×

NMB BANK
NIC ASIA

प्याराग्लाइडिङको परीक्षण उडान सफल

माघ १२, २०७६

NTC
Premier Steels

माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकको  अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रूपमा विकास हुने देखिएको छ ।

Muktinath Bank

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रूपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रूपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण उडान सफल भएसँगै यसलाई व्यावसायिक गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका तथा स्थानीयवासीले पहल थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाहाचोकमा हालै सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उद्घाटनसमेत प्याराग्लाइडिङबाट बल खसालेर गरिएको थियो । अर्मलाबाट उडेका प्याराग्लाइडिङले मैदानमा बल खसालेर अवतरण गरेको थियो । विगतमा समेत सराङकोटबाट उडेका ग्लाइडर अर्मलामा अवतरण गरेर पुनः हावा भरेर उड्ने गर्दथे तर अहिले अर्मलाडाँडाबाट उडान भरेर तल बस्तीमा अवतरण  सफल भएसँगै यस ठाउँको प्रवद्र्धनमार्फत प्याराग्लाइडिङको गन्तव्य बनाउने योजना अघि सारिएको छ । 


Advertisment
Nabil box
Kumari

अर्मलासम्म पुग्न गाउँपालिकाले छ महिनाअघि सडक निर्माण गरेको थियो । बस्तीबाट तीन किमी उकालो चढेर पुगिने सो स्थानमा सडक सुविधा पुगेकाले यसलाई गन्तव्य बनाउन थप सहज हुने विश्वास गरिएको छ । गाउँपालिकाले अर्मलालाई पर्यटनको गन्तव्य बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण, सङ्घ तथा प्रदेश सरकारसँग समेत अनुरोध गरेको छ । पोखरा नजीकै अवस्थित सो क्षेत्रमा व्यावसायिक उडानको अनुमतिसँगै पर्यटन आवागमनमा वृद्धि हुने र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउनसमेत सघाउने विश्वास लिइएको छ ।

Vianet communication

विमानस्थल बनेपछि स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ रहेको प्याराग्लाइङिलाई निरन्तरता दिनसमेत अर्मलाको विकल्प नरहेको भनाइ गाउँपालिकाको छ । अर्मलाबाट उडान भरेका प्याराग्लाइडिङ पाइलट विजय गौतमले यहाँबाट सराङकोटभन्दा पनि तुलनात्मक रूपमा सहज र अनुकूल रहेको बताए। 

हावाको चापसमेत अनुकूल रहेको बताउँदै हिमशृङ्खला, वनजङ्गल तथा सुन्दर गाउँ र पोखरा शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसको भविष्य सुन्दर रहेको उनले उल्लेख गरे। 'प्याराग्लाइडिङ उडानका लागि जति हुनुपर्ने हो सबै हिसाबले उपयुक्त छ, यहाँ हावाको चाप राम्रो छ, केही स्लोप मिलाउन बाँकी छ, त्यसपछि यहाँ उडान अवतरण सबै हिसाबले उपयुक्त छ', गौतमले भने। 

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अर्मलाडाँडालाई प्याराग्लाइडिङकै रूपमा विकास गर्ने उद्देश्यले सडक सुविधा पु¥याइएको जानकारी दिनुभयो । वडाको बजेट रु १० लाख तथा स्थानीयवासीको रु १५ लाख गरी रु २५ लाख लागतमा गाउँदेखि डाँडासम्म सडकको ट्र्याक खोलिएको उहाँको भनाइ छ । पोखरा–बाग्लुङ राजमार्गको मिलनचोकदेखि गाउँपालिकासम्मको सडक स्तरोन्नति गरी कालोपत्र शुरु भएकाले समेत स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि सहज हुने उनी बताउँछन् । 

'गाउँपालिकाको कोलेली र अर्मलामा प्याराग्लाइडिङको असाध्यै धेरै सम्भावना छ, प्याराग्लाइडिङसँगसँगै अर्मलामा रहेको प्रसिद्ध देउराली मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गरी धार्मिक पर्यटकसमेत भित्र्याउने योजना छ', दवाडीले भने। अर्मलामा व्यावसायिक प्याराग्लाइडिङ सम्भव छ भन्ने प्रचारका लागि सयौँको उपस्थितिमा प्रदेशस्तरीय फुटबलका अवसरमा प्याराग्लाइडिङबाट बल खसाल्दै मैदानमा अवतरण गराइएको सोही वडाका वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए। कृष्ण दवाडी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x