×

NMB BANK
NIC ASIA

उद्यम

कृषिमै रमेका मीनराज : लेउ खेतीमा पर्याप्त सम्भावना खोज्दै

मंसिर ७, २०७६

NTC
Premier Steels

गरे के हुन्न भन्ने अठोटका साथ सम्भावनाको खोजीमै रमाएका एक युवा हुन्, कैलालीको गोदावरी नगरपालिका–२ उत्तर वनखेतका ४६ वर्षीय मीनराज जोशी ।

Muktinath Bank

व्यावसायिक पशुपालनमा कम्मर कसेरै लागेका उनी पछिल्लो १ वर्षयता अजोला अर्थात् पानीमा तैरिने जलीय वनस्पति लेउ खेतीमा भविष्य खोजिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यावसायिक पशुपालन व्यवसायलाई उचाइमा पुर्‍याउन व्यावसायिक लेउ उत्पादनमा हात हालेको उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘पशु चौपायालाई कस्तो आहार दिए, उनीहरूको स्वास्थ्य कस्तो हुन्छ, उत्पादन कस्तो हुनुपर्छ भन्नेबारे जनचेतना किसानमा बढ्दै गएको छ,’ उनी भन्छन्, ‘विषादी र रसायनरहित खाना खाने र बाँच्ने अभियान हो । मान्छे जति कमाएर पनि बाँच्न सकेका छैनन् । खाएर ट्वाइलेट बस्नलाई मात्रै होइन । हामीले थोरै कमाएर समाजमा केही गर्नुपर्छ । केही परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं ।’

Vianet communication

कृषक जोशीका अनुसार अजोला खेती नेपालको हकमा एकदमै नयाँ खेती हो । पशुचौपायाको पोषणयुक्त दानाको रुपमा प्रयोग हुने अजोला खेती गर्ने किसान नेपालमा हालसम्म औंलामा गन्ने संख्यामा छन् । अजोला खेती सम्बन्धी इन्टरनेटमा भएको सामग्री हेरेर यता खेतीको शुरूवात गरेको उनको खेतीले क्रमिक रुपमा गति लिन थालेको छ ।

उनले २० फिट लामो ४ फिट चौडाइ भएको ४ वटा ट्यांकीमा अजोला खेती गरेका छन् । अजोलाको आहारले पशुचौपायमा राम्रो सुधार आएको भनेर वैज्ञानिक परीक्षणबाट समेत पुुष्टि भइसकेको उनी बताउँछन् ।

नेपाल पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय ललितपुरको विज्ञ टोलीले दैनिक रुपमा अजोलाको आहार गरेका पशुको परीक्षण गरेको बताउँदै कृषक जोशी भन्छन्, ‘हामीले ४ वटा गाईलाई अजोला खुवाएर र ४ वटा गाईलाई नखुवाएर हप्ता दिनसम्म प्रयोगात्मक परीक्षण गरेका थियौं । खाएको गाईमा कस्तो र नखाएको गाईमा कस्तो परिणाम दिन्छ भन्ने जान्नलाई परीक्षण गर्‍यौं ।’

उनको अनुसार १ हप्ताको परीक्षणको क्रममा अजोला सेवन गरेका गाईहरूमा १० प्रतिशत दूधको मात्रा बढ्नुको साथै ल्याक्टो फ्याटको मात्रा समेत बढेको पाइएको थियो ।

अजोला कम समय र कम स्थानमा गर्न सकिने सम्भावनायुक्त खेती हो । जुन सफा ट्यांकी वा खाल्डोमा समेत गर्न सकिन्छ । अजोला खेतीबारे उल्लेख गर्दै जोशीले १ किलो बिउबाट १ हप्तामा पूरै ट्यांकी अजोलाले भरिने र बिउ हालेको ७ दिनदेखि १५ दिनको अवधिमा उत्पादन लिन सकिने बताउँछन् ।

अजोलाको आहार दुधालु पशुचौपायाको लागि लाभदायक रहनुको साथै पशुचौपायामा बाँझोपन समेत न्यून गराउने गुण रहेको बताइन्छ । उनका अनुसार बंगुर, बोइलर, बाख्रा, माछा, गाईभैंसीको आहारको रुपमा अजोला प्रयोग गर्न सकिन्छ ।

बहुव्यावसायिक पशुपालनमा सक्रिय उनले आफ्ना पशुहरूको आहारको रुपमा अजोला प्रयोग गर्नुको साथै बिक्री वितरण गर्दै आएका छन् । पशुपालक कृषकले अजोलाको माग गरेपछि प्रतिकिलो ५ सय रुपैयाँका दरले बिउको रुपमा बिक्री गर्दै आएको कृषक जोशी बताउँछन् ।

कृषिजन्य व्यवसायमा विविधता

अजोला मात्रै होइन, कृषक जोशीले स्थानीय एक क्याम्पसको २० विघा जमिन लिजमा लिएर लामो समयदेखि व्यावसायिक रुपमा बहुवर्षीय र मौसमी जातको घाँसखेती गर्दै आएका छन् । जुन घाँसका बेर्ना सुदूरपश्चिमभर कृषकलाई बिक्री वितरण गर्दै आएको उनी सुनाउँछन् । 

