    
चौधरी थारुको बाहुल्यता रहेको बालुवाफाँटामा फूलमति जस्तै करीब दुई सय महिलाले व्यवसायिक तरकारीखेती गरेर गाउँनै हराभरा बनाएका छन् ।

Muktinath Bank

'यहाँ रहेका घरमा पाँच कठ्ठादेखि एक बिघासम्म तरकारीखेती गरिएको छ,' 'तरकारी बारीमै भेटिएकी चौधरीले भनिन्, 'मेहनत गरे अनुसारको फल मिलेकै छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पछिल्लो समय तरकारी खेतीमा पूरै गाउँको आकर्षण बढेको जानकारी दिइन् । 'दैनिक दुई घण्टाको यात्रा गरेर तरकारी कैलालीको अत्तरीयास्थित सब्जीमण्डी पु¥याएकै छौं', चौधरीले भनिन्, 'बालुवाफाँटावासीको आयस्रोतको प्रमुख माध्यमनै तरकारीखेती हो ।' उनले वार्षिक रु एक लाख ५० हजारसम्मको तरकारी बिक्री गरिरहेको बताइन् ।
    
'यहाँ पहिले चौधरी थारु समुदायका विद्यार्थी सबै सरकारी विद्यालयमा जान्थे', उनले भनिन्, 'तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले सबै छोराछोरी निजी विद्यालय पढाउन थालेका छन् ।'


Advertisment
Nabil box
Kumari

चौधरीले गाउँमा छोराछोरीलाई निजी विद्यालय पढाउने लहर नै चलेको बताए । 'आम्दानीअनुसार मैले पनि अहिले कान्छो छोरालाई बोर्डिङमा भर्ना गरेको छु', उनले भनिन्, 'वार्षिक रु १५ हजार भए छोराको पढाइ खर्च चल्छ ।'

Vianet communication

गाउँका महिला तरकारी खेतीसँगै विभिन्न किसान समूह तथा कृषि सहकारीमा समेत आवद्ध भएका छन् । यसले महिलाको सशक्तिकरणमा समेत सहयोग पुगेको छ । कतिपयले हरेक महीना मासिक रु एक सय अनिवार्य बचत पनि गर्ने गरेका छन् । 

विसं २०५२ देखि तरकारी फलाउँदै आएका लालबहादुर चौधरीले भने, 'हाम्रो कृषि सहकारीमा पनि अहिले ५० जना तरकारीखेती गर्ने किसान आवद्ध छन् ।' गाउँमा इन्द्रेणी कृषि सहकारी समेत सञ्चालनमा ल्याएका तरकारीखेती गर्दै आएका किसान मासिक रुपमा बचत गरेका छन् भने व्यवसाय बढाउन र सहज बनाउन सहकारीबाट ऋण समेत लिने गरेका छन् ।

'मैले पनि तरकारीखेती गर्न रु ४१ हजार ऋण लिएको थिए', लालबहादुरले भने , 'सबै ऋण तिरेर दुईवटा नातीलाई बोर्डिङ पढाइरहेको छु ।' गाउँमा तरकारी उत्पादन व्यापक भए पनि खपतका लागि भने बजारको समस्या रहेको किसानको भनाइ छ ।
    
'बैलगाडा, मोटरसाइकल र टाउँकामा बोकेरसमेत तरकारी बेच्न अत्तरिया जानुपर्ने बाध्यता छ', उनले भने,  'नजिकै कुनै बजार नहुँदा समस्या भयो ।' गाउँमा पुरुष भन्दा बढी महिला तरकारीखेतीमा सक्रिय रहेको लालबहादुरको भनाइ थियो ।
    
'पुरुषले तरकारी खेतीमा लाग्ने घरका महिलालाई निकै सहयोग गरेका छन्, तरकारी खेतीबाट मुनाफा हुँदा रोजगारीका लागि भारत जानुपरेको छैन', उनले बताए ।

त्यसैगरी स्थानीय किसान जीत चौधरीले गाउँमा सन्ततिलाई राम्रो शिक्षा दिन निजी विद्यालयमा अध्ययनका लागि पढाउने लहर चलेको बताए । 'बालमुक्ति आधारभूत विद्यालय गाउँमा हुँदा पनि बसमा राखेर बच्चालाई गुलरियामा रहेको सरस्वती विद्या निकेतन पढाउन थालेका छन्, बोर्डिङमा बच्चा पढाउने गर्व महशुस गर्छन्', चौधरीले भने ।     

आफूसँग भएको १३ कठ्ठा जमीनमा तरकारीखेती गरिरहेका स्थानीयवासी द्रोपती चौधरीले तरकारीबाट भएको आम्दानीले घरको खर्चका साथै बालबालिकाको पढाइखर्च चलिरहेको बताइन् । आफ्नै माटोमा मेहनत गर्नुपर्छ भन्ने भावनाले नै यहाँ हरेक घरमा चाहे अनुसारको तरकारीखेती फष्टाएको र यहाँको तरकारीखेती रोजगारी नै भएको उनीहरुको भनाइ छ । 

'मेहनत गरेर तरकारीखेती गरिरहेकालाई प्याकेजमा अनुदान दिनुपर्ने वातावरण हुनुप¥यो', उनले भनिन्, 'उत्पादन भएर मात्रै भएन बजारको उचित प्रबन्धका लागि पनि स्थानीय तहको ध्यान समयमै जानु जरुरी छ ।'

कृष्णपुर नगरपालिका–६ बालुफाँटाका वडाध्यक्ष नत्थुराम चौधरीले बालुवलाफाँटा तरकारीमय भएको बताइन् । 'यहाँ हरेक घरमा तरकारी किसान निकै खटिएर उत्पादनमा लागेका छन्', वडाध्यक्ष चौधरीले भनिन्, 'बिक्रीको समस्या हुन नदिन वडाले गाउँमै तरकारी सङ्कलन केन्द्र निर्माण गर्दैछ ।' वडा कार्यालयले तरकारी सङ्कलन केन्द्र निर्माण गर्न रु दुई लाख रकम समेत विनियोजन गरेको छ । 

त्यसका साथै कृष्णपुर नगरपालिकाले समेत बालुवाफाँटामा तरकारी पकेटक्षेत्र बनाएर किसानलाई विभिन्न सहुलियत तथा अनुदान दिइरहेको वडाध्यक्ष चौधरीको भनाइ थियो । 'कृषि समूहमार्फत पकेट क्षेत्रका किसानलाई अनुदान तथा सहुलियत दिएका छौं', उनले भनिन्, 'किसानको प्रोत्साहनका लागि वडा कार्यालयले थप कार्यक्रम ल्याउनेछ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x