भ्रष्टाचारविरुद्धको लडाइँमा बाधकको आरोप खेपेका सभामुखद्वारा राजीनामा

सांसदहरूको अत्यधिक दवाव र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन्।

कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाईँमा अवरोधक भएको आरोप लगाउदै राजिनामा गर्न सांसदहरूले दवाब दिएका हुन् ।   


Advertisement

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दवाब दिइएको हो । 

उनलाई अफ्रेक्षिम बैंकबाट अनधिकृतरूपमा करोडौँ रुपैँया गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ । 


Advertisement

सांसदहरुले उनीविरुद्धमा संकलन गरेको दस्तावेजहरु समेत संसदमा पेश गरेपछि राजिनामा दिएका हुन्।

दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ । सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई बर्ष अगाडिदेखि गृह युद्धमा फसेको छ ।  एएफपी

कमेन्ट गर्नुहोस्