×

NMB BANK
NIC ASIA

दीपिकाप्रति कंगनाको कटाक्ष : टुक्रे ग्याङको पछि लागेर हि‌ंड्दिन

माघ ५, २०७६

NTC
Premier Steels

एकले अर्काको अस्तित्व नस्विकार्ने प्रवृत्ति बलिउडमा चर्को छ । प्रतिस्पर्धात्मक बजारका कारण र फिल्म उद्योगमा टिकिरहन सेलिब्रेटीहरू एकअर्काप्रति होच्याउने र तल खसाल्न उद्यत रहेको देखिन्छन् ।

Muktinath Bank

अभिनेत्री दीपिका पादुकोणले दस दिनअघि जवाहरलाल नेहरू (जेएनयू) विश्वविद्यालयमा पुगेर आन्दोलनकारी विद्यार्थीप्रति ऐक्यबद्धता जनाएपछि उनको कदमको पक्ष र विपक्षमा बलिउडदेखि राजनीतिक क्षेत्रसम्म पक्ष र विपक्षमा विभाजन भयो । प्राय: विवादका मुद्दामा आफ्नो मुख खोलिहाल्न रुचाउने अर्की अभिनेत्री कंगना रनावतले भने बल्ल दीपिकाको उक्त कदमबारे टिप्पणी गरेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपिकाको जेएनयू भ्रमणबारे प्रतिक्रिया दिने क्रममा कंगनाले सुरुवातमा ‘त्यो दीपिकाको प्रजातान्त्रिक अभ्यास’ भन्दै अन्यले टिप्पणी दिइरहनु आवश्यक नरहेको जिकिर गरिन् । ‘मलाई लाग्छ, त्यो उनले (दीपिकाले) आफ्नो प्रजातान्त्रिक अधिकारको अभ्यास गरेकी हुन्, जुन उनले पाउँछिन्,’ कंगनाले कुरालाई बढाउँदै थपिन्, ‘उनैलाई पनि आफूले चालेको कदमबारे राम्रोसँग थाहा छ । त्यसैले मलाई उनले गरेको उक्त कामप्रति यसो गरेको भए हुन्थ्यो वा यसो नगरेको भए हुने भनेर कुनै विचार दिइरहनु आवश्यक ठान्दिनँ ।’


Advertisment
Nabil box
Kumari

तर आफ्नै समकक्षी अभिनेत्रीविरुद्ध चर्को आलोचना भइरहेको उक्त मुद्दामा कंगनाले मौनता साँधेर बस्ने कुरै थिएन । स्वयं कंगनाले पनि यसलाई मौकाको रूपमा उपयोग गर्न चाहिरहेकी हुन सक्थिन् । नभन्दै भूमिका जे बाँधे पनि अन्तत: भनिन्, ‘बरु मैले भए के गर्थें त्यो भन्न सक्छु ।’ त्यसपछि दीपिकाप्रति कटाक्ष गर्दै कंगना खुलिन्, ‘म भएको भए कुनै पनि हालतमा त्यहाँ (जेएनयू) जान्नथें र त्यस्ता टुक्रे ग्याङले जे गर्छन् त्यसको पछि लागेर हिँड्दिनथें ।’

Vianet communication

त्यसपछि कंगनाले दीपिकाको कदमलाई हाँसोमा उडाइदिइन् । ‘म त त्यस्ता देश नै टुक्राउन खोज्नेको समर्थन कहिल्यै गर्न चाहन्नँ । जब देशका राष्ट्रसेवक जवान मारिन्छन् अनि खुसियाली मनाउने त्यस्ता जत्थाहरूलाई प्रोत्साहन गर्ने वा शक्तिशाली बनाउने गरी साथ दिन चाहन्नँ । अनि त्यस्ताको पक्षमा म हुने कुरै भएन । तर अझै पनि म भन्छु, दीपिकाले के गरिन् भन्ने बारेमा भने कुनै टिप्पणी गर्न चाहन्नँ ।’

त्यसो त दीपिकाको कदमप्रति राजनीतिक रंग पनि लाग्यो । सरकारविरोधी आन्दोलन गरिरहेका विद्यार्थीको पक्षमा उभिएको कारण भारतीय जनता पार्टीका प्रवक्ताले अभिनेत्रीको फिल्म ‘छपाक’ लाई नै बहिस्कार गर्ने अभियान चलाएका थिए । जुन ट्वीटरमा ट्रेन्डिङमा पनि आयो । यसबारेमा भने कंगनाले केही फरक मत राखेकी छन् । दीपिकाको कदमप्रति व्यंग्य कसेकी कंगनाले फिल्म बहिस्कारको अभियानको विरोध गर्दै भनिन्, ‘एउटा फिल्म त्यसको गुणका आधारमा चल्ने नचल्ने हुन्छ । कसैले बहिस्कार गर्दैमा फरक पर्ने हैन । ट्वीटरमा विरोध गर्नेहरू कति नै पो छन् र यदि फिल्म नै राम्रो छ भने विश्वास गर्नुस्, तिनै विरोध गर्नेहरूले समेत हलसम्म गएर फिल्म हेर्छन् । गतिलो फिल्मलाई कसैले पनि रोक्न सक्दैन ।’ जब कि कंगनाकी बहिनी रंगोली चन्डेलले दीपिकाले ‘छपाक’ चलाउने हत्कन्डाका रूपमा उक्त भ्रमणको उपयोग गर्न खोजेको भन्दै आलोचना गरेकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x