×

NMB BANK
NIC ASIA

सैनिक जनरल सुलेमानीको बलिदान छायाँमा पर्नु हुँदैन - खामेनी

माघ ३, २०७६

NTC
Premier Steels

इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले यूक्रेनी विमान इरानी आकाशबाट ‘भुलवस’ खसालिनु ‘तीतो’ यथार्थ भएको तर कुनै पनि बहानामा अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक जनरल कसिम सुलेमानीको बलिदानलाई इरानी जनताले ‘छायाँमा’ नपार्ने बताएका छन् ।

Muktinath Bank

सर्वोच्च नेता खामेनीले तेहरानमा दिएको प्रार्थनामा प्रवचन दिँदै भने, ‘विमान खसालिनु तीतो दुर्घटना हो, यसले हरेक इरानी नागरिकको मन जलेको छ ।’ यूक्रेनी विमानमा मृत्यु हुने अधिकांश इरानी, क्यानडाली तथा यूक्रेनी नागरिक रहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही व्यक्तिले विमान दुर्घटनासँग जोडेर इरानी विशेष बलका मेजर जनरलको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका छन्,’ उनले भने, ‘इरानी जनताका लागि यो दुखद् कुरा हो ।’


Advertisment
Nabil box
Kumari

शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिद्मा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका उनले बताए ।

Vianet communication

खामेनीले भने, ‘अमेरिकी आक्रमणमा इराकमा मारिएका जनरल सुलेमानीको योगदान इरानमा मात्र सीमित थिएन । सुलेमानीको विरोधमा इरानमा भएका प्रदर्शनमा सहभागी केही सयको सङ्ख्यामा रहेका व्यक्ति इरानी हुन् कि सुलेमानीको मृत्युमा शोक मनाउन लाखौँको सङ्ख्यामा सडकमा उत्रिएका व्यक्ति इरानी हुन् यसलाई बुझ्नु जरूरी छ ।’

खामेनीको धार्मिक सम्वोधनपछि शुक्रबार नै सुलेमानीको सम्मान, इरानी सैनिक बल र क्रान्तिकारी लडाकू समूहको पक्षमा प्रदर्शन गर्न इरानी अधिकारीहरूले आग्रह गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x