×

NMB BANK
NIC ASIA

अटेरी पेन्ट्स उद्योग

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौं – सर्वोच्च अदालतले लिडसम्बन्धी मापदण्ड पालना गर्न आदेश दिए पनि पेन्ट्स उद्योग त्यसअनुरुप चलेका छैनन्। झन्डै दुई वर्षअघि सर्वाेच्चले उक्त आदेश दिएको थियो।

Muktinath Bank

सरकारले राजपत्रमार्फत लिडको अधिकतम मात्रा ९० पीपीएम हुनुपर्ने, बट्टामा लिडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश उल्लेख गर्नुपर्ने मापदण्ड लागू गरेको थियो। बर्जर पेन्ट्सलगायत अधिकांशले यसको पालना गरेका छैनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेन्ट्स उद्योग जिम्मेवार नभएको वातावरण विभागका वरिष्ठ वातावरण निरीक्षक भूपेन्द्र शर्मा बताउँछन्। ‘बट्टामा लिडको मात्रा लेखेको पाइँदैन। सावधानी उपाय लेखेको हुँदैन’, उनी भन्छन्, ‘लिड थोरै भए पनि मानव स्वास्थ्य र वातावरणमा असर पुग्छ।’ मापदण्डको अनुगमन गर्न नसकिएको उनी स्वीकार गर्छन्। उनले गह्रौं धातु प्रयोगमा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेका छन्।


Advertisment
Nabil box
Kumari

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार लिड जनस्वास्थ्यमा असर पुर्‍याउने प्रमुख १२ घातक रसायनमध्ये प्रमुख हो। लिडको थोरै मात्राले पनि असर गर्ने भएकाले प्रयोग नै गर्न नहुने उनी बताउँछन्। उनका अनुसार बच्चाको स्नायुदेखि पुरुषको शुक्रकीट घटाएर नपुंशक बनाउने गर्छ। यसले मिर्गौलामा असर गर्छ। महिलामा लिडले बच्चा खेर जानेसम्मको समस्या हुन्छ। नेपालमा ६५ प्रतिशत बालबालिका लिडको उच्च जोखिममा रहेकाले प्रतिबन्ध लगाउनुपर्ने उनी बताउँछन्।

Vianet communication

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार यसले शारीरिक, मानसिक तथा बौद्धिक विकासमा अवरोध पुर्‍याउँछ। यसको असरबाट बर्सेनि ५ लाख ४० हजार जनाको ज्यान जानेको तथ्यांक छ। १३९ करोड व्यक्ति शारीरिक रुपमा अशक्तता भएर जीवन बिताइरहेका छन्। ८५७ करोड बालबालिका प्रभावित छन्।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका वैज्ञानिक रामचरित्र साह पेन्ट्समा लिडको मापदण्ड पूर्ण परिपालना आवश्यक रहेको बताउँछन्। ‘लिड छ/छैन भन्ने जानकारी पाइँदैन’, उनी भन्छन्। केन्द्रले २०७४ र २०७५ मा २७ उद्योगका ५६ वटा इनामेल पेन्ट्समा मापदण्ड परिपालनाको अवस्था अनुगमन गरेको थियो। ४० प्रतिशतले मापदण्ड पालना गरेका छैनन्। अझै ७५ हजार ४९ पीपीएम अर्थात् मापदण्डभन्दा ८३३ गुणा बढी लिड पाइएको छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना मापदण्ड पालना नगर्ने पेन्ट्स प्रयोग गर्न नहुने बताउँछन्। पेन्टर र कामदार सबैभन्दा जोखिममा रहेको उपभोक्ता संरक्षण मञ्चका गोविन्द सुवेदी बताउँछन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल उद्योगी व्यवसायी जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँछन्।

फेसन पेन्ट्सका निर्देशक शंकर बञ्जाडेले मापदण्ड पालना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्। लिडयुक्त पेन्ट्समा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएको भन्दै सप्ताहव्यापी अभियान शुरू भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x