×

NMB BANK
NIC ASIA

सरकार दुईतिहाइको शक्तिशाली तर सामुदायिक स्कूलको एसईई नतिजा झुर !

असार १२, २०७६

NTC
Premier Steels

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सार्वजनिक विद्यालयको स्तर खस्केको छ ।

Muktinath Bank

सरकारले सार्वजनिक विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरेपनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अंक (जीपीए) ल्याउँदै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदमा दुईतिहाइ बहुमत प्राप्त सरकारले राजनीतिक स्थिरता र सुशासनको कुरा गरेर शासकीय सुधारको कुरा गरेपनि सामुदायिक विद्यालयको शिक्षामा त्यसको असर देखिएन । सरकार जतिसुकै शक्तिशाली भएपनि सरकारी संलग्नता रहने सामुदायिक स्कूलको नतिजा झुर देखिएको छ भने निजी र संस्थागत तवरबाट सञ्चालित स्कूलले अब्बल नतिजा ल्याएका छन् ।


Advertisment
Nabil box
Kumari

बिहीवार प्रकाशित २०७५ सालको एसइई परीक्षामा कूल सहभागी ४ लाख ९५ हजार २ सय ७५ विद्यार्थीमध्ये सार्वजनिक विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् तर माथिल्लो जीपीए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७ सय ८८ निजी विद्यालयकै छन् । 

Vianet communication

जीपीएमा सार्वजनिक विद्यालयका २ हजार ७ सय ९२ विद्यार्थी मात्र छन् । सबैभन्दा तल्लो जीपीए ‘इ’ ल्याउनेमा सार्वजनिक विद्यालयका ६ हजार ६ सय ७३ छन् भने निजीका १ हजार ९६ मात्र छन् । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ । 

शिक्षाविद् डा. विद्यानाथ कोइराला कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षरांकन प्रणालीमा पनि सार्वजनिक विद्यालयका यति धेरै विद्यार्थीको नतिजा कमजोर हुनु चिन्ताजनक भएको बताउँछन् । उनले भने, ‘सार्वजनिक विद्यालयमा पढाउने शिक्षकले सम्मान र नपढाउने शिक्षकले गाली पाएन । पढाउन नजान्नेलाई पनि सहयोगी वातावरण र समग्रमा शिक्षकलाई प्रोत्साहित गरिएन । त्यसकारण गुणस्तर खस्किएको हो ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षामा अक्षरांकन पद्धतिबारे उत्पन्न अन्योल चिर्न ‘विद्यालय शिक्षामा अक्षरांकन पद्धति, कार्यान्वयन कार्यविधि २०७२’ जारी यो प्रणालीको कार्यान्वयन गरेको हो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट २०७२ मंसिर २३ मा स्वीकृत भई लागू भएको अक्षरांकन पद्धतिबारे अवधारणागत एकरूपता, कार्यान्वयनमा सहजता र स्पष्टता प्रदान गर्न शिक्षा नियमावली, २०५९ को नियम १९२ को (ङ) र (च) अनुसार कार्यविधि लागू गरिएको हो । विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण/अनुत्तीर्णको उल्लेख नभई सोको सट्टा विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अंक दिइने प्रक्रिया अक्षरांकन हो । विश्वका धेरैजसो मुलुकममा यो प्रणाली छ । ‘अक्षरांकन’ भन्नाले तोकिएको सक्षमताको मूल्यांकनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

विद्यार्थीको सिकाइ सक्षमतालाई यथार्थरूपमा प्रमाणीकरण र सिकाइ उपलब्धिको अंकन गर्दा देखिने अंकगतस्तरलाई ९ अक्षरगत स्तरमा सूचित गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न यो पद्धति अपनाइएको हो । १ शैक्षिकसत्रमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्ने र १ सय ९२ दिन पठनपाठन सञ्चालन हुने तथा प्रतिविषय १ सय ७० पाठ्यभार वा १ सय २८ घण्टा सिकाइ क्रियाकलापका आधारमा यसमा मापन गरिने छ ।

प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरिने छ र सो अंक (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कूल अंक) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्छ । डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै २ विषय माथिल्लो ग्रेडप्राप्तिका लागि पुनःमूल्यांकन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । – प्रकाश सिलवाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x