×

NIC ASIA

काठमाडौंमा खानेपानीको हाहाकार: ३७ करोड लिटर माग, १५ प्रतिशत आपूर्ति

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, ९ चैत – सुख्खा याम र गर्मी मौसम शुरु भएसँगै काठमाडौं उपत्यकामा खानेपानीको अभाव चर्किएको छ । सरकारले खानेपानी आपूर्तिको उचित व्यवस्थापन नगर्दा खानेपानीको अभाव बर्सेनि चुलिँदै गएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का अनुसार हाल उपत्यकामा दैनिक साढे ३७ करोड लिटर खानेपानीको माग छ । तर मागअनुसार खानेपानीको वितरण नहुँदा उपत्यकावासी ‘काकाकुल’ ९पानीका लागि मेघमा भर पर्ने एक पञ्छीजस्तै० बनेका छन् ।

खानेपानीको सुविधा प्रत्येक नागरिकको आधारभूत अधिकार भएपनि उपत्यकाका कतिपय स्थानमा १०÷१५ दिनसम्म पनि पानी आपूर्ति हुन नसक्ने स्थिति छ ।

मुश्किलले १५ प्रतिशत पानीमात्र आपूर्ति गर्छ केयुकेएल

केयुकेएलका अनुसार संस्थानमार्फत हाल उपत्यकामा ९ करोड लिटर पानी वितरण हुन्छ । तर वितरण गरिने सबै पानी उपभोक्ताकहाँ पुग्दैन । केयुकेएलकै अनुसार ९ करोड लिटर खानेपानीमध्ये ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । दैनिक आपूर्ति हुने पानीमध्ये ३ करोड ६० लाख लिटर पानी चुहावटमै सकिने केयुकेएल बताउँछ ।

मागको अत्यन्त कम परिमाण मात्र खानेपानी वितरण गर्ने र वितरण भएको पानी पनि चुहावटमा खेर जाँदा उपभोक्ताकहाँ पुग्ने पानी ५ करोड ४० लाख लिटरमात्र हुन्छ ।

काठमाडौं उपत्यकामा दैनिक मागको आधारमा संस्थानले वितरण गर्ने पानीको हिस्सा १५ प्रतिशतमात्र हुन आउँछ ।
व्यवसायी मालामाल, संस्थान जति नै पानी बेच्छन् व्यवसायी

सरकारले खानेपानीको माग पूरा गर्न नसकेपछि यसको फाइदा निजी क्षेत्रका ट्याङ्कर व्यवसायीले लिँदै आएका छन् । व्यवसायीका अनुसार हाल उपत्यकामा दैनिक झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको खानेपानीको कारोबार हुन्छ ।

उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघका अनुसार हाल उपत्यकामा ट्याङ्करमार्फतमात्र दैनिक ५ करोड लिटर पानी बिक्री हुन्छ ।

व्यवसायीले भक्तपुरको झौखेल, ललितपुरको गोदावरी, काठमाडौंको मातातीर्थ, चाल्नाखेल, बालाजु, स्वयम्भू, जोरपाटी लगायतका स्थानबाट खानेपानी ल्याउँछन् ।

संघ अन्तर्गतका व्यवसायीले मात्र ६ सय ५० ट्याङ्करबाट उपत्यकामा खानेपानी बिक्री गर्दै आएका छन् ।
व्यवसायीले ५ हजार लिटरको १६ सय रुपैयाँ, ८ हजार लिटरको २ हजार २ सय रुपैयाँ र १२ हजार लिटरको ३ हजार रुपैयाँ लिँदै आएका छन् ।

ट्याङकरबाटमात्र उपत्यकाका करीब ४ हजार घर तथा कार्यालयमा पानी आपूर्ति हुन्छ ।

‘अहिलेसम्म त मागअनुसार आपूर्ति गरिरहेका छौं,’ संघका अध्यक्ष विष्णु दाहालले लोकान्तरसँग भने, ‘चैतपछि त व्यवसायीलाई मागै धान्न गाह्रो पर्छ ।’

हाल ट्याङ्करबाटमात्रै दैनिक ८० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । त्यस्तै, जार तथा बोतलको पानीको वितरण पनि उच्च रहेको व्यवसायी बताउँछन् ।

त्यस्तै, पानी प्रशोधन गरी व्यवसायीले उपत्यकामा दैनिक जारमार्फत बीस लाख लिटर र बोटलमार्फत करीब साढे २ लाख लिटर पानी बिक्री गर्छन् ।

प्रधानमन्त्रीको निर्देशन पालना भएन

उपत्यकामा खानेपानीको आपूर्ति असहज भएको भन्दै गत पुसमा प्रधानमन्त्री प्रचण्डले केयुकेएललाई विभिन्न १७ बुँदे निर्देशन नै दिएका थिए । खानेपानी वितरणमा संस्थानको बदमासी औंल्याउँदै उनले व्यवस्थापकीय सुधार र वितरण व्यवस्था चुस्त–दुरुस्त बनाउन निर्देशन दिएका थिए ।

खानेपानी वितरणको उचित कार्ययोजना ल्याई चुहावट कम गर्न उनले दिएको निर्देशनलाई भने संस्थानले बेवास्ता गरेको छ । खानेपानी वितरणमा संस्थान कर्मचारीबाट हुने गरेको बदमासी रोक्न र नियमित अनुगमन गर्न समेत उनले निर्देशन दिएका थिए । तर उक्त निर्देशन पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले आगामी दशैंसम्म मेलम्चीको पानी ल्याउने गरी तयारी अघि बढाइरहेको भएपनि यसको कार्यप्रगति भने न्यून छ ।
*अर्काइभबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x