×

NMB BANK
NIC ASIA

कार्बन मोनोअक्साइड विषाक्तताले कसरी ज्यान जान्छ ?

माघ ८, २०७६

NTC
Premier Steels

दामनको पानोरमा रिसोर्टमा आठ जनाको मृत्युको कारक ग्यास हिटरको विषाक्तताले भएको खुलेको छ ।

Muktinath Bank

बन्द कोठामा ग्यास हिटर बाल्दा हावा भित्र–बाहिर हुन नपाई ‘कार्बन मोनोअक्साइड विषाक्तता’ ले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो । ‘थप स्पष्ट हुन हामी ‘अटोप्सी (शव परीक्षा)’ रिपोर्टलाई पर्खंदै छौं,’ नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले भने, ‘अटोप्सीमा मृत्यु हुने कारण वा मृत्यु कसरी भयो भन्ने कुरा खोजिन्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दामनबाट हेलिकप्टरमा मंगलबार बिहान उपचारार्थ राजधानी ल्याइएका ती आठ जनाबारे ‘हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी’ (ह्याम्स) ले भनेको छ, ‘अस्पताल आउँदा कुनै पनि व्यक्तिमा जीवनको लक्षण थिएन, उनीहरूलाई मृत घोषित गरियो ।’


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार दामनमा बास बसेको ठाउँ न्यानो पार्न उनीहरूले ग्यास हिटर बालेको कोठामा हावा ओहोरदोहोर हुने भेन्टिलेसन थिएन ।

Vianet communication

मुलुकमा बर्सेनि जाडोयाममा घर तताउन हिटर, ग्यास हिटर, आगो बाल्नेलगायतका विभिन्न प्रक्रिया अपनाउँदा र नुहाउने क्रममा ग्यास गिजरको प्रयोग गर्नाले बिरामी पर्ने, मृत्यु हुने घटना बढेका छन् । त्रिवि शिक्षण अस्पतालका प्राडा प्रतापनारायण प्रसाद सुत्ने ठाउँमा अक्सिजनको मात्रा मान्छेलाई आवश्यक परिमाणमा हावा ओहोरदोहोर भए मात्रै प्राप्त हुन्छ । हुन सकेन भने मान्छे निसास्सिनु स्वाभाविक हो ।

‘हावा ओहोरदोहोर नहुने कोठामा ग्यास हिटर वा आगोले तताउँदा भित्र बसेकाहरूको कार्बन मोनोअक्साइड विषाक्तताले मृत्यु हुन सक्ने उच्च सम्भावना रहन्छ,’ उनी भन्छन्, ‘कोठा न्यानो पार्नेहरूले हावा राम्ररी ओहोरदोहोर हुने अवस्था छ कि छैन भनेर सतर्क हुनै पर्छ । नत्र दुर्घटनामा परिन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x