उनको व्यवसाय यतिमा सीमित भएन, उनले लामो समयदेखि व्यावसायिक रुपमा गाई, भैंसी र बाख्रा समेत पालन गर्दै आएका छन् । सुदूरपश्चिम कृषि तथा पशु विकास फर्म प्रालि सञ्चालन गर्दै आएका उनले व्यावसायिक रुपमा २०७२ देखि बहुपशुपालनयुक्त खेती गर्दै आएका हुन् ।

हाल आफ्नो फर्ममा २० वटा गाईभैंसी र १७० वटा बाख्रा रहेको बताउँदै उनले वार्षिक कारोबारको करीब ३० लाखसम्म बचत गर्दै आएको सुनाउँछन् ।

गोबरमल प्रशोधनको थालनी

कृषि क्षेत्रभित्र अनेकथरी सम्भावना देखेका कृषक जोशीले अजोलासहित घाँस खेती र पशुपालनबाट अघाएका छैनन् । उनले आफ्नै फर्मभित्र उत्पादन हुने फोहोरलाई व्यवस्थापन गरी मोहर बनाउने कार्यमा समेत तल्लिन छन् । केही समययता उनी गोठबाट निस्कने गोबरसहित मलमुत्र प्रशोधनमा समेत जुटेका हुन् ।

१० लाखको लागतमा उनले गोबर प्रशोधन केन्द्र स्थापना गरेका छन् । जुन प्रशोधन केन्द्रमार्फत ताजा गोबरलाई १ हप्तादेखि १५ दिनभित्र खेतबारीमा प्रयोग गर्न सकिने बनाइने उनको भनाइ छ ।

‘गाईभैंसी पखालेर गएको मलमुत्र प्रशोधन कार्य थालेका छौं । सामान्यतया त्यसरी निस्कने मलमुत्र महिनौ बढी दिनपछि मात्रै प्रयोग गर्न लायक हुन्छ तर प्रशोधन केन्द्रबाट प्रशोधित भई निस्कने पानी र ठोस वस्तु १५ दिनभित्र प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

तर प्राविधिक ज्ञानको कमीले प्रशोधित मलले पूर्णता पाउन बाँकी रहेको उनी बताउँछन् । ‘प्रशोधित गोबर कस्तो हुनुपर्छ, के–के तत्व हुनुपर्छ, कति मात्रामा सुख्खा र चिस्यानको मात्रा राख्नुपर्छ भन्नेबारे परीक्षण गर्न बाँकी छ ।प्राविधिक ज्ञानको कमीले ढिलो भएपनि गोबरबाट मात्रै मल तयार गरिरहेका छौं । हाल आफ्नै बारीमा प्रयोग गर्दै आएका छौं,’ उनले भने । सो प्रशोधित गोबर मलले चाँडै नै बजार पाउने उनले आशा व्यक्त गरेका छन् ।

कृषि क्षेत्र सम्भावनाको खानी रहेको बताउने उनी फर्मलाई तालिम केन्द्रको रुपमा विकास गर्ने योजनामा छन् । कतिपय संघसंस्थाबाट हाल पनि फर्मलाई तालिम केन्द्रको रुपमा प्रयोग गरेको सुनाउँदै उनले भविष्यमा सुदूरपश्चिममै नमूना फर्म बनाउने सपना बुनेका हुन् ।

कृषि क्षेत्र रोजगारीको सम्भावनाको क्षेत्र रहेको बताउँदै उनी भन्छन्, ‘हाम्रा युवाहरूमा केवल इच्छाशक्तिको कमी छ । नत्र सम्भावना देशभित्रै छ । हाम्रो अभियान युवाहरूलाई विदेश पलयनबाट रोक्ने पनि हो । हामीसँग सुन भएर पनि बाह्य देशमा नून खोज्न गइरहेका छौं ।’

कृषि कर्ममै होमिएका उनको छिमेकीका साथै हाल परिवारजन समेत कृषि कर्ममै संलग्न हुँदै गएका छन् । उनको जेठो छोरा टेकेन्द्र जोशी आईएस्सी एजी र कान्छो छोरा जनक जोशी जेटीए अध्ययनरत छन् । जनक जोशीले बाबुले थालेको आधुनिक कृषि पेशामा नै भविष्य देखेको बताउँछन् । 

झोले प्रवृत्तिले हैरानी

सुदूरपश्चिममै व्यावसायिक कृषि कर्ममा अग्रपंक्तिमा रहेका जोशीलाई राजनीतिक पद्धतिले भने हैरान बनाएको छ । उनी भन्छन्, ‘मुलुकको बिडम्बना मान्नुपर्छ । जो नेता र कर्मचारीलाई खुशी बनाएको छ, झोला बोकेको छ, उसैले कृषिका अनुदान कुम्ल्याएको छ तर जो वास्तविक गरिखाने किसान हो, उ राज्यको सेवा सुुविधाबाट वञ्चित छ । यो हालतले कसरी होला, मुलुकमा कृषि क्रान्ति ?’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x