नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि

धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरूआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करीब ४३ अंकले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ बिन्दुले बढेर एक हजार २५५.७२ मा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूकसमेत ८.४७ बिन्दुले बढेर २७२.७३ मा पुगेको छ । बीमा समूहले ‘बुलिस ट्रेण्ड’ पछ्याउँदा कारोबार रकममा समेत उच्च अङ्कले वृद्धि भएको छ । 


Advertisement

नेप्सेका अनुसार कुल १७९ कम्पनीको ३८ लाख ३१ हजार ५४ कित्ता शेयर एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ उपसमूहकै शेयरमा भारी वृद्धि देखिएको छ । बैंकिङ २७.३, व्यापार ११.५९, होटल ७५.८४, विकास बैंक ४३.३३, जलविद्युत् ३१.०७, वित्त १३.९२, निर्जीवन बीमा ३८४.२१, उत्पादन ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.०२, जीवन बीमा ४०९.२७ र सामूहिक लगानी कोष ०.२४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आइतवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा देखिएको छ । सो कम्पनीको पाँच करोड ८८ लाख १९ हजार बराबरको कारोबार भयो । गरिमा विकास लघुवित्त वित्तीय संस्थाको चार करोड ६३ लाख ५६ हजार ५०४, एनआएसी एशियाको चार करोड सात लाख ८१ हजार ११०, शिवम् सिमेन्टको तीन करोड ९८ लाख २४ हजार १४९, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको तीन करोड ७६ लाख २७ हजार २९१, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको तीन करोड ७४ लाख पाँच हजार २५७, नेपाल बैंक लिमिटेडको तीन करोड तीन लाख ५३ हजार ४८९ र प्रभु बैंकको दुई करोड ९१ लाख ३८ हजार १२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्