कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – महाराष्ट्रमा चुनावको परिणाम सार्वजनिक भएपछि भारतीय जनता पार्टीसँगको गतिरोधका कारण शिवसेनाले सरकार बनाउन नसकेपछि राष्ट्रपति शासन लागू गरिएको छ ।
शिवसेनाले भाजपासँग सम्झौता गर्ने ढोका भने खुलै राखेको छ । शिवसेना प्रमुख उद्धव ठाकरेले मंगलवार पत्रकार सम्मेलन गरेर यसको संकेत दिए । उनले भने, ‘भाजपाले शिवसेनासँग सम्बन्ध तोडेको हो, शिवसेनाले हैन ।’
पत्रकार सम्मेलनमा एक पत्रकारले उद्धवलाई भाजपाको विकल्प बाँकी नरहेको विषयमा प्रश्न गरे । प्रश्न सुनेर उद्धव रिसाए र भने, ‘तपाईंलाई किन यति हतारो ? यो राजनीति हो । राज्यपालले ६ महिना दिएका छन् नि । भाजपाको
विकल्प मैले अन्त्य गरेको हैन, भाजपा आफैंले हो । म लोकसभा चुनावमा एक्लै लड्न खोजिरहेको थिएँ, भाजपा सँगै लडौं भन्न आइपुग्यो, मैले उसको भावनालाई सम्मान गरें ।’
उद्धवले थपे, ‘भाजपासँग मेरो साझेदारी उसैले सिध्याएको हो । भाजपा आफैं रनभुल्ल छ । प्रत्येक दिन नयाँ नयाँ अफर लिएर आउँछ ।’
महाराष्ट्र विभानसभामा कुल २८८ सीट छन् । भाजपाले १०५, शिवसेनाले ५६, एनसीपीले ५४, कांग्रेसले ४४ अन्य दलहरूले बाँकी सीट जितेका छन् ।
परिणाम घोषणा भएको २० दिन बितिसक्दा पनि महाराष्ट्रमा कुनै पनि दलीय गठबन्धनले बहुमतका लागि आवश्यक १४५ सीट ल्याउन सकेन । सरकार नबन्ने देखेर राज्यपाल भगत सिंह कोशियारीले राष्ट्रपति शासन लागू गर्ने सिफारिश गरे । राष्ट्रपतिको हस्ताक्षरपछि मंगलवार राति महाराष्ट्रमा धारा ३५६ अन्तर्गत राष्ट्रपति शासन लागू गरियो ।
एजेन्सी
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...