×

NMB BANK
NIC ASIA

संगीत

एउटा फोन कलले जुराएको संगीत : अनि जन्मियो- 'को होला त्यो…'

भदौ २१, २०७६

NTC
Premier Steels

काठमाडौं-  तनहुँका लोकपप गायक सुनिल गिरी काठमाडौंमा आएपछि शिलु अधिकारीले सञ्चालन गर्ने रेडियो कार्यक्रम 'म पनि गाउन सक्छु' मा फोन गरे, लाग्यो । उक्त कार्यक्रममा उनले नविन के भट्टराईको 'तिमीलाई …' भन्ने गीत गाए ।

Muktinath Bank

उनले कार्यक्रम अन्तिमसम्म सुने । गिरी सुनाउँछन्, 'आजको कार्यक्रमको विजेता हुनुहुन्छ- सुनिल गिरी भन्नुभयो । ओहो के चाहियो र मलाई । प्राइज पनि तीन महिना संगीत सिक्ने । ढुंगा खोज्दा देउता भने जस्तो भयो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त गिरीले सानैदेखि ठूलो गायक बन्ने सपना देखेका थिए । गायक बन्न उनले पोखराको विन्ध्यवासिनी संगीत विद्यालयमा ३ महिना अध्ययन पनि गरे ।


Advertisment
Nabil box
Kumari

उनमा संगीतको हुटहुटी जागेपनि परिवारका सदस्यहरूले खासै चाख दिएका थिएनन् रे । शुरूआती दिनबारे उनी खुल्छन्, 'बुबा इन्डियन आर्मी भएका कारण छोरा आर्मी भएको हेर्न चाहने कि त गाउँमा शिक्षकहरूको अलि सम्मान हुने भएकाले छोरो टिचर बन्दिएहुन्थ्यो भन्ने थियो ।'

Vianet communication

बुबाआमाको चाहना भनेको  पढेर राम्रो काम गर्ने भन्ने थियो रे । गाउँमा शिक्षकको सम्मान हुने भएकाले छोरो त्यतातिर लागेको हेर्न चाहेको गिरी बताउँछन् ।  

*******

संगीत कहाँ सिक्ने के गर्ने भन्दै गल्ली चहार्ने बेलामा उनलाई त्यो फोन कलले गज्जबको काम गरेको थियो । त्यसपछि उनले सारेगम कला केन्द्रमा अशोक पौडेलसँग ३ वर्ष संगीत सिके । उनलाई अझै संगीत सिक्नु थियो । त्यसपछि उनी गान्धर्व संगीत विद्यालय पुगे जहाँ चन्दन श्रेष्ठ गुरु थिए । सांगीतिक सिकाइका दिन उनी यसरी सम्झन्छन्, 'गान्धर्व संगीत विद्यालयमा चन्दन श्रेष्ठसँग फेरि पहिलो वर्षबाट संगीत सिकेँ । त्यहाँ मैले ६ वर्षसम्म शास्त्रीय संगीत सिकेँ ।'

*****

लगभग ७ वर्षको सिकाइपछि गिरीले सांगीतिक ज्ञान हासिल गरेका थिए । उनले विभिन्न राग, सुर र लय छामिसकेका थिए ।

यसैबीच जन्मियो- को होला त्यो …

बानेश्वरस्थित एक कफी शपमा लोकान्तरसँग गफिएका लोकपप गायक गिरीले आफूले सानैदेखि गीत लेख्ने गरेको सुनाए ।

एक दिन उनी घुम्न स्वयम्भूमाथि ह्वाइटगुम्बा पुगे । र त्यहाँ देखे- ममीसँगै हिँडिरहेकी एक सुन्दरी ।

भन्छन्, 'मम्मीसँग आएकी एकजना युवतीले मलाई हेरेको हेर्‍यै गरिन् । कतै देखे जस्तो । त्यहाँ आँखा पनि जुध्यो । कहीँ न कहीँ देखेको हुनुपर्छ ।'

त्यसपछि उनलाई लाग्यो- को होला मलाई यसरी हेर्ने ती युवती ?

अनि गीतको पहिलो र भाव बोकेको लाइन फुर्‍यो 'को होला त्यो …'

भन्छन्, 'त्यहाँ परिस्थिति बन्यो । अनि अरू चाहिँ मैले घरमा आएर लेखेँ ।'

त्यसपछि उनले आफ्नो पहिलो गीत रेकर्ड गराए ।

गीत रेकर्ड गराउँदा पनि एउटा गज्जबको संयोग परेको रहेछ । उनी राम्रो एरेन्जर खोज्दै जाँदा गोपाल रसाइलीसँग भेट भएछ । गीत सुनाए । उनले राम्रो छ भने । उनलाई लाग्यो- राम्रो त जसले पनि भन्छन् नि । वास्तवमै राम्रो हो कि होइन थाहा पाइनँ ।

