नवविवाहिता श्रीमतीले गर्मी भयो भनेपछि स्कूलबाटै एसी चोरे यी शिक्षकले

काठमाडौँ – भारतको उज्यैनस्थित मक्सी रोडमा एउटा निजी स्कूलमा पढाउने शिक्षकले आफ्नो श्रीमतीका लागि स्कूलको एसी चोरेका छन् ।

स्कूलको एसी चोरेपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।


Advertisement

उनले प्रहरीलाई बयानमा भनेका छन्, ‘भर्खर नयाँ विवाह भएको थियो, उनले गर्मी भयो भनेर बारम्बार भन्ने गर्थिन् । त्यसैले एसी चोरेको हुँ ।’

चोरी काण्ड सार्वजनिक भएपछि उनलाई स्कूलबाट निलम्बित गरिएको छ । प्रहरीले उनको नाम खुलाएको छैन ।


Advertisement

एजेन्सी

 

कमेन्ट गर्नुहोस्