भूपु सैनिकलाई थप सुविधा दिने नीति लिइएको छ : प्रधानसेनापति थापा

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुर्‍याएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताएका छन्।

दाङ्गको घोराही व्यारेकमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-०७६ को  आइतबार समापन गर्दै प्रधानसेनापति थापाले बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरुलाई सुविधा प्रदान गर्ने विविध कल्याणकारी कार्यक्रमहरुको नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडि बढाइने नीति लिएको बताए।


Advertisement


 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्