×

NMB BANK
NIC ASIA

प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिन्छ : मुख्यमन्त्री पौडेल

कात्तिक ३०, २०७६

NTC
फाइल फोटो
Premier Steels

प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार कृषि र पर्यटन केन्द्रित विकासका कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।

Muktinath Bank

जिल्ला समन्वय समिति चितवनको तेस्रो जिल्ला सभालाई शनिवार सम्बोधन गर्दै उनले मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित भएर विकासका योजना निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गर्दै निष्क्रिय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिने तयारी गरेको बताए । 


Advertisment
Nabil box
Kumari

जिल्ला समन्वय समितिको काम समन्वय गर्ने भएकाले हरेक स्थानीय तहसँग समन्वय गरेर विकास निर्माणमा अग्रसरता लिन आग्रह गर्दै उनले भने, ‘विकास निर्माणका कार्यलाई अनुगमन गर्दै समृद्धिको यात्रामा सहयोग पुर्‍याउनु पर्दछ ।’

Vianet communication

समग्र चितवनवासीको एउटै ‘चिन्तन, सफा सुन्दर र समृद्ध चितवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो जिल्लासभामा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चालू आवका लागि आन्तरिकतर्फ ३९ करोड ६५ लाख ५६ हजार ६६८ रुपैयाँ र बाह्य स्रोततर्फ २ करोड ६ लाख ६९ हजार ९७३ रुपैयाँको बजेट पेश गरेका थिए ।

सो अवसरमा डल्लाकोटीले आगामी वर्षमा जिल्लामा गरिने ५ वटा विशेष प्रस्तावसमेत पेश गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, धुर्मुश सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ लगायतले जिल्लाको सम्रग विकासका विविध पक्षमाथि प्रकाश पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x