×

NMB BANK
NIC ASIA

पुरुष फूटबल : बंगलादेशविरुद्व बराबरी खेले पनि नेपाल फाइनल पुग्ने

मंसिर २२, २०७६

NTC
फाइल तस्वीर
Premier Steels

काठमाडौं- बंगलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फूटबल १३ औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्ण दाबेदारका रूपमा फाइनलमा पुग्नेछ । यसअघि भएको खेलमा श्रीलंकासँग एक–एक गोलको बराबरीमा रोकिएपछि नेपालले फाइनल पुग्न बंगलादेशविरुद्ध जीत या बराबरीमा रोक्नुपर्ने हुन्छ ।

Muktinath Bank

यता बंगलादेशलाई भने फाइनल पुग्न जीतको विकल्प छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । खेल आइतवार साँझ ५ बजेपछि शुरू हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुटानविरुद्व ४–० को जीत निकालेको नेपालले श्रीलंकासँग दोस्रो खेल खेलेको थियो । खेलको निर्धारित समयसम्म १–० को अग्रता लिएको नेपालले अत्तिरिक्त समयलाई रोक्न नसक्दा खेल एक–एक गोलको बराबरीमा पुगेको थियो ।


Advertisment
Nabil box
Kumari

सोही कारण पनि आज साग फूटबलको फाइनल प्रवेशका लागि नेपाललाई बंगलादेशसँग जीत या बराबरी आवश्यक छ । दशरथ रंगशालामा भरिभराउ दर्शकको साथ पाएको नेपाली टोलीले शनिवार माल्दिभ्सविरुद्ध २–१ को जीत हात पार्‍यो । जारी खेलमा नेपालसँग मात्रै पराजित भुटान चार खेलबाट शीर्ष ९ अंक जोड्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ । 

Vianet communication

त्यसैगरी नेपाल ७ अंक जोड्दै दोस्रो स्थानमा छ । यता बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्सको भने समान २/२ अंक रहेको छ । नेपाल र बंगलादेशबीचको विजेता टोलीले सागको स्वर्ण पदकका लागि भुटानसँग खेल्नेछ । सागको पुरुष फूटबलमा भारत र पाकिस्तान नखेल्ने भएपछि खेल राउन्ड रोबिनमा सञ्चालन भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x