×

NMB BANK
NIC ASIA

कांग्रेसमा सहमतिको ‘म्याराथन’ : कसरी हुँदैछ देउवा–पौडेल मेलमिलापको प्रयास ?

मंसिर ३०, २०७६

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद हल गर्न गठन गरिएको वार्ता समितिले सहमति जुटाउन घनिभूत प्रयास गरिरहेको छ ।

Muktinath Bank

१४ औं महाधिवेशको कार्यतालिकामा छलफल गर्न नखोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि सहमति जुटाउन वार्ता समिति गठन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार गठन गरिएको वार्ता समितिमा सभापति शेरबहादुर देउवा पक्षले उपसभापति निधिलाई प्रतिनिधि तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडू र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ । 


Advertisment
Nabil box
Kumari

सोमवार बिहान दुवै पक्ष सम्मिलित वार्ता समितिले सहमतिका लागि प्रयास गरिरहेको छ । नेता सिंह निवास चाक्सीबारीमा अहिले समितिको बैठक बसिरहेको छ ।

Vianet communication

‘बिहान पौने १० बजेबाट उहाँहरू वार्तामा बस्नुभएको हो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘प्याकेजमै सहमति गर्ने कुरा भइरहेको छ । संस्थापन पक्ष केही जिल्लामा समायोजन बाँकी रहेकाले समायोजनपछि महाधिवेशनको कार्यतालिका ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । सम्भवतः उहाँहरूबीच आजै सहमति हुनेछ ।’

सहमति नभएपछि आइतवार बस्ने भनिएको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गरेको थियो । केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत एजेण्डामा महाधिवेशन कार्यतालिका नपरेपछि पौडेलपक्ष फायर भएको थियो ।

लामो समयसम्म विवाद कायम राख्दा पार्टीलाई हानी हुने भएकाले तत्काल सहमति गर्ने पक्षमा आफू रहेको नेता बडूले बताएका छन् । ‘हामीले प्याकेजमै सहमति गर्ने दिशातर्फ उन्मुख छौं,’ वार्ता समितिका सदस्य रहेका बडूले लोकान्तरसँग भने, ‘सबभन्दा पहिला महाधिवेशन कार्यतालिकाको विषय छ त्यसलाई तत्काल हल गर्न सहमत भएको अवस्था छ । त्यसभन्दा बाहेक विभागका कुराहरू छन्, नेविसंघ, तरुण दल लगायतका कुराहरू छन् । तिनमा पनि मोटामोटी सहमति भएको अवस्था छ ।’

नेता बडूले सोमवारको केन्द्रीय समिति बैठक सहमतिमै बस्न सक्ने या स्थगित हुन सक्ने सम्भावना रहेको बताए । 

विधानले व्यवस्था गरेका २८ वटा विभागलाई बढाएर ४१ पुर्‍याउने, भातृ संगठन तरुण दलको म्याद ६ महिना थप्ने, नेविसंघलाई नेतृत्व दिने लगायतका एजेण्डा छलफलका लागि केन्द्रीय समितिमा प्रस्तुत गरिएका छन् । 

विवाद साम्य पार्न शनिवार सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेलनिवास बोहोराटारमा पुगेका थिए । पौडेलसँगको छलफलमा देउवाले महाधिवेशन कार्यतालिकाका बारेमा छलफल गर्न आफू तयार रहेको भन्दै आश्वस्त पार्न खोजे । तर आफ्नो असहमति रहँदारहँदै पनि विभागको संख्या बढाएको भन्दै पौडेल सहमतिमा आउन मानेनन् ।

त्यसपछि नयाँ रणनीति तय गर्न पौडेल पक्षका नेताहरू शशांकनिवास महाराजगञ्जमा भेला भए । भेलामा संस्थापन पक्षले आफूलाई पेलेर जान खोजेको भन्दै नयाँ सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय भएको थियो ।

शनिवार बेलुका नै प्रकाशमान सिंहनिवास चाक्सीबारीमा अर्को सहमतिको प्रयास भयो । देउवा पक्षबाट निधि र पौडेल पक्षबाट सिंह लगायत अन्य नेताहरूले छलफल गरेपनि सहमति जुटाउन सकेनन् ।

सहमति जुट्न नसकेपछि आइतवार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । अन्योल फुकाएर बैठक सूचारु गर्न निधि शशांक निवास महाराजगञ्ज पुगे ।

भेटमा निधिले सहमतिका आधारमा अघि बढ्न आफूहरू तयार रहेको भन्दै शशांकलाई आश्वस्त पार्ने प्रयास गरे । नेविसंघ, तरुण दल, पार्टीका विभिन्न विभाग र महाधिवेशनको कार्यतालिका लगायतका विषयमा सहमति गरेर अघि बढ्ने विषयमा कुराकानी भएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर २६ गते बिहीवारको बैठकमा प्रस्तुत गरिएका एजेण्डाका विषयमा सहमतिपूर्वक अघि बढ्नुपर्छ भन्नेमा उपसभापति निधि र महामन्त्री कोइराला सहमत भएको दाबी गरे तर शर्माको दाबीपछि केन्द्रीय समितिमा पौडेल पक्षको सहभागिता भएन ।

शनिवार सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेल आइतवार सपरिवार पाथिभरा दर्शन गर्न गएका थिए । पौडेल पक्षको अनुपस्थितिमा आइतवार केही समय बसेको केन्द्रीय समितिको बैठकमा जम्मा ४ जना नेताहरूले आफ्नो धारणा राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x