×

NMB BANK
NIC ASIA

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढ्दै

मंसिर २०, २०७६

NTC
Premier Steels

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको संख्या बढ्न थालेको छ । 

Muktinath Bank

निकुञ्जमा चालू आर्थिक वर्षको ५ महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५/७६ को असार मसान्तसम्म स्वदेशी ५ हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ जनाले निकुञ्ज अवलोकन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

आव २०७४/७५ मा ४ हजार ७४० पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी ४ हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३/७४ को सोही अवधिमा निकुञ्जमा २ हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । स्वदेशी २ हजार ३७३, सार्क मुलुकका १३० र विदेशी १३७ ले निकुञ्ज अवलोकन गरेका थिए । 

Vianet communication

आव २०७२/७३ मा निकुञ्जमा १ हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी १ हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ जनाले निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचार–प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढाउनका लागि गरिएका प्रयासले पर्यटकको संख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए ।

निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैंडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरू पर्ने गरेका छन् ।

एकपटक निकुञ्ज घुम्न आउने पर्यटक दोहोर्‍याएर घुम्नका लागि पुग्ने गरेको चौधरीले बताए । उनका अनुसार दैनिक ७ देखि १० बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गाको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसे मैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ । 

क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गेपुल, कालिकिचताल, निकुञ्जभित्रका सिमसार क्षेत्र र राना थारू घरवास लगायत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x