×

NMB BANK
NIC ASIA

टेलिकमले ल्यायो छुटै छुट, ७ गतेसम्मको विलम्ब शुल्क मिनाहा

असार २, २०७७

NTC
Premier Steels

कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने घोषणा गरेको छ ।

Muktinath Bank

मंगलवार टेलिकमका प्रवक्ता  राजेश जोशीले एक विज्ञप्ति जारी गर्दै टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका अनुसार,  टेलिकमको सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागूहुनेछ । 


Advertisment
Nabil box
Kumari

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागूहुनेछ । 

Vianet communication

टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने जनाएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच मिति २०७४ बैशाख २१ गते ब्रोडब्यान्ड इन्टरनेट प्रोजेक्टका लागि भएको सम्झौता अनुसार भूकम्प प्रभावित ४ जिल्लाहरु नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका ७६० स्थानहरुमा कम्पनीले २ वर्षका लागि ब्रोडब्यान्ड इन्टरनेट सेवा निःशुल्क जडान तथा मर्मत सुविधा प्रदान गरेको थियो । ती स्थानहरुलाई सरकारले कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन स्थल बनाएकाले प्राधिकरणको अनुरोधमा उक्त स्थानहरुमा २०७६ चैत्र २३ गतेदेखि दुई महिना समयावधि राखी सेवा सुचारु गरिएकोमा जेठ ३० गतेदेखि लागू हुनेगरी पुनः २ महिना निस्शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।  


यसैगरी कम्पनीले एफटिटीएच सेवाको मर्मत सम्बन्धी गुनासो व्यवस्थापन असार १ गतेबाट शुरू गरेको छ । एउटै लाइनबाट फोन, डाटा र टिभी सेवा समेत उपलब्ध गराउन सकिने एफटिटीएच सेवाको मर्मत सम्बन्धी सिकायतका लागि १९८ मा डायल गरेपछि विभिन्न विकल्पमध्ये ४ नम्बर थिची बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिधै अप्रेटरलाई गुनासो टिपाउन सकिने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x