गीत बज्दै जाँदा सतिश श्रेष्ठ भन्ने दाई आएर भनेछन्, 'आहा ! कति राम्रो गीत ।'

भिडियो निर्देशनमा कहलिएका श्रेष्ठले सुनिललाई भनेछन्, 'भिडियोको प्लान के छ ? बनाउने हो ? '

उनले 'हुन्छ' भने ।

गिरीले सतिशलाई पत्याए किनकी हालसालै उनको 'मैले माया गर्न जानिनँ होला …' गीतको भिडियो मन पराइएको थियो ।

उनी भन्छन्, 'संजोगले सतिश दाइसँग भेट भयो । उहाँको क्यामेराम्यान उमंग शाही थिए । पल शाह नजिकका साथी रहेछन् ।'

उनले सतिशलाई भाग्यवश भेटाएको बताए । मोडल प्रकृति श्रेष्ठलाई भने मोबाइलमा फोटो देखाएपछि आफूले ओके भनेको उनले बताए ।

'को होला त्यो' सुनिल गिरीको पहिलो गीत थियो भने पल शाहको पनि पहिलो म्युजिक भिडियो थियो । गीत र मोडल दुवै सुपरहिट भए ।

पहिलो गीत हिट भएपछि आफूमा झन् चुनौती थपिएको उनले महसूस गरे । त्यसपछि गिरीले अझ राम्रा गीत दिनुपर्छ भन्ने सोचे ।

पहिलो गीत नै हिट हुन्छ जस्तो लागेको थियो त ?

उनले उत्तर फर्काए, 'कहाँ लाग्नु नि ।  एउटा सामान्य गाउँबाट आएको मान्छेको कति थिए सपना । पछि सपनाले मूर्त रूप लिँदै गर्दा खुशी लाग्यो ।'

*****                                                        

                                    

गफैगफमा उनले एउटा रमाइलो घटना सुनाए । एकजना भाइले भनेछन्- को होला त्यो गीत त पल शाहले गाएको होइन र ?

तपाईंका गीत हिट तर गायक किन गुमनाम ?

कारण खुलाउँदै भने, 'देउराली भञ्ज्याङ, को होला त्योमा पल शाहले मोडलिङ गर्नुभयो । मान्छेले उहाँले गीत गाएको भ्रम पाले । गायकको लिपसिङ्क एकैछिन थोरै समयका लागि हुन्छ । गाउनेभन्दा मोडल हाबी भएर हो यस्तो भएको ।'

उनले गाउनेलाई खोजीनीति गर्ने मान्छे निकै कम हुने भएकाले गायक गुमनाम भएको बताए ।

गुमनामीबारे उनको धारणा अर्कै छ । आफ्नै गीतमार्फत राम्रा कलाकार जन्मिएको र गीत सुनेर पछि मानिसहरूले चिन्दा 'ए यो गीत यसले गाएको हो…' भन्दा आफू झन् खुशी हुने उनी बताउँछन् ।

मानिसहरूले पल र प्रकृतिको जोडीको 'हनी बनी' पहिलो म्युजिक भिडियो भन्ने लागेपनि 'को होला त्यो' नै पहिलो भएको गिरीको भनाइ छ ।

*****

लोकपप गायकका रूपमा चिनिन्छन् सुनिल गिरी । उनका प्राय: गीत लोकपपमै आधारित छन् । 'को होला त्यो', 'देउराली भञ्ज्याङ', 'लेकाली माया', 'टोलाउँदै होला' लोकपप गीत हुन् ।

के हो त लोकपप भन्या ? गिरीको जवाफ छ , 'लोक गीतलाई अलिकति फ्यूजन गरेर परिवेशका कुराहरू उठाउने, डाँडापाखा, मादल, बाँसुरीहरूलाई जोडेर बनाइने गीत लोकपप हुन् ।'

तपाईंका प्राय: गीतहरू एकै शैलीका छन् नि ? यसको उत्तर उनले कूटनीतिक ढंगले दिए । 'मेरो बारीको माटो आलु खेतीका लागि योग्य छ भने म फापर किन छरौं ? कोदो किन छरौं ? म आलुनै रोप्छु नि !'

*****

संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिएर गीत निकाल्ने सुनिलले बताए । भन्छन्, ' मलाई गीतको संख्या बढाउनु छैन । आफ्नै गीत गाउँछु । बरू थोरै गाउँछु ।'

अरूको गीत नगाउने त ? उनले जवाफ दिए, 'आफ्नै सानो दोकान छ, त्यसमै कत्र्याककत्र्याक चलिराछु भनौं न । होलसेल नगरौं भनेर हो ।

गिरी अब लोकदोहोरीतर्फ पनि ढल्कँदैछन् । उनी अहिले कौडा गीतको तयारीमा छन् । दशैंपछि आफू र प्रिया भण्डारीको स्वरमा उक्त गीत आउन लागेको गिरीले बताए । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x