×

NMB BANK
NIC ASIA

ओप्पोको कलरओएस सिक्स : यस्ता छन् ६ बेजोड फाइदा

मंसिर २, २०७६

NTC
Premier Steels

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने कौतुहलता जागेको छ ।

Muktinath Bank

यही कुरालाई दृष्टिगत गर्दै कलरओएस सिक्सका स्मार्ट साइडबार, नेभिगेसन गेस्चर्स, राइडिङ मोड, पार्टी मोड, गेमिङ असिस्टेन्ट, पावर सेभर लगायत फिचर्सको उपयुक्त प्रयोग कसरी गर्ने भन्ने बारे यहाँ केही जानकारी प्रस्तुत गरेका छौं :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मार्ट साइडबार


Advertisment
Nabil box
Kumari

स्मार्ट साइडबार सक्रिय हुँदा नेभिगेसन पहिलेका तुलनामा धेरै नै सहज बनेको छ । स्क्रिनको साइडबाट हल्का स्वाइप गरेकै भरमा उपभोक्ताको छनोटका लागि क्विक टूल्स र क्विक एप्स प्रस्तुत हुन्छन् ।

Vianet communication

क्विक टूल्स अन्तर्गत स्क्रिनशट, स्क्रिन रेकर्डिङ र ब्लक ब्यानर्स लगायत उपलब्ध हुन्छन् । यसमा आफूले सर्वाधिक प्रयोग गर्ने क्विक एप्सको प्रयोग गरी सहज र सुलभ नेभिगेसनको मज्जा लिन सकिन्छ ।

यसको प्रयोगका लागि सेटिङ अन्तर्गत स्मार्ट साइडबारमा गई ( कन्भिनियन्स एइड अन्तर्गत ( स्मार्ट साइडबारको छनोट गर्नुपर्ने हुन्छ ।

नेभिगेसन जेस्चर्स

नेभिगेसनलाई अझ सहज र सुलभ बनाउने सोचका साथ यसमा विभिन्न जेस्चर्सको ब्यवस्था गरिएको छ ।

केही साधारण र सहज जेस्चर्सका माध्यमबाट फोनका निकै महत्वपूर्ण फिचर्समा सहज पहुँच बनाउन सकिन्छ । उदाहरणका लागि :

– स्क्रिनमा डबल ट्याप गर्दा फोन सहजै अन हुन्छ
– उपकरणको क्यामेरा अन गर्नका लागि गोलाकार (सर्कल) बनाउने
– उपकरणको फ्ल्याशलाइट सक्रिय गर्नका लागि अंग्रेजी बर्णमालाको “भी” बनाउने
– तीन औँला फोनको स्क्रिनमा स्लाइड गरी स्क्रिनशट लिने सुविधा
– स्प्लिट स्क्रिनको उपयोग गर्नका लागि तीन औँलाले स्लाइड अप गर्ने

राइडिङ मोड

राइडिङ मोडका माध्यमबाट प्रयोगकर्ताले सडकमा सवारी चलाइरहेका बेला ध्यानभंग हुने सम्भावनाबाट जोगाउँछ ।

कलरओएस सिक्सले प्रयोगकर्तालाई सडकमा हुँदा आउने नोटिफिकेसन माथि नियन्त्रण राख्न सघाउँछ ।

यसमा रहेको डु(नट(डिस्टर्ब राइडिङ, मार्फत एनिवान, कन्ट्याक्ट्स अन्लि, फेवरेट कन्ट्याक्ट्स अन्लि वा सम्पूर्ण कल नै नलिने लगायत निर्णय गर्न सकिन्छ ।

यसरी अनावश्यक कल फिल्टर गरी प्रयोगकर्ताले सुरक्षित तथा आरामदायी यात्राको मज्जा लिन सक्छन् ।

राइडिङ मोड अन गर्नका लागि सेटिङ मातहत(स्मार्ट सर्भिसेज्(स्मार्ट ड्राइभिङ अन्तर्गत (राइडिङ मोडको छनोट गर्नुपर्ने हुन्छ ।

पार्टी मोड

फोनमा रहेको पार्टी मोड सुविधा मार्फत आफ्नो प्लेलिस्ट साथीहरु संग सिंक गरी पार्टीमा थप जीवन्तता ल्याउन सकिन्छ ।

पार्टी सक्रिय गर्नका लागि उपकरणको हटस्पट ईनेबल गरी साथीहरुलाई हटस्पट ज्पाइन गर्न ईन्भाइट गर्नु पर्ने हुन्छ ।

यति गरी साथीहरु संग आफ्नो प्लेलिस्ट सेयरगरी संगीतको सामुहिकरुपमा मज्जा लिन सकिन्छ ।

गेमिङ असिस्टेन्ट :

गेमिङ असिस्टेन्टको उपयोग गरी आफ्नो रुचि अनुसार प्रयोगकर्ताले आफ्नो रुचि अनुसार गेमिङ अनुभव परिमार्जन गर्न सक्छन् ।

अविभाजित रुपमा ध्यान केन्द्रित गर्नुपर्ने म्याचका लागि यसले ब्यानर नोटिफिकेसन डिजेबल गर्ने सुविधापनि प्रदान गर्छ ।

कसैगरी खेल खेलिरहेकै समयमा अर्जेन्ट म्यासेजको रिप्लाइ गर्नु पर्दा समेत फ्लोटिङ विन्डोको सुविधा प्रदान गर्दै यसले सहजता प्रदान गर्छ ।

यसको प्रयोगबाट गेमप्लेको स्क्रिन रेकडिङ, विशेष शर्टकटको निर्माण तथा नोटिफिकेसन आफू उपयुक्त परिमार्जन गर्ने सुविधा समेत प्राप्त हुन्छ ।

यी आकर्षक फिचर्सका माध्यमबाट प्रयोगकर्ताले निसन्देह आफ्नो गेमिङ परफर्मेन्समा उल्लेख्य सुधार ल्याउन सक्छन् ।

पावर सेभर

ओपोका उपकरणको प्रयोगका बखत ब्याट्री बचतका लागि पनि यसमा विशेष ब्यवस्था गरिएको छ ।

फोनमा उपलब्ध गरिएको स्मार्ट पावर सेभर फिचरले प्रयोगकर्तालाई ब्याट्री बचतमा अझ सघाउँछ ।

स्लिप मोडका साथमा यसमा रहेको स्मार्ट पावर सेभरले ब्याट्रीको प्रयोगलाई पूर्णतः बन्द नै गर्ने क्षमतापनि राख्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x