×

NMB BANK
NIC ASIA

नेकपाको अबको रणनीतिक लक्ष्य - वैज्ञानिक समाजवाद

मंसिर २३, २०७६

NTC
Premier Steels

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।

Muktinath Bank

पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आज सम्पन्न बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय पनि गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोबारे सचिवालयका सदस्यको सुझावका आधारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सचिवालय बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सो विभागका प्रमुख वामदेव गौतमले आफ्नो कार्ययोजनाबारे सचिवालयले अनुमति नदिएर देशव्यापी अभियान सञ्चालन गर्न नपाइएको बताउँदै आएका छन् । नेता गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पनि पेस गर्ने आजको बैठकले निर्णय गरेको छ ।

Vianet communication

विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तत्कालीक कार्यनीति समाजवादउन्मुख जनवाद रहने समावेश हुनेछ । पार्टी एकताका क्रममा भएको सहमतिमा जनताको बहुदलीय जनवाद र एक्काइशौँ शताब्दीको जनवादलाई मानेर बहस गर्दै जाने उल्लेख थियो ।

यसैगरी पार्टीमा उपत्यका विशेष जिल्ला कमिटी गठनको व्यवस्था विधानमा थप हुनेछ । आजको बैठकमा यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको समीक्षाका लागि यसअघिको बैठकले दिएको निर्देशनअनुसार सबै तहका कमिटीबाट पूर्ण प्रतिवेदन प्राप्त नभएकाले प्रतिवेदनका पाँच दिनभित्र अनिवार्य पेश गर्न निर्देश गरेको छ ।

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सातदिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न बैठकले आग्रह गरेको छ भने सचिवालयको अर्काे बैठकले यही मङ्सिर २७ र स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेका लागि तय गरेको छ । स्थायी कमिटीको बैठक झण्डै एक वर्षपछि बस्न लागेको हो । गत वर्षको स्थायी कमिटीको बैठकमा सरकारको समीक्षालगायतका कार्यसूची थाँती रहेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x