×

NIC ASIA

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै

मंसिर १२, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । 

Muktinath Bank

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । दुवै महिलाबारे विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन ।


Advertisment
Nabil box
Kumari

उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ ।

Vianet communication

प्रत्यारोपणबारे जानकार विज्ञका अनुसार मुलुकमा सुरुमा विस्तृत स्वास्थ्य परीक्षण गरेर मिर्गौला दिन मिल्ने यकिन भइसकेपछि मात्र अन्तिममा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरिन्छ । ‘एचएलए टाइपिङ’ मिलेमा र ‘क्रसम्याच नेगेटिभ’ भएमा मात्र प्रत्यारोपण गरिनेछ । ‘एचएलए’ नमिलेमा वा ‘क्रसम्याच पोजेटिभ’ भएमा अर्को सम्भावित दाता खोज्नुपर्ने हुन्छ ।

विकसित मुलुकमा भने सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ रिपोर्ट हेरेर मिर्गौला दिन मिल्ने यकिन भएमात्र अरू परीक्षण गरिन्छ । ‘यी दुवै परीक्षण अत्यन्तै महँगो हुन्छ,’ एक मिर्गौला रोग विशेषज्ञले भने, ‘सबै परीक्षण सकाएर प्रत्यारोपणमा नगए दुई सातापछि क्रसम्याच दोहोर्‍याउनुपर्ने भएकाले नेपालमा भने अन्तिममा मात्र गरिन्छ ।’ तर पनि दोस्रोपटक प्रत्यारोपणका लागि तयार पारिएका सम्भावित दाताको पहिला ‘क्रसम्याच’ सकेर मात्र अन्य परीक्षण गर्नु बढी सहज हुने उनको सुझाव छ ।

‘एचएलए म्याच नभए पनि क्रसम्याच नेगेटिभ भए नि:संकोच प्रत्यारोपणमा जान सकिन्छ,’ उनले भने, ‘नेपालमा भने एचएलए म्याच पोजिटिभ र क्रसम्याच नेगेटिभ भए मात्र त्यसलाई प्राथमिकता दिइन्छ । एचएलए म्याच नभएका खण्डमा सकेसम्म प्रत्यारोपण गरिन्न ।’

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका दुई महिलाको सुरुमा ‘एचएलए टाइपिङ’ र ‘क्रसम्याच’ गरियो/गरिएन भन्नेबारे आफू जानकार नरहेको स्रोतले बतायो । ‘प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपणका लागि सम्भावित दाताको स्वास्थ्य परीक्षण भइरहेको हुँदा उहाँहरूको एचएलए नभए पनि क्रसम्याच परीक्षण भइसक्यो होला भन्ने मेरो अनुमान छ,’ स्रोतले भन्यो, ‘सम्भावित दाता भनेर सबै परीक्षण गरेर क्रसम्याच नै भएन भने फेरि अर्को खोज्नुपर्ने हुन्छ । त्यसैले पहिला क्रसम्याच गराएर मात्र अरू परीक्षण गरेको हुनुपर्छ भन्ने मलाई लागेको छ । त्यो नै सुरक्षित तरिका हो ।’

प्रधानमन्त्री ओलीको प्रत्यारोपण कहाँ गराउने भन्ने यकिन भइसकेको छैन । विगतमा जटिल समस्या हुँदा सबै उपचार विदेशमै गरेका कारण दोस्रो प्रत्यारोपण पनि विदेशमै गर्ने सम्भावना थियो । त्यसका लागि सिंगापुर, अमेरिका थाइल्यान्डलगायतका विकल्पहरू प्रधानमन्त्री निकटहरूले अघि सारेका थिए । नेपालमै पनि प्रत्यारोपण सफलताको दर उच्च छ ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस र पेरिटोनाइटिसको समस्याका कारण आकस्मिक रूपमा ल्यापरोटोमी नै गर्नुपरेपछि तत्काल प्रत्यारोपणका लागि भने प्रतिकूल अवस्था आइपरेको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री शल्यक्रिया र पेटको संक्रमणबाट सामान्य अवस्थामा आएपछि मात्र प्रत्यारोपणबारे सोच्न सकिनेछ ।

एक शल्यचिकित्सकका अनुसार सामान्यत: यस प्रकारको ठूलो शल्यक्रियापछि अत्यन्तै आवश्यक परे छ सातापछि, नभए तीन महिनापछि मात्र अर्को शल्यक्रिया गर्न सकिन्छ । ‘अहिलेलाई प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेरेर हेमोडायलसिस नै उत्तम विकल्प हो,’ ती चिकित्सकले भने, ‘यो समस्या समाधान भएपछि उहाँको त्यति बेलासम्मको रिकभरी हरेर मात्र मिर्गौला प्रत्यारोपण गर्न हुने/नहुने भन्न सकिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x