१० असार २०८३, बुधबार

काठमाडौंमा खानेपानीको हाहाकार: ३७ करोड लिटर माग, १५ प्रतिशत आपूर्ति

कात्तिक २०, २०७४
काठमाडौंमा खानेपानीको हाहाकार: ३७ करोड लिटर माग, १५ प्रतिशत आपूर्ति
काठमाडौं, ९ चैत – सुख्खा याम र गर्मी मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव चर्किएको छ । सरकारले खानेपानी आपूर्तिको उचित व्यवस्थापन नगर्दा खानेपानीको अभाव बर्सेनि चुलिँदै गएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का अनुसार हाल उपत्यकामा दैनिक साढे ३७ करोड लिटर खानेपानीको माग छ । तर मागअनुसार खानेपानीको वितरण नहुँदा उपत्यकावासी ‘काकाकुल’ ९पानीका लागि मेघमा भर पर्ने एक पञ्छीजस्तै० बनेका छन् ।

खानेपानीको सुविधा प्रत्येक नागरिकको आधारभूत अधिकार भएपनि उपत्यकाका कतिपय स्थानमा १०÷१५ दिनसम्म पनि पानी आपूर्ति हुन नसक्ने स्थिति छ ।

मुश्किलले १५ प्रतिशत पानीमात्र आपूर्ति गर्छ केयुकेएल

केयुकेएलका अनुसार संस्थानमार्फत हाल उपत्यकामा ९ करोड लिटर पानी वितरण हुन्छ । तर वितरण गरिने सबै पानी उपभोक्ताकहाँ पुग्दैन । केयुकेएलकै अनुसार ९ करोड लिटर खानेपानीमध्ये ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । दैनिक आपूर्ति हुने पानीमध्ये ३ करोड ६० लाख लिटर पानी चुहावटमै सकिने केयुकेएल बताउँछ ।

मागको अत्यन्त कम परिमाण मात्र खानेपानी वितरण गर्ने र वितरण भएको पानी पनि चुहावटमा खेर जाँदा उपभोक्ताकहाँ पुग्ने पानी ५ करोड ४० लाख लिटरमात्र हुन्छ ।

काठमाडौं उपत्यकामा दैनिक मागको आधारमा संस्थानले वितरण गर्ने पानीको हिस्सा १५ प्रतिशतमात्र हुन आउँछ ।
व्यवसायी मालामाल, संस्थान जति नै पानी बेच्छन् व्यवसायी

सरकारले खानेपानीको माग पूरा गर्न नसकेपछि यसको फाइदा निजी क्षेत्रका ट्याङ्कर व्यवसायीले लिँदै आएका छन् । व्यवसायीका अनुसार हाल उपत्यकामा दैनिक झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको खानेपानीको कारोबार हुन्छ ।

उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघका अनुसार हाल उपत्यकामा ट्याङ्करमार्फतमात्र दैनिक ५ करोड लिटर पानी बिक्री हुन्छ ।

व्यवसायीले भक्तपुरको झौखेल, ललितपुरको गोदावरी, काठमाडौंको मातातीर्थ, चाल्नाखेल, बालाजु, स्वयम्भू, जोरपाटी लगायतका स्थानबाट खानेपानी ल्याउँछन् ।

संघ अन्तर्गतका व्यवसायीले मात्र ६ सय ५० ट्याङ्करबाट उपत्यकामा खानेपानी बिक्री गर्दै आएका छन् ।
व्यवसायीले ५ हजार लिटरको १६ सय रुपैयाँ, ८ हजार लिटरको २ हजार २ सय रुपैयाँ र १२ हजार लिटरको ३ हजार रुपैयाँ लिँदै आएका छन् ।

ट्याङकरबाटमात्र उपत्यकाका करीब ४ हजार घर तथा कार्यालयमा पानी आपूर्ति हुन्छ ।

‘अहिलेसम्म त मागअनुसार आपूर्ति गरिरहेका छौं,’ संघका अध्यक्ष विष्णु दाहालले लोकान्तरसँग भने, ‘चैतपछि त व्यवसायीलाई मागै धान्न गाह्रो पर्छ ।’

हाल ट्याङ्करबाटमात्रै दैनिक ८० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । त्यस्तै, जार तथा बोतलको पानीको वितरण पनि उच्च रहेको व्यवसायी बताउँछन् ।

त्यस्तै, पानी प्रशोधन गरी व्यवसायीले उपत्यकामा दैनिक जारमार्फत बीस लाख लिटर र बोटलमार्फत करीब साढे २ लाख लिटर पानी बिक्री गर्छन् ।

प्रधानमन्त्रीको निर्देशन पालना भएन

उपत्यकामा खानेपानीको आपूर्ति असहज भएको भन्दै गत पुसमा प्रधानमन्त्री प्रचण्डले केयुकेएललाई विभिन्न १७ बुँदे निर्देशन नै दिएका थिए । खानेपानी वितरणमा संस्थानको बदमासी औंल्याउँदै उनले व्यवस्थापकीय सुधार र वितरण व्यवस्था चुस्त–दुरुस्त बनाउन निर्देशन दिएका थिए ।

खानेपानी वितरणको उचित कार्ययोजना ल्याई चुहावट कम गर्न उनले दिएको निर्देशनलाई भने संस्थानले बेवास्ता गरेको छ । खानेपानी वितरणमा संस्थान कर्मचारीबाट हुने गरेको बदमासी रोक्न र नियमित अनुगमन गर्न समेत उनले निर्देशन दिएका थिए । तर उक्त निर्देशन पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले आगामी दशैंसम्म मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइरहेको भएपनि यसको कार्यप्रगति भने न्यून छ ।
*अर्काइभबाट

salt training

कमेन्ट गर्नुहोस्