काठमाडौं – कालापानी फिर्ताको माग गर्दै कलाकार निर्मल शर्मा 'गैंडा' सडकमा उत्रिएका छन् ।
शुक्रवार भारतीय दूतावास अगाडि भएको कालापानी फिर्ताको मागसहित कलाकार शर्मा पनि उक्त आन्दोलनमा सहभागी भएका हुन् ।
नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा 'लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर' लगायतको नारा लगाएको छ ।
विद्यार्थीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद' लगायतका विभिन्न नारासहितको प्लेकार्ड बोकी दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
लोकान्तर संवाददाता