कामचोर ठेकेदारविरुद्ध कालो ब्यानर लिएर सडकमै उत्रिए स्थानीय, बनाए मानव साङ्लो

कामचोर ठेकेदारविरुद्ध कालो व्यानर लिएर स्थानीयवासी सडकमा उत्रिएका छन् ।  शुरूमा सार्वजनिक सवारी साधनमा  ठेकेदारको फोटो टाँसेर विरोध गरेका स्थानीयले मंगलवार ब्यानरसहित सडकमा उत्रिएर विरोध गरेका हुन् ।

स्थानीयले मानव साङ्लो बनाएर पंदशृन गरेका हुन् । 
लामो समयदेखि निर्माणको जिम्मा लिएर ठेकेदार कम्पनी सकिल हैदर, शंकर माली, सुनौला खिम्ती जेभीले सडक अलपत्र पारेपछि कम्पनीका प्रबन्धक दीपक सापकोटाविरुद्ध आन्दोलन चर्किएको हो ।


Advertisement

यसअघि भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्डमा पनि सडक अलपत्र पारेको भन्दै  ठेकेदार शारदा अधिकारीविरुद्ध विरोध भएको थियो । 

तस्बिर: प्रभु जिरेल,रासस
 


Advertisement

कमेन्ट गर्नुहोस्