×

NMB BANK
NIC ASIA

प्रहरी र विप्लप समूहबीच ‘क्लोज क्वार्टर कमब्याट’, भोजपुरमा सुरक्षा व्यवस्था कडा

असार २५, २०७६

NTC
Premier Steels

काठमाडौं – बुधवार बिहान भोजपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो भिडन्त भएको खबर सार्वजनिक भयो ।

Muktinath Bank

भिडन्तमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको मृत्यु भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोजपुरको हटिया बजारमा विप्लवका केही कार्यकर्ता लुकिछिपी बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरका अनुसार सादा पोशाकमा प्रहरी जवान सञ्जीव राई, सोमनाथ भट्टराईसहित अन्य ३ जना प्रहरी ‘सर्च अपरेसन’को लागि त्यसतर्फ लागे । सँगसँगै प्रहरीको गस्ती टोली पनि थियो ।


Advertisment
Nabil box
Kumari

हाटबजार भएकाले हटियामा आउने–जानेको बाक्लै भीडभाड थियो । प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्न खोज्दा लछारपछार पनि भएको मगरले बताए ।

Vianet communication

‘विप्लवका कार्यकर्ताले प्रहरीलाई आएको देखेपछि फायर खोले, जवाफी कारवाहीमा हामीले पनि फायर खोल्यौं,’ डीएसपी मगरले लोकान्तरलाई भने ।

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच नजिकै (क्लोज क्वार्टर कमब्याट) बाट गोली हानाहान भएको र उनीहरूले प्रहरीलाई आक्रमण गरेको डीएसपी मगरले बताए ।

‘हामीलाई उनीहरू त्यस क्षेत्रमा आएको सूचना थियो । हामीले उनीहरूमाथि सर्च गरिरहेका थियौं । एक्कासी भेट भयो, हतारमा उनीहरूले फायर खोले,’ डीएसपी नरबहादुरले भने, ‘उनीहरू ५/६ जनाको समूहमा आएको सूचना थियो । अन्यको खोजी कार्य जारी छ । सुरक्षा निगरानी पनि बढाएका छौं ।’

घटनास्थलबाट चाइनिज पेस्तोल १ थान, म्यागजिन १ थान र ६ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय लेटाङमा दरबन्दी भइ जिल्ला प्रहरी कार्यलय भोजपुरमा कार्यरत प्रहरी जवान सञ्जीव राईको कोखामा गाली लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरमा दरबन्दी भएका खेमनाथ भट्टराईको विप्लप समूह र प्रहरीबीच लछापछार हुँदा बायाँ कुम भाँचिएको छ । घाइते भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सुरक्षा व्यवस्था कडा

सुरक्षा व्यवस्था कडा पारिएको छ । भोजपुरका सबै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी कार्य गरिरहेको भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले लोकान्तरलाई बताए ।

‘अन्य विप्लप समूहका कार्यकर्ताको खोजीकार्य जारी छ । हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सबै जना खोजीको लागि खटाएका छौं भने अन्य अवस्था भने सामान्य छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x