×

NMB BANK
NIC ASIA

काठमाडौँ - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताप्रक्रियामा महत्त्वपूर्ण खुड्किलो मानिएको विभागको बाँडफाँडमा कुनै सहमति जुट्न नसकेपछि पटक-पटक बसेको सचिवालय बैठक अनिर्णित बनेको छ । सोमवार दिउँसो ३ बजे डाकिएको बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

Muktinath Bank

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ हसिलो मुद्रामा प्रस्तुत भए । बैठक आगामी दुई सातासम्म स्थगित भएको जानकारी सञ्चारकर्मीहरूलाई सुनाउँदा श्रेष्ठ खुसी देखिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रेष्ठले सबै केन्द्रीय निकाय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठनको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति रुचिका प्राथमिकताका बारेमा सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी साउन २८ गते ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पेचिलो बनेको स्कूल विभागको नेतृत्वको विवाद सचिवालय बैठक दुई सातासम्म स्थगित भएपछि अस्थायी रूपमा मत्थर भएको छ । 'साउन २८ सम्म आन्तरिक सहमति गर्ने प्रयास हुनेछ,' एक सचिवालय सदस्यले भने, 'साउन २८ गतेको बैठकमा विवाद देखिएका विषयमा वैकल्पिक प्रस्ताव ल्याउने र त्यसउपर छलफल भएर एकताका काम टुंग्याउने गरी अघि बढ्ने सहमति भएको हो ।'

Vianet communication

नेताहरूलाई १५ दिन हाइसन्चो

बैठक सकिएपछि बाहिर निस्किएका अधिकांश सचिवालय सदस्यहरूको अनुहारमा खुसी थियो । अरू दिन निन्याउरो देखिने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि सोमवारको बैठकमा हसिलो देखिए । सञ्चारकर्मीहरूले बोल्न आग्रह गर्दा बोल्न भने मानेनन् ।

महत्त्वपूर्ण विभागहरूमै सहमति नजुटेपछि शीर्ष नेताहरू प्रायः तनावमा देखिन्थे । प्रत्येकदिन जसो बालुवाटारमा अनौपचारिक छलफल चल्ने गर्थ्यो । छलफलमा सहमति जुट्ला कि भन्ने आशाले महासचिव विष्णु पौडेलले सचिवालय बैठक डाक्ने गर्थे । तर सचिवालय बैठक पटक-पटक स्थगित भयो ।

गत साउन ५ गते आइतवार बसेको बैठकले जिल्ला इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाएको थियो । विभागहरूको नेतृत्व पनि सोही बैठकले टुंगो लगाउने अपेक्षा गरिएको थियो । तर बैठक दुई दिनपछि अर्थात् ७ गते मंगलवार बोलाइयो । 

७ गते बैठक हुनुभन्दा पहिला पूर्व एमालेका शीर्षस्थ नेताहरूबीच बालुवाटारमा घनिभूत छलफल भयो । सँगसँगै प्रचण्ड निवास खुमलटारमा पनि पूर्व माओवादीका नेताहरू भेला भए । दुवै पक्षले स्कूल विभागमा आफ्नो दाबी पेश गर्ने गरी सहमति गरेर सचिवालय बैठकमा जाने तयारी गरेका थिए । तर बैठक बस्न सकेन । 

बैठकलाई पुनः ९ गते बिहीवारका लागि सारियो । तर त्यो बीचमा पनि कुनै सहमति हुन सकेन त्यसपछि १२ गतेका लागि सारियो तर त्यो बैठक पनि भोलिपल्ट बस्ने भन्दै स्थगित भयो । सोमवार बसेको बैठकमा सहमति हुने अपेक्षा गरिएको थियो, तर कुनै सहमति हुन सकेन ।

अध्यक्षद्वय विदेश भ्रमणमा

अध्यक्षद्वय ओली र दाहाल क्रमशः सिंगापुर र दुवई भ्रमणमा निस्किन थालेका हुन् । ओली आगामी साउन १८ गते सिंगापुर जाँदैछन् । उनी ७ दिनका लागि नीजि उपचारका क्रममा सिंगापुर जान लागेका हुन् ।

त्यस्तै अध्यक्ष प्रचण्ड भने भोलि नै दुवई भ्रमणमा निस्किने तय भएको छ । प्रचण्ड निकट स्रोतका अनुसार उनी परिवारसहित दुवई भ्रमणमा जान लागेका हुन् ।  अध्यक्ष प्रचण्ड व्यक्तिगत घुमघामका लागि दुबई जान लागेका हुन् ।   

पार्टी भित्र लामो समयसम्म पनि विवादको हल हुन नसकेपछि प्रायः सबै शीर्ष नेताहरू तनावमा थिए । त्यही तनाव व्यवस्थापन गर्न प्रचण्ड 'फ्रेस' हुन सपरिवार दुबई भ्रमणमा निस्केका हुन सक्छन् । पछिल्लो समयमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति पनि कमजोर देखिएको छ । आफू अस्थायी रूपमा अस्वस्थ रहेको स्वयं प्रधानमन्त्रीले केही दिनअघि खुलासा गरेका थिए । 

विवादबारे छलफल नै भएन सोमवारको बैठकमा

अनौपचारिक रूपमा बाक्लिएको भेटघाटमा कुनै सहमति हुन नसकेपछि सोमवारको सचिवालय बैठक बस्नुभन्दा अगाडि नै नेताहरू विवादका बारेमा छलफल नगर्ने 'मुड'मा थिए । स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज विवादका बारेमा छलफल नगर्ने प्रस्ताव लगे । ओलीको उक्त प्रस्तावलाई अन्य सदस्यहरूले तत्काल 'हुन्छ' भने । 

ओलीकै कारण यसअघि सचिवालय बैठक पटक-पटक स्थगित भएको थियो । सोमवारको बैठकमा पनि ओलीले विवादका बारेमा कुनै छलफल नगर्ने प्रस्ताव गरे । 

अध्यक्ष ओली र प्रचण्डले यसअघि असारमै एकताप्रक्रिया टुंग्याउने सार्वजनिक प्रतिवद्धता गरेका थिए । तर असारमा एकता प्रक्रिया टुंगिन सकेन । केही दिनअघि पार्टी कार्यालय धुम्बाराहीमा नरबहादुर कर्मचारीको स्मृति दिवसमा बोल्दै प्रचण्डले साउनसम्म एकताप्रक्रिया टुंग्याएर जनतामाझ जाने अभियान संचालन गर्ने बताए । 

नेताहरूबीच पटक-पटकको प्रयासबाट पनि सहमति हुन नसकेपछि नेकपाका नेता तथा कार्यकर्ताहरू निराश बनेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x