करेन्ट लागेर २ भारतीय नागरिकको मृत्यु

दमौली – करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीवार २ जनाको मृत्यु भएको छ ।

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर २ भारतीय नागरिकको मृत्यु भएको हो ।


Advertisement

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।


Advertisement

स्वास्थ्य चौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्