×

NMB BANK
NIC ASIA

प्रहरीमाथि आलमको धम्की : एसपी र डीएसपीलाई हत्कडी लगाउँछु

मंसिर २, २०७६

NTC
Premier Steels

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् । 

Muktinath Bank

कान्तिपुरलाई प्राप्त २ मिनेट २४ सेकेन्ड लामो अडियो/भिडियोमा आलमले ‘अब जिल्लामा आगो लाग्छ, एसपी र डीएसपीलाई हत्कडी लगाउँछु, जिल्लाभर अशान्ति हुन्छ’ भन्दै उनले धम्क्याएको देखिन्छ । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असोज २६ गते पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो । डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको ‘इद्रिस गेट’ नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला ‘डीएसपी साब, जरुरी काम छ, अहिले म वारात (जन्ती) जान्छु, यस विषयमा पछि कुरा गरौंला’ भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि ‘आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको’ भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

आलमको धम्की र पक्राउपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । जिल्ला न्यायाधीश दीपक ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालको सुरक्षामा प्रहरी ‘अंगरक्षक’ तैनाथ गरिएको छ । आलमको धम्कीपूर्ण भिडियो ढकाल र कटवालले पनि हेरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x