माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
बितेका १० दिनमा तीनजना सांसद पक्राउ परे । अर्का एक सांसदलाई पक्रन अदालतले आदेश दिएको समाचार बुधवार मात्र सार्वजनिक भएको छ ।
संसद् सचिवालयमा कार्यतर एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा राजीनामा गरेका सभामुख कृष्णबहादुर महरा पक्राउ परे । महरा पक्राउ परेको एक सातापछि कांग्रेसका बहालवाला सांसद एवं पूर्वमन्त्री अफ्ताब आलम पक्राउ परे । आलम पक्राउ परेको दुई दिनपछि राजपाका सांसद प्रमोदकुमार साह पक्राउ परे ।
घटना फरक छन्, तर पक्राउको सन्देश एउटै छ– कानून सबैलाई लाग्छ । आलम र साहको पक्राउका घटना फरक प्रकृतिका छन् ।
१२ वर्ष अगाडि २०६४ सालको चुनावको पूर्वसन्ध्यामा भएको बम विस्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको आरोप आलाममाथि छ । अपराधलाई आड बनाएर राजनीति गरेका आलम त्यो घटनापछि पनि मन्त्री बनिसकेका थिए । आलम पक्राउको अर्को सन्देश अपराधी ढिलोचाँडो कानूनको फन्दामा पर्छ भन्ने पनि हो । ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखान आलममा चरितार्थ भएको छ ।
साहको पक्राउ अलि फरक प्रकृतिको छ, विमानले उडानमा ढिलाइ गरेको निहुँमा उनी तोडफोडमा उत्रिए । सांसदजस्तो मर्यादित ‘माननीय’ले तोडफोडमा उत्रिने र कर्मचारी कुट्ने कार्य निन्दनीय छ ।
साह पक्राउ परेको भोलिपल्टै सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी भएको समाचार प्रकाशमा आएको छ ।
२०७४ सालमा भएको स्थानीय चुनावका क्रममा प्रतिस्पर्धी दलका कार्यकर्ता कुटपीट गरेको भन्दै ज्यान मार्ने उद्योगमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
नेपालमा अहिलेसम्म ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्नेजस्तो अवस्था थियो । राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणले गर्दा मुलुकमा दण्डहीनता मौलाएको थियो । कानूनलाई हातमा लिने प्रवृत्ति यहाँसम्म कि कुखुराको भाले मर्दापनि राजमार्ग अवरुद्ध हुने अवस्था थियो । भीआईपी पक्राउको सन्देश अब कानून सबैलाई लाग्छ भन्ने पनि हो ।
राजनीतिक दलका नेताको संरक्षणमा रहेका तथाकथित डन र गुण्डाहरूले चन्दा उठाउने, फिरौती माग्ने, धम्की दिने र गोली हान्नेसम्ममा काम गरेका थिए । सांसद नै पक्राउ पर्न थालेपछि उनीहरूको संरक्षणमा भइरहेका आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने अपेक्षा गर्न सकिन्छ ।
चुनाव प्रचारका क्रममा प्रतिस्पर्धी राजनीतिक दलका कार्यकर्तामाथि आक्रमण गरेको कसूरमा सांसद पक्राउ पर्न थाले भने भोलिका दिनमा चुनाव प्रचार र सभामा हुने हिंसात्मक घटनामा कमी आउने छ । यसले चुनावमा हुने सुरक्षा चुनौतीलाई कम गर्छ र प्रकारान्तरले सुरक्षाका लागि हुने राज्यको ठूलो धनराशी जोगाउन मद्दत पुग्छ । कानूनी शासन स्थापनाका लागि पछिल्लो समयमा भएका ‘भीआईपी’ पक्राउको घटनालाई समर्थन गर्नुपर्छ ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...