×

NMB BANK
NIC ASIA

को हुन् राजपाबाट पिपरा गाउँपालिका खोस्ने विक्रम चौधरी ?

प्रजा परिषदका अध्यक्ष भद्रकाली मिश्रदेखि उपेन्द्र यादव सम्मको 'लिगेसी' बोकेको अनुभव

मंसिर १५, २०७६

NTC
Premier Steels

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी निर्वाचित भएका छन् । उनले ३ हजार २ सय ४९ मत ल्याएर चुनाव जितेका हुन् ।

Muktinath Bank

उनी यसअघि २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चुनाव लडेर दोस्रो स्थान प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्वन्दी समाजवादी पार्टी नेपालका उम्मेदवार राम जानकी यादवले ३ हजार ४१ मत ल्याएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राजपाबाट गाउँपालिका खोसेका हुन् ।


Advertisment
Nabil box
Kumari

राजपा नेपालकी रविताकुमारीले २ हजार ९ सय ८४ मत ल्याएकी छन् भने पिपरा गाउँपालिकामा यस अघि राजपा नेपालका विनोद चौधरी निर्बाचित भएका थिए । चौधरीको निधन भएपछि रिक्त स्थानमा भएको उपनिर्वाचनमा राजपाले चौधरीकै पत्नी रविताकुमारीलाई उम्मेदवार बनाएको थियो ।

Vianet communication

त्यसै गरी नेपाली कांग्रेसका उम्मेदवार विजय यादवले १ हजार ९ सय ३५ मत ल्याएका छन् भने सीके राउतको पार्टी जनमत पार्टीका उम्मेदवार अन्जनीदेवी मण्डलले ६ सय १६ मत प्राप्त गरेकी छन् ।

सम्पूर्ण गाउँपालिकाको आम नागरिकले आफुलाई विश्वास गरेर मतदान गरेका कारण चुनाव जित्न सफल भएको भन्दै नवनिर्वाचित अध्यक्ष चौधरीले लोकान्तरसँग भने,‘चुनाव प्रचार प्रसारको क्रममा आफुले नागरिक समक्ष १६ बुँदे प्रतिबद्धता पत्र समेत वितरण गरेको थिएँ, त्यो प्रतिबद्धता पूर्ण रुपमा पुरा गर्नेछु ।’

विगतमा आफुले चुनाव हारेपनि जनताको दुख सुखमा सधैं साथ रहँदै आएका कारण जनताले आफूसँग धेरै अपेक्षा राखेको उनले बताए ।

‘जनतासँग गरेको हरेक वाचा आफूले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता फेरिपनि व्यक्त गर्दछु,’ चौधरीले भने, ‘यो जित मेरो मात्र नभएर सिंगो नेकपा पार्टी र गाउँपालिकाको सम्पूर्ण जनताको समेत जित हो ।’

को हुन् विक्रम चौधरी ?

विक्रम चौधरी अहिले नेकपाको सिटबाट चुनाव जितेको भए पनि उनी प्रजा परिषदका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री भद्रकाली मिश्रका 'लिगेसी' बोकेका स्थानीय नेता हुन् । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ पिपरा गाउँमै घर भएका चौधरीले करीब १ दशक पूर्वमन्त्री मिश्रको प्रमुख सहयोगी बनेर काम गरेका थिए ।

पिपरा गाउँकै मिश्र २००७ साल फागुन ७ गते राणा—कांग्रेसको साझा सरकार बनेको बेला तत्कालीन श्री ३ मोहनसमशेर जबराको मन्त्रीमण्डलमा यातायातमन्त्री भएका थिए । त्यसपछि २००८ सालको जेठमा भएको मन्त्रीमण्डल पुनर्गठनमा समेत मिश्र यातायातमन्त्री बनेका थिए । २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा समेत मिश्र यातायातमन्त्री बनेका थिए । फेरी २०१० साल फागुन ७ गते मातृका प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा फेरि पनि निर्माण, संचार, कानून र संसदीयमन्त्री बनेका थिए ।

प्रजा परिषदको अध्यक्ष समेत भएका र चार पटक मन्त्री बन्न सफल भएका मिश्रको सानिध्यतामा चौधरीले राजनीतिको कखरा सिक्न पाएका थिए । ‘२०५४ साल मंसिर १ गतेदेखि २०६३ साल जेठ १९ गते मिश्रको निधन भएसम्म मैले उहाँको सानिध्यतामा राजनीति राम्ररी बुझ्ने मौका पाएँ,’ चौधरीले भने, ‘करिब १ दशक उहाँको प्रमुख सहयोगी भएर काम गरेकै कारण राजनीतिमा परिपक्वता, नैतिकता, आदि सिक्ने मौका पाएँ ।’

मिश्रको देहावसान भए लगत्तै मधेशमा भएको प्रथम जनआन्दोलनमा उनी तत्कालिन मधेशी जनअधिकार फोरममा लागे । महोत्तरी जिल्लाकै तत्कालिन नेकपा एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका सीतानन्दन राय समेत एमाले परित्याग गरेर फोरममा लागेर आन्दोलन गरिरहेका बेला चौधरी पनि रायसँगै उपेन्द्र यादव नेतृत्वको फोरममा लागेका थिए ।

‘मैले आफ्नै घरमा उपेन्द्रजी, सितानन्दन राय, रविन्द्र चौधरीसमेतलाई राखेर एउटा कार्यक्रम नै गरेको थिएँ,’ चौधरीले भने, ‘तर आन्दोलनपछि फोरम सरकारमा गयो र अवसरवादीको हालीमुहाली हुन थालेपछि मैले फोरम परित्याग गरें ।’

फोरम परित्याग गरेर उनी राजनीतिबाट अलग्गिए । आफ्नै व्यापार व्यवसायमा केन्द्रित भए ।  २०७० सालको संविधान सभाको निर्वाचनमा भने उनी फेरि राजनीतिमा सक्रिय भए र तत्कालीन नेकपा एमालेमा आबद्ध भए ।

संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट रामदयाल मण्डललाई जिताउन उनी पूर्ण रुपमा सक्रिय भए । एता एमालेले उनलाई स्थानीय तहको निर्वाचनमाएमालेको तर्फबाट अध्यक्ष पदमा चुनाव लडेका थिए । तर राजपा नेपालका विनोदकुमार चौधरीसँग उनी पराजित भए । उनले मेकानिकल इन्जिनियरीङमा डिप्लोमासमेत गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x