×

NMB BANK
NIC ASIA

हिमालय क्षेत्रको भूराजनीति

चीनको बढ्दो प्रभावका बीच शी चिनफिङको नेपाल र भारत भ्रमण

असोज २२, २०७६

NTC
Premier Steels

चीनका राष्ट्रपति शी चिनफिङले यसै सप्ताहान्तमा नेपाल र भारतको भ्रमण गर्दैछन् । उनलाई पाकिस्तान जाने फुर्सत नमिलेकाले पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफैं बेइजिङ पुगेका छन् । 

Muktinath Bank

त्यसमाथि पाकिस्तानका सेनाप्रमुख जनरल कमर जावेद बाजवाले चिनियाँ नेतृत्वसँग इमरान खानले गर्ने वार्तालाई नपत्याएकाले शायद एक दिन अगावै बेइजिङ पुगे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री इमरान खानले कश्मीरको विषय उठाउने अनि ६० अर्ब डलरको चीन–पाकिस्तान आर्थिक कोरिडोरको कुरा पनि उठाउने बताएका छन् । उक्त कोरिडोरको काम अहिले सुस्त छ किनकि पाकिस्तानको अन्तर्राष्ट्रिय ऋण बढिरहेको छ । 


Advertisment
Nabil box
Kumari

चीनले दक्षिण एसियाको प्रमुख साझेदार पाकिस्तानप्रति बफादारिता देखाएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कश्मीरको विषय उठाउन चीनले नै स्थायी सदस्यहरूलाई जोड दियो । 

Vianet communication

कश्मीर विषय, बेइजिङलाई फाइदा
तर चिनियाँ परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले चिनियाँ राष्ट्रपतिको भारत भ्रमणमा कश्मीर प्रमुख विषय नहुने बताएका छन् । शी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्रो अनौपचारिक शिखरवार्ताका लागि तमिलनाडुको मामल्लापुरम जाँदैछन् । 

नयाँ दिल्लीले कश्मीरमा लगाएको प्रतिबन्ध नहटाएमा भारत समस्यामा पर्ने चीनलाई जति राम्ररी कसलाई थाहा होला र ? भारतमा अहिले सुस्त आर्थिक वृद्धिको स्थिति छ । तर त्यसभन्दा पनि तनावग्रस्त क्षेत्रहरूलाई नियन्त्रण गर्न नसक्ने हो भने आकार, जनसंख्या र प्राकृतिक स्रोतका आधारमा आफू दक्षिण एसियाको स्वतःस्फुर्त नेता हो भन्न भारतलाई गाह्रो पर्दैन र ? 

पाकिस्तान आफ्नो ग्राहक मुलुक हो भन्ने विषय स्थापित भइसकेकाले चीन ढुक्क छ र उसले दक्षिण एसियाका अन्य मुलुकमा ध्यान केन्द्रित गर्दैछ । 

चीनतर्फ ढल्किँदो नेपाल
लगभग एक महिनाअघि काठमाडौंमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादमाथिको शी चिनफिङ विचारधाराका विषयमा दुईदिने विचार गोष्ठीमा भाग लिए । 

उक्त गोष्ठीलाई सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको सेन्ट्रल पार्टी स्कूल, संगठन विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध विभागले संयुक्त रूपमा आयोजना गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका तिनै नेताहरूलाई भारतीय जनता पार्टीका नेताहरूले गत अगस्ट महिनामा चीनमा भेटेर भाजपाको सदस्य संख्या चिनियाँ कम्युनिस्ट पार्टीको भन्दा बढी रहेको बताएका थिए । 

नेकपाका स्कूल विभाग उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्ष नेपाल आएर पार्टी र सरकार कसरी चलाउने भन्ने विषयमा आफ्नो अनुभव साझा गरेर गएको र नेपालीहरू पनि चीन गएर त्यसै गर्ने बताए । 

नेपालमा भारतले आर्थिक नाकाबन्दी लगाएपछि काठमाडौंका सम्भ्रान्तहरूले त्यसको प्रतिकार गरेका थिए । नेपालका कम्युनिस्ट पार्टीहरू ओलीको नेतृत्वमा एकजुट भए अनि आमचुनाव जिते र बेइजिङतर्फ ढल्किए । 

पोहोर साल बेइजिङ भ्रमणका क्रममा ओलीले चीनको नियन्त्रित तथा अनुकूल समाजबाट सिक्न सकिने धेरै कुराहरू भएको बताए । 

चीनको सफल विकास यात्राले नेपाल जस्ता विकासशील देशका लागि नयाँ विकल्प प्रस्तुत गरेको ओलीले टिप्पणी गरेका थिए । 

त्यसैले बेइजिङले आफूलाई महत्त्व दिएकाले ओली दंग छन् । दिल्लीमा उनी चीनपक्षधर भनी चिनिन्छन् र उनलाई महत्त्व दिइँदैन । हुन पनि दिल्लीको बेवास्ताले ओलीलाई  चीनसँग घुलमिल बढाउने नै मौका दिएको छ । 

त्यसैले शी चिनफिङको नेपाल भ्रमणले चीन नेपालमा निकै चासो दिन थालेको छ भन्ने संकेत दिन्छ । उनको भ्रमणमा काठमाडौंले ठूलै सहायता प्याकेजको आशा गरेको छ, विशेषगरी जलविद्युत् परियोजनाको विकासका साथै हिमालयपार रेलवे परियोजनाका माध्यमले कनेक्टिभिटीमा नेपालको ठूलो चासो छ । 

काठमाडौंमाथिको पकड गुमाउँदै दिल्ली
यो सब भइरहँदा दिल्ली रिसाएको छ ? भारतले नेपाल फुत्काएको हो ? यी पुराना प्रश्नहरूले अवश्य नै पुराना उत्तर दिलाउने हुन् । सबै प्रश्नको उत्तर छ– हो, हो ।

तर यही प्रश्न फरक तरिकाले सोध्ने हो भने भारत किन बारम्बार नेपाललाई गुमाइरहेको छ त ? यसको नयाँ उत्तर शायद दिल्लीले दिन सक्ला । पहिलो कुरा त, नेपाल र भारतको सम्बन्धमा पूर्व विदेशमन्त्री सुषमा स्वराजले देखाएको न्यानोपन अहिले छैन । स्वराजले रोटी बेटी सम्बन्धको कुरा झिकेर दुई देशबीचको चिसोपनाका माझ पनि न्यानोपन ल्याइदिन्थिन् । 

मोदीले नेपालमा नाकाबन्दीपछि पनि नेपालीको मन जितेका छन् । तर मोदीको न्यानोपन काठमाडौंको कर्मचारीतन्त्रसम्म पुग्न सकेको छैन । उनीहरू आफ्ना छिमेकीहरूसँग आधिकारिक वार्ता, पावर पोइन्ट प्रस्तुति र मेमोरी कार्ड सहित कारोबार गर्न चाहन्छन् । 

चीनसँग अथाह पैसा छ र दिल्लीको नोटबन्दीजन्य समस्या अझै सुल्झिएको छैन । शीसँग भेट्दा मोदीको एउटै मात्र सबल पक्ष भनेको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कश्मीरका विषयमा मोदीको कुरा मानिरहेका छन् । 

अमेरिकाको सहयोग पाएकाले प्रधानमन्त्री मोदीले शीलाई खुला दिलले स्वागत गर्न पाएका छन् । तर मामल्लापुरम शिखरवार्तापछि के हुनेछ भन्ने कुरा चाहिँ वास्तवमा महत्त्वपूर्ण छ ।

द प्रिन्टमा प्रकाशित ज्योति मल्होत्राको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x