बजारको मध्य भागबाट राजमार्ग लैजानु हुन्न : मुख्यमन्त्री पौडेल

प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले एसिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौंडा बजारको मध्य भागबाट नलगिने बताएका छन् ।

नारायणी यातायात व्यवसायी प्रालिद्वारा शुक्रवार आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौंडाको विकास प्रक्रियासमेत रोकिने बताए ।


Advertisement

ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरू भइसकेको बताए । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उनले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो बाटो बनाइने र ३२ मिटरभित्र ४ लेनको बाटो, पार्किङ र बगैंचा समेत निर्माण गरिने बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्