मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ बिन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ ।
नेप्से ओरालो लागेपनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ ।
कूल १७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर रु एक अर्ब ५७ करोड एक लाख ६६ हजार १६३ मूल्यमा खरिद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ समूहको शेयर ओरालो लागेको छ ।
विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बीमा २८.७९ र अन्य ०.९ विन्दुले बढेको छ ।
त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बीमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ७० लाख ६३ हजार ५३० बराबरको कारोवार भयो ।
नेको इन्सुरेन्स रु छ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु चार करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु तीन करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु तीन करोड ७५ लाख ६२ हजार १३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए । रासस
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ । साